परासी
परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ छ । विदेशभन्दा आफ्नै गाउँमै बसेर व्यवासयिक तरकारी खेती गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । व्यवसायिक तरकारीखेती गतिलो उदाहरण बनेका छन्, रामग्राम नगरपालिकाका वडा नं. १५ स्थित सुक्रौलीका बैजनाथ कोइरी ।
उनी व्यवासयिक रुपमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले व्यवसायिक तरकारी खेती १० कठ्ठा क्षेत्रफलमा व्यवसायिक रुपमा गर्दै आएका छन् । उनी तरकारी खेतीबाटै मासिक १ लाख आम्दानी गर्न सफल भएका छन् ।
व्यवसायिक खेतीबाटै परिवार पाल्दै आएको बताउँदै उनले आफ्नो ८ जना परिवार रहेको जनाए । उनका दुई जना छोरी एक छोरा श्रीमतीसहित आमा बुवा छन् ।
छोराछोरीहरुलाई यही व्यवसायिक तरकारी खेतीबाट पढाउने गरेको र घरपरिवार पाल्दै आएको कोइरीले बताए । उनले भने –‘व्यवसायिक रुपमा सृजना कृषि फार्म दर्ता गरी विगत ६ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएको छु ।’ सूरुमा उद्याम शिल कर्जा १० लाख लिई व्यवसायिक तरकारी खेती गरेको कोइरीले जनाए । वार्षिक ५० टन तरकारी उत्पादन गदैँ आएको उनले बताए ।
उनले भने –‘म पहिला इजरायल गएको र त्यहाँबाट फर्केर आएर आफ्नै देशमा केही गर्नुपर्छ भनि कृषि पेशामा लागेको र यो व्यवसायीबाट म सन्तुष्ट छु ।’ फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने उनको जीवनमा हरियाली छाउन थालेको छ । अहिले जीवनको उत्तरार्धमा व्यवसायिक तरकारी खेतीले प्रशस्त आम्दानी भइरहेको उनले बताए ।
‘दुई जना श्रीमान श्रीमती मिली व्यवसायिक तरकारी खेती गर्दै आएका छौं । व्यवसायिक तरकारी खेतीबाटै म आफ्नो पक्की घर बनाएको र बजारको समस्या मलाई छैन,’ उनले भने–‘मेरो तरकारी अरु व्यापारीको भन्दा ताजा र स्वच्छ गुणस्तरी भएकोले मेरो तरकारीहरु छिटो बिक्री हुने गरेको छ ।’
उनले परासी बजारमा आफँै बिक्री वितरण गर्ने र आपसक्षेत्रमा लाग्ने हाटबजारमा तरकारी बिक्री वितरण गर्न आफैँ लैजाने गरेका छन् ।
व्यवसायी मेरो खेतमै आएर तरकारी लैजाने गरेको र थोक बिक्री वितरण गर्ने गरेको उनले बताए । उनले च्याउ, लौका भिन्डी, धिरौला सिर्जनाअनुसार तरकारी खेती तथा नर्सरी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएकोे जानकारी दिए ।




