२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सधैँ खबरदारी गर्ने अगुवा

सधैँ खबरदारी गर्ने अगुवा

सधैँ खबरदारी गर्ने अगुवा

सधैँ खबरदारी गर्ने अगुवा

सधैँ खबरदारी गर्ने अगुवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  •  जन्म संयोग हो भने मृत्यु सत्य । तर सत्य हुँदाहुँदै मृत्यु मान्छेको जीवनमा आकस्मिक आउँछ, त्यसले व्यक्तिलाई भौतिक रुपमा सधैँका लागि विलिन बनाउँछ । परिवार र आफन्तजनलाई पीडा दिन्छ । 


    अझ समाजका लागि जीवनमा केही योगदान गरेका व्यक्तिको निधनमा सिंगो समाज दुःखी हुन्छ । उसले गरेका असल कर्म र आदर्शको सम्झना गर्दछ । अर्जुन ज्ञवाली समाजका लागि केही गर्ने त्यस्तै अगुवा हुनुहुन्थ्यो । ८० वर्षको जीवन दीर्घजीवन नै हो, तर यस्ता अनुभवी र अगुवा मान्छे अझै बाँच्नुपर्छ भन्ने अपेक्षा समाजले गर्दोरहेछ ।


    स्वभावमा सरल उहाँ पत्रकारितामार्फत् समाजलाई सही बाटोमा हिंड्न खबरदारी गर्नुभयो । समाजमा निराशा होइन्, आशाको मार्गमा हिंड्न प्रेरित गर्नुभयो । पत्रकारितालाई समाजको ऐना भनिन्छ । उहाँले साँच्चै ऐना बनाउने काम गर्नुभयो । पत्रकारितामा रहँदा संवाददाता, सम्पादक, स्तम्भकार र लेखकका रुपमा उहाँले फरक–फरक भूमिकामा काम गरे पनि अन्ततः जनबोलीलाई प्राथमिकता दिनुभयो । जनताले बुझ्ने भाषाशैलीलाई जोड दिएर उहाँले लेख्नुभयो । लेख्ने व्यक्तिले कसका लागि के लेख्दैछु भन्ने हेक्का राखेर लेख्नुपर्छ, उहाँले त्यो हेक्का राख्नु भयो ।


    पत्रकारिता मात्रै होइन्, उहाँले शैक्षिक आन्दोलनमार्फत् पु¥याएको योगदान पनि अतुलनीय छ ।  शिक्षण पेशामा रहँदा केवल कक्षा कोठामा मात्रै सीमित नरही यो पेशालाई मर्यादित बनाउन र नागरिक अधिकारकालागि हुने आन्दोलनमा शिक्षकको सहभागिता बढाउन उहाँले खेलेको भूमिका पनि महत्वपूर्ण थियो । पत्रकारितमा उहाँले पु¥याएको योगदानकै कारण विभिन्न पुरस्कार र पदक प्राप्त गर्नुभएको छ । उहाँको सम्मानमा सरकार र अन्य विभिन्न संस्थाले दिएका पुरस्कार परिवारका लागि उहाँलाई सम्झने गतिलो माध्यम हुनेछन् ।


    एउटा व्यक्तिका रुपमा उहाँका कमजोरी पक्कै थिए होलान् । तर ती कमजोरीलाई उहाँका सबल कर्मले ओझेलमा पारे । कतिपयका यस्ता कमजोरी हुन्छन्, ती कमजोरीले सबल कर्मलाई ओझेलमा पार्दछन् । तर उहाँका कमजोरीलाई सबल कर्मले ओझेलमा पारे । यसले उहाँको व्यक्तित्व उचाईमा पुग्यो । उमेरले उकालो लाग्दै गर्दा धेरैलाई लाग्छ, मैले धेरै जानेको छु, बुझेको छु । हुन पनि अनुभवले त्यसो भन्नु स्वभाविकै हो । तर नयाँ पुस्ताका प्रेरणास्रोत उहाँ कहिल्यै धेरै जानेको भन्ने ठुल्याई पार्नुभएन् । नयाँ पुस्ताबाट धेरै सिक्न सकिन्छ भन्ने सधैं राखिरहनुभयो ।


    भौतिक रुपमा उहाँ नभएको १३ दिन भयो, अब पाठकले सरल शब्द र वाक्यमा समसामयिक लेख पढ्न पाउने छैनन् । नयाँ पुस्ताले उहाँका अनुभव सुन्न पाउने छैनन् । 
    हामी अर्जुन ज्ञवालीको सरल र मीठो लेखन सधैँ सम्झिरहनेछौं, उहाँको अभाव हामीलाई सधैं भइरहनेछ । हार्दिक श्रद्धाञ्जली ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij