२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पाका २३बर्थिङ सेन्टर उपलब्धिविहीन

पाल्पाका २३बर्थिङ सेन्टर उपलब्धिविहीन

पाल्पाका २३बर्थिङ सेन्टर उपलब्धिविहीन

पाल्पाका २३बर्थिङ सेन्टर उपलब्धिविहीन

पाल्पाका २३बर्थिङ सेन्टर उपलब्धिविहीन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • पाल्पा
    पाल्पामा सञ्चालित ४४ वटा बर्थिङ्ग सेन्टरलाई व्यवस्थित गरी गुणस्तरीय बनाउन एक सर्भेक्षण प्रतिवेदनले  स्थानीय सरकारलाई सुझाव दिएको छ । सञ्चालित बर्थिङ्ग सेन्टरलाई व्यवस्थित गर्दै, कार्यरत जनशक्तीमा क्षमता बढाउने, प्रसूति गराएको आधारमा बर्थिङ्ग सेन्टरलाई प्राथमिकरण गर्दै आवश्यकताको आधारमा घटाउने, बढाउने विषयमा पालिकाले निर्यण गर्नुपर्नेमा पाल्पामा आयोजित कार्यक्रममा जोड दिएको छ । 


    पाल्पाका १० वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखहरुको सहभागितामा ४४ वटा बर्थिङ्ग सेन्टर बाट भएको एक वर्षे प्रस्तुतिको विवरण सार्वजनिक गरिएको हो । पाल्पाका ४४ बर्थिङ्ग सेन्टरहरुमध्ये २३ वटा हटाई २१ वटा बर्थिङ्ग सेन्टरलाई आधुनिक व्यवस्थित, गुणस्तरीय उपकरणदेखि कर्मचारीहरुको व्यवस्था गरेर आमा बच्चाको स्वास्थ्यलाई अझै राम्रो बनाउन सकिने प्रतिवेदन प्रस्तुतकर्ता लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मान बहादुर वलीले बताए । 


    लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले पाल्पामा आ.व.२०८२-०८३ मा मिसन अस्पताल र लुम्बिनी मेडिकलमा ८१ प्रतिशत, सरकारी अस्पतालमा ७ प्रतिशत र १० पालिकाको ४४ वटा बर्थिङ्ग सेन्टर १२ प्रतिशत प्रसूति भएको नतिजा सार्वजनिक भएको छ । पाल्पाका बर्थिङ्ग सेन्टरहरु मध्ये निस्दी गाउँपालिकामा सबैभन्दा बढी ६४ जना र  बगनासकालीमा सबैभन्दा कम ६ जना प्रसूति भएका छन् । पाल्पाका ४४ वटा बर्थिङ्ग सेन्टरमध्ये १ देखि ५ जनासम्म प्रसूति गराउने स्वास्थ्य संस्था २० वटा, ६ देखि १० जनासम्म प्रसूति गराउने स्वास्थ्य संस्था १० वटा, १० देखि १५ वटासम्म प्रसूति गराउने ९ वटा र १५ देखि माथि प्रसूति गराउने ५ वटा स्वास्थ्य संस्था रहेका छन् । नेपाल सरकारको नियमअनुसार १५ वटाभन्दा कम प्रसूति गराउने स्वास्थ्य संस्था प्रसूतिको  गुणस्तरीय मापदण्डमा नपर्ने नियम रहेको छ । 


    निर्देशनालयले ४४ वटै बर्थिङ्ग सेन्टरका कर्मचारीहरुको दुई दिने अन्तरक्रिया प्रशिक्षण कार्यक्रमको आधारमा  तानसेनमा रहेका दुई बर्थिङ्ग सेन्टरमध्ये एक मात्र राख्ने, तिनाउमा रहेका ३ मध्ये २ राख्ने, निस्दीका ७ मध्ये, ५ राख्ने, पूर्वखोलाका ६ मध्ये २ राख्ने, बगनासकालीका ४ मध्ये १  राख्ने, माथागढीमा ७ मध्ये ३  राख्ने, रम्भाका ४ मध्ये १  राख्ने, रामपुरको ४ मध्ये १ राख्ने, रैनादेवीमा ४ वटै राख्ने र रिब्दीकोटको ३ मध्ये १ राख्ने गरी जम्मा २१ वटा बर्थिङ्ग सेन्टर सञ्चालन गरेमात्र पुग्ने अवस्था प्रारम्भिक सर्भेले देखाएको विवरण पाल्पामा सार्जजनिक गरेको हो । 


    सञ्चालन भएका बर्थिङ्ग सेन्टरमा प्रसूति नहँुदा उपकरण नै प्रयोगविहीन हुने, कर्मचारीले पाएको ज्ञान, सीप, क्षमता हराउँदै जाने स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार पनि बर्थिङ्ग सेन्टरलाई स्तरीकरण गर्दै व्यवस्थित, गुणस्तरीय सेवा प्रदानको लागि छलफल गरिएको युनएफपिएका अजय आचार्यले बताए । 


    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले निर्देशनालयले पेश गरेको डाटा विवरण प्रारम्भिक भएकोले थप पालिकाभित्र गम्भीर रुपमा छलफल गरी थप व्यवस्थित गर्न प्रतिवेदन सहयोगी भएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सेढाइले स्वास्थ्य निर्देशनलायले पेश गरेको नतिजाले पालिकाले आगामी दिनमा बर्थिङ्ग सेन्टरलाई अझँै राम्रो सेवा सुविधा प्रदान गर्नको लागि बाटो देखाएको जनाए । निर्देशनालयका प्रमुख रोशनलाल चौधरीले व्यवस्थित बर्थिङ्ग सेन्टर निर्माणको लागि स्थानीय सरकारसँग थप छलफल गर्न सकिने बताउँदै यो नमूना कार्यक्रम देशभरीबाट पाल्पा जिल्लाबाट सुरु भएको जनाए । 


    पाल्पाका १० वटै पालिकाका प्रमुखहरुले निर्देशनालय गरेको सर्भे पूर्ण नभएकोले आगामी दिनमा पालिकाले पनि थप छलफल अन्तरक्रिया गरेर मात्र निचोड पुग्न सकिने बताएका छन् । गाउँमा एक जना गर्भवती महिलालाई भए पनि सेवा दिनुपर्ने बाध्यता भएकोले सर्भेक्षणले देखाएजस्तो गरी बर्थिङ सेन्टर कटौती गर्न नसकिने पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij