२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साउन २४ गते सुनवलमा ३२औ अन्तरास्ट्रिय दिवस मनाइँदै

साउन २४ गते सुनवलमा ३२औ अन्तरास्ट्रिय दिवस मनाइँदै

साउन २४ गते सुनवलमा ३२औ अन्तरास्ट्रिय दिवस मनाइँदै

साउन २४ गते सुनवलमा ३२औ अन्तरास्ट्रिय दिवस मनाइँदै

साउन २४ गते सुनवलमा ३२औ अन्तरास्ट्रिय दिवस मनाइँदै
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • परासी ।नेपाल आदिवासी जनजाति महासङ्घ,जिल्ला समन्वय परिषद् नवलपरासीले ३२ औ अन्तरास्ट्रिय आदिवासी  दिवस मनाउने भएको छ। प्राप्त अधिकार काेक्षा आजकाेअवश्यकता पहिचान सहितको सावेशी र न्यानपूर्ण नेपाल निमार्ण हाम्रो प्रतिबद्धता मुल नाराका  साउन–२४ गते सुनवलमा ३२औ अन्तरास्ट्रिय दिवस मनाउने भएको हाे ।आज भुमहीमा पत्रकार सम्मेलन गरि जिल्लाका ७ वटा एकल जातीय संगठनहरुले आ–आफ्नो जातीय भेष भुषा सहित सुनवल चोकबाट प्रभातफेरी गर्दै महामाया रिर्सोटमा पुगेर कार्यक्रम गर्ने योजना तयगरीएको नेपाल आदिवासी जनजाति महासङ्घ,जिल्ला समन्वय परिषद् नवलपरासीकी अध्यक्ष्ँ टिचन गुरुङले जानकारी दिईन ।

    विगतका वर्षहरुमा आन्दोलनका रुपमा दिवस मनाउने गरेको नेपाल आदिवासी जनजाति महासङ्घले यस बर्ष भने आन्दोलनका रुपमा नभै समायोजन र जनजातीका अधिकारहरुको रक्षामा केन्द्रित भएर दिवस मनाउन लागिएको  अध्यक्ष्ँ गुरुङको भनाई थियोे ।

    आफ्‌नै मौलिक संस्कार, संस्कृति, प्रथा,परम्परा र इतिहास भएका आदिवासी जातजाति समुदायलाई अहिले स्थानिय पालिकाहरुले समेत खासै चाँसो नदिएकाले आफुहरुले जिल्लाका सातवटै पालिकामा आदिवासी जातजाति समुदायको अधिकार प्राप्तीका लागि उचित बजेट विनियोजनका लागि पत्राचार गरेको समेत जानकारी दिईन । 

    नेपाल आदिवासी जनजाति महासङ्घ,जिल्ला समन्वय परिषद् नवलपरासीकी अध्यक्ष्ँ टिचन गुरुङको अध्यक्षता र सल्लाहकार एवं सुनवल वडा नं. १ का वडाध्यक्ष मान बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति थापाले आई.एल.ओ.१६९ र नेपालको संविधानले प्रदान गरेको आदिवासी जातजाति समुदायको हक अधिकार सुनिश्चित हुनु पर्ने बताईन  । 

    नेपाल आदिवासी जनजाति महासङ्घ,जिल्ला समन्वय परिषद् नवलपरासीका सचिव उपेन्द्र प्रद्यानको सञ्चालन रहेको पत्रकार सम्मेलनमा जिल्ला समन्वय परिषद् नवलपरासीका सल्लाहकारद्धय देवराज चौधरी,मिलन गुरुङ ,थारु कल्याणकारी समाजका मुन्द्रिका चौधरी,नेपाल मगर संघका चन बहादुर गाहामगर,गुरुङ राष्ट्रिय परिषदका उदिम बहादुर गुरुङ,नेवा देव दबुका शेष नारायण श्रेष्ठ,सोम गुरुङ लगाएतका जातीय नेताहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij