२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीका यी सहित ४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

लुम्बिनीका यी सहित ४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

लुम्बिनीका यी सहित ४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

लुम्बिनीका यी सहित ४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

लुम्बिनीका यी सहित ४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढीको जोखिम रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम छ ।

    मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, तनहुँ, पाल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, वाग्लुङ भएर बग्ने नदी तथा खोलामा पनि बाढीको जोखिम छ । 

    रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कन्चनपुर र आसपासका जिल्ला भएर बग्ने  स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले बताएको छ ।

    विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

    दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ । यी प्रदेशका नद ितथा खोलामा बाढीको जोखिम रहेको हो 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij