२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिक्षक आन्दोलनमा अर्जुनको योगदान

शिक्षक आन्दोलनमा अर्जुनको योगदान

शिक्षक आन्दोलनमा अर्जुनको योगदान

शिक्षक आन्दोलनमा अर्जुनको योगदान

शिक्षक आन्दोलनमा अर्जुनको योगदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • विमलबहादुर शाक्य
    रूपन्देहीका सम्पूर्ण शिक्षकहरू एउटै छातामुनि आनन्द थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनले नै यस जिल्लामा शिक्षकहरुको एक हितका लागि सबै खाले कार्यक्रममा अगुवाइ गर्दथ्यो । सिद्धार्थनगरको भानु मा.वि. भएको कार्यक्रममा किचलो भयो । त्यहीदेखि दुई धारमा विभाजित भयो । १.नेपाल राष्ट्रिय शिक्षक संगठन र अर्काे (२) नेपाल शिक्षक संघ ।


    मलाई साल थाहा भएन शिक्षक आन्दोलनको सिलसिलामा बुटवलमा अञ्चलस्तरीय शिक्षकहरुको जुलुस प्रदर्शन गर्ने कार्यक्रम थियो । बुटवल लुम्बिनी अञ्चलको सदरमुकाम थियो, त्यसबेला । विभिन्न जिल्लाका शिक्षक प्रतिनिधिहरु र हामी धेरै शिक्षकहरु भेला भइसकेको थियौं  । जुलुसको नेतृत्व गर्ने शिक्षक मित्र आउनु भएको थिएन । प्रहरीका  भ्यानहरु गुडिरहेका थिए । समय धर्कदै थियो । शिक्षक मित्रहरु छिटोभन्दा छिटो जुलुस सम्पन्न गर्न चाहन्थे । अन्तत जुलुसको नेतृत्व गर्ने मेरो जिम्मामा आयो । हामीहरु जुन ठाउँमा जम्मा भएका थियौं । त्यहाँबाट जुलुस निकाल्न सकेनौं । त्यस स्थानदेखि केही तलको गल्लीमा आएर जुलुस निकालियो । जुलुस नेतृत्व गर्दै म अगाडि बढेँ । शिक्षकहरुको जुलुस पहिला अमरपथ त्यसपछि आशिष स्टेशनरीको गल्ली भएर राममन्दिर पथ त्यसपछि ट्राफिक चौक हुँदै पुष्पलाल सालिकको सामुन्नेको चौक आइपुग्यौं । 


    नेपाल राष्ट्रिय शैक्षिक संघका केन्द्रीय अगुवा हीरा नेपालले सम्बोधन गर्दै जुलुस पूर्ण सफल रुपले भएको र सहभागी शिक्षक मित्रहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यसबेला त्यहाँ कुनै पनि स्तम्भ निर्माण भएको थिएन । जुलुस समाप्त भएपछि हामी सबै तितरवितर भयौं । फर्कदा केही शिक्षक मित्रहरु सभातिर, तर पछि छोडिए । श्रद्धेय अर्जुन ज्ञवालीसहित हामी पूर्व शिक्षिका ज्ञानु लिगलज्यूको निवासमा आयौैैं । कार्यक्रमको समीक्षा ग¥यौं । कार्यक्रम सफल भएको निक्र्यौल ग¥यौं । शिक्षक आन्दोलनमा उहाँको भूमिका अत्यन्त महत्वपूर्ण रहन्थ्यो । लेखनीमार्फत् गर्ने प्रहार चोटिलो हुन्थ्यो । आज उहाँ हामी माझ हुनुहुन्न तर उहाँको सम्झना अमिट छ । उहाँप्रति अन्तरमनदेखि भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij