२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वालिङले सुरु गर्‍याे ‘कृषि एम्बुलेन्स’ सेवा

वालिङले सुरु गर्‍याे ‘कृषि एम्बुलेन्स’ सेवा

वालिङले सुरु गर्‍याे ‘कृषि एम्बुलेन्स’ सेवा

वालिङले सुरु गर्‍याे ‘कृषि एम्बुलेन्स’ सेवा

वालिङले सुरु गर्‍याे ‘कृषि एम्बुलेन्स’ सेवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • प्रकाश डोटेल
    स्याङ्जा
    स्याङ्जाको वालिङ नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । एम्बलेन्स सेवा सञ्चालनमा आएसँगै स्थानीय कृषकलाई तरकारी, फलफूल तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । 


    वालिङ नगरपालिका–१ त्रियासीस्थित कृषि उपज बजार व्यवस्थापन सहकारी संस्थालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेसँगै कृषकको उत्पादन घर–आँगनबाटै संकलन गरी बजारसम्म पु¥याउने व्यवस्था गरिएको छ । वालिङ नगरपालिका, स्थानीय दियालो संस्था तथा वालिङ कृषि विकास परियोजना (हेफर इन्टरनेसनल नेपाल) को साझेदारीमा सेवा सञ्चालनमा ल्याइएको हो ।

     
    कृषि एम्बुलेन्स ३२ लाख ९० हजार रुपैयाँ लागतमा खरिद गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको १८ लाख ९० हजार र परियोजनाको १४ लाख रुपैयाँ लगानी एम्बलेन्स खरिद गरिएको जानकारी दिँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सेवा सञ्चालनमा आएपछि कृषिजन्य उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणमा आधुनिक तथा व्यवस्थित बन्ने अपेक्षा गरिएको बताए । 


    ‘कृषि उत्पादनलाई खेतदेखि बजारसम्म जोड्ने एम्बुलेन्स सेवा कृषकमैत्री कार्यक्रम हो ,’ अधिकृत ज्ञवालीले भने–‘कृषकले उत्पादन, ढुवानी र बिक्रीका लागि बजारीकरणको चिन्ता गर्नुपर्ने अवस्था रहने छैन ।’ हाल सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै कृषकको घरबाटै तरकारी उठाइने भएपछि ढुवानी लागत घट्ने, समय बचत हुने र उत्पादित तरकारी ताजा अवस्थामै बजारमा पु¥याइने छ ।


    कृषि एम्बुलेन्स सेवा सञ्चालनसँगै उत्पादनदेखि बजारसम्मको कृषि आपूर्ति श्रंखला सुदृढ हुने नगरपालिकाको अपेक्षा रहेको छ । विशेषगरी साना तथा व्यावसायिक कृषकको बजार पहुँच विस्तार गर्दै आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्नेमा नगरपालिकाले विश्वास जनाएको छ ।


    सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालले ढुवानी अभावका कारण कृषकले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान हुने जिकिर गरे । ‘पहिले ढुवानी अभावमा खेतबारीमै धेरै तरकारी कुहिन्थ्यो,’ उनले भने–‘बजारसम्म पु¥याउन कठिन थियो । तर अब कृषि एम्बुलेन्समार्फत पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी पठाउन सक्ने अवस्था बनेको छ ।’


    गएको वर्ष सहकारीले नगर क्षेत्रबाट करिब एक लाख ५८ हजार २६८ किलोग्राम तरकारी संकलन गरेको सहकारीका प्रबन्धक युवराज रेग्मीले बताए । कृषि एम्बुलेन्सले एकै पटक झण्डै १३० क्यारेट तरकारी ढुवानी गर्न सक्ने उनले जानकारी दिए । कृषकलाई ढुवानी लागत घटाउने मात्र होइन, बचत भएको समयले व्यावसायिक खेतीतर्फ थप आकर्षित गर्ने प्रबन्धक रेग्मीले जनाए ।


    वालिङ नगरपालिकाले उत्पादित तरकारी तथा फलफूलको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै उत्पादनका आधारमा प्रतिकिलो ५ रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको जनाएको छ । गएको आर्थिक वर्ष २०८२-८३ मा नगरपालिकाले ७ लाख ९१ हजार ३४२ रुपैयाँ तरकारी अनुदानमा कृषकलाई नगद वितरण गरेको थियो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij