बुटवल । होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठन गरिएको छ । साविकको नेप्लिज होटेलियर्स एशोसिएसन लुम्बिनीसँग एकीकरण गरी बुटवलमा सम्पन्न व्यवसायीहरुको भेलाले सीपी श्रेष्ठ अध्यक्ष रहेको तदर्थ समिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा र उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ चयन भएका छन् ।
यस्तै महासचिवमा टेकनाथ बस्याल, सचिवमा दिलीप गौचन र कोषाध्यक्षमा सुशान्त गौचन चयन भएका छन् । संघको कार्यसमिति सदस्यहरूमा प्रणदा दीक्षित, ओबिन्द्र महरा, धीरेन्द्र प्रधान, कमल पैडेल, गिरिराज पाण्डे, लक्ष्मण भण्डारी, दुर्गा बस्याल, पदमवीर थापा र निर्मल श्रेष्ठ रहेका छन् ।
संघको सल्लाहकारमा महेन्द्रनारायण श्रेष्ठ र गोपाल राना रहेका छन् । समिति गठन कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतीय पर्यटकलाई लक्षित गरी प्रदेशका मुख्य धार्मिक पर्यटकीय स्थलहरुमा स्तरीय शाकाहारी होटेलहरु अभाव रहेकाले बनाउन सुझाव दिए । मुख्यमन्त्री आचार्यले पर्यटकको बसाई लम्ब्याउन सके मात्र लाभ लिन सकिने भएकाले आकर्षक प्याकेजसहित भारतको उत्तर प्रदेशमा बजारिकण गर्न सुझाव दिए । हान लुम्बिनीमा तारे स्तरका ४० बढी होटेलहरु आबद्ध रहेका महासचिव टेकनाथ बस्यालले जानकारी दिए ।




