२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा  पक्राउ पुर्जी

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा  पक्राउ पुर्जी

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा  पक्राउ पुर्जी

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा  पक्राउ पुर्जी

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा  पक्राउ पुर्जी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।उनिविरूद्व  सरकारी छाप तथा लेटरप्याड किर्ते गरी दुरुपयोग गरेको आरोपमा जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएको हो ।

    79815b58-d665-42eb-9f33-32094b0ec882.jpg

    सरकारी कागजात किर्ते गरेको आरोपमा परेको जाहेरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको छ । अध्यक्ष यादवलाई पक्राउ गर्न बुधबार नै अदालतबाट पुर्जी जारी भएको स्रोतले जनाएको छ।

    जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले पालिका अध्यक्ष भनेर उल्लेख नरहेको तर उमेशचन्द्र यादवको नाममा साउन २० गते पक्राउ पुर्जी जारी भएको जानकारी दिँदै म्याथ थपका लागि भने नआएको जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले मुद्दा अनुसन्धानको क्रममा रहेकाले यस विषयमा तत्कालै थप जानकारी दिन नमिल्ने जानकारी दिए ।

    अध्यक्ष यादवविरुद्ध भारतको बिहार राज्य, पश्चिम चम्पारणस्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भुआर्जन कार्यालय ९गण्डक योजना० का भुआर्जन अधिकृत सोभित हलुवाईले गत जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी दिएका थिए ।

    जाहेरीमा अध्यक्ष यादवले कार्यालयको सरकारी छाप र लेटरप्याड किर्ते गरी नक्कली सम्झौता पत्र तयार पारेको तथा सोही कागजातका आधारमा गण्डक योजनाअन्तर्गतको सरकारी जग्गा भोगचलन गर्दै कृषि विकास बैंक बर्दघाट शाखाबाट कृषि ऋण तथा अनुदान लिएर माछापालन गरिरहेको आरोप लगाइएको छ।

    हलुवाईका अनुसार गण्डक योजनाअन्तर्गतको सरकारी जग्गा व्यक्तिगत प्रयोजनका लागि उपलब्ध गराइएको कुनै आधिकारिक सम्झौताको अभिलेख कार्यालयमा छैन ।

     यस विषयमा गत चैत ३ गते चलानी नम्बर १४७ मार्फत सम्बन्धित प्रमाण उपलब्ध गराउन पत्राचार गरिएको भए पनि अध्यक्ष यादवले कुनै प्रमाण पेश नगरेकाले प्रस्तुत सम्झौता किर्ते भएको जाहेरीमा दाबी गरिएको छ।

    विवादित भनिएको सम्झौता पत्रमा २०७१ पुस २९ गते सम्झौता भएको उल्लेख छ। उक्त पत्रमा साबिक गुठी सूर्यपुरा गाविस–८ सँग जोडिएको विहार सरकारको स्वामित्वमा रहेको जग्गा २०९१ पुस २८ गतेसम्म माछापोखरी निर्माणका लागि प्रयोग गर्न दिने व्यवस्था उल्लेख गरिएको छ। सम्झौता पत्रमा तत्कालीन सम्पर्क तथा भुआर्जन अधिकृत विश्वबन्धु यादवको हस्ताक्षर रहेको देखिन्छ।

    यता अध्यक्ष उमेशचन्द्र यादवले भने पक्राउ पुर्जी जारी भएको विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij