२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाँकेमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  •  

    बुटवल । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।

    साउन १८ गते बिहान करिब ११ः२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

    गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा साउन २० गते बिहान करिब ३ः३० बजे उपचारकै क्रममा मृत्यु भएको हो।

    प्रहरीका अनुसार वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij