२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संस्कृति संरक्षणका लागि मुसिकोटमा आदिवासी जनजातिलाई पहिचान सामग्री वितरण

संस्कृति संरक्षणका लागि मुसिकोटमा आदिवासी जनजातिलाई पहिचान सामग्री वितरण

संस्कृति संरक्षणका लागि मुसिकोटमा आदिवासी जनजातिलाई पहिचान सामग्री वितरण

संस्कृति संरक्षणका लागि मुसिकोटमा आदिवासी जनजातिलाई पहिचान सामग्री वितरण

संस्कृति संरक्षणका लागि मुसिकोटमा आदिवासी जनजातिलाई पहिचान सामग्री वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • लोक प्रसाद छन्त्याल

    गुल्मी। मुसिकोट नगरपालिकाले आदिवासी जनजातिको पहिचान र संस्कृति संरक्षणका लागि विभिन्न जातीय समुदायलाई पहिचान सामग्री वितरण गरेको छ।

    विश्व आदिवासी दिवसको अवसर पारेर नगरपालिकाले शुक्रबार आदिवासी जनजाति सञ्जालमा आबद्ध पाँच जातिका प्रतिनिधिलाई सम्बन्धित समुदायको पहिचान झल्किने सामग्री वितरण गरेको हो।

    छन्त्याल समुदायलाई धनुष, तीर र तुल, नेवार समुदायलाई ढोल–झ्याली तथा मगर, गुरुङ र कुमाल समुदायलाई मादल र दम्फु वितरण गरिएको नगरपालिकाले जनाएको छ।

    कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले आदिवासी जनजातिको पहिचान र संस्कृति संरक्षणसँगै उनीहरूको क्षमता विकास र आर्थिक वृद्धिलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए।

    उनले लक्षित समुदायका समस्या र आवश्यकता स्थानीय सरकारसम्म पु¥याउने उद्देश्यले आदिवासी जनजाति सञ्जाल गठन गरिएको बताए। “समुदायका समस्या समुदायलाई नै बढी थाहा हुन्छ,” भन्दै नगरप्रमुख खरेलले नगरपालिकाको योजनाबाहेक आवश्यक कार्यक्रमको योजना बनाएर नगर सरकारसमक्ष माग गर्न सञ्जाललाई आग्रह गरे।

    सबै जातजातिको आवाज स्थानीय सरकारसम्म पु¥याउने र समुदायलाई एकै ठाउँमा जोड्ने वातावरण निर्माण गर्न सञ्जाल गठन गरिएको उनको भनाइ थियो।

    नगरपालिकाले आदिवासी जनजातिको अधिकार र हितका लागि आवश्यक कानुन तथा कार्यविधि निर्माण गर्दै जाने प्रतिबद्धता पनि जनाएको छ।

    विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नगरप्रमुख खरेलले आदिवासी जनजातिले आफ्नो अधिकारबारे जानकार हुनुपर्नेमा जोड दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij