२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीबारे सकारात्मक पहलकदमी

लुम्बिनीबारे सकारात्मक पहलकदमी

लुम्बिनीबारे सकारात्मक पहलकदमी

लुम्बिनीबारे सकारात्मक पहलकदमी

लुम्बिनीबारे सकारात्मक पहलकदमी
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी युनेस्कोको ‘खतरामा रहेका विश्व सम्पदा’को सूचीमा पर्नबाट जोगिएको छ । लगातार तीन वर्षदेखि खतराको सूचीबाट पर्नबाट जोगिनुलाई सकारात्मक मान्नुपर्छ ।


    दक्षिण कोरियाको बुसानमा सम्पन्न युनेस्को विश्व सम्पदा समितिको ४८औँ सत्रले लुम्बिनीमा भएका संरक्षण, व्यवस्थापन र सुधारका प्रयासलाई सकारात्मक रूपमा मूल्यांकन गरेको  छ । सुधारका काम जारी रहेकाले तत्काल खतराको सूचीमा नराख्ने निष्कर्ष निकालेको युनेस्कोले लुम्बिनीसँग सम्बन्धित जोखिम पूर्ण अवस्था हटिनसकेको बताएको छ । युनेस्कोले संरक्षणका कामलाई थप प्रभावकारी बनाउन १३ बुँदे निर्देशन दिएको छ । युनेस्कोको एक मिशनले पवित्र उद्यानभित्र रहेका पुरातात्विवक संरचनाको सुरक्षा सुनिश्चित गर्न, पुरातात्विक जोखिम नक्सा प्रयोग गर्न, मायादेवी मन्दिर संरक्षणको दीर्घकालीन योजना बनाउन तथा विश्व बैंकको प्रस्तावित परियोजना कार्यान्वयनअघि सम्पदा प्रभाव मूल्यांकन गर्न निर्देशन दिएको छ । त्यसैगरी, केन्जो टांगे गुरुयोजनाको पुनरावलोकन, एकीकृत व्यवस्थापन संरचनाको प्रभावकारी कार्यान्वयन, बौद्ध धर्मसँग सम्बन्धित अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, तीर्थयात्री सेवामा बौद्ध समुदायको सहभागिता र वायु तथा ध्वनि प्रदूषण नियन्त्रणमा पनि जोड दिएको छ । समितिले यी १३ बुँदे सिफारिस कार्यान्वयनको प्रगति समेटिएको ‘स्टेट अफ कन्जर्भेसन रिपोर्ट’ (एसओसी) २०२७ फेब्रुअरी १ भित्र युनेस्को मुख्यालयमा बुझाउन नेपाललाई निर्देशन दिएको छ । अब सुधारका काम इमान्दारीपूर्वक गरी प्रतिवेदन बुझाउन अग्रसरता लिदा नै खतराको सूचीबाट बाहिर निस्कन बल पुग्छ ।


    लुम्बिनी विकास कोषले अशोक स्तम्भ, मार्कर स्टोन र मायादेवी मन्दिर परिसरका संरचनाको संरक्षण, चुहावट नियन्त्रण, सरसफाइ, रंगरोगन, विद्युत् तथा अन्य आधारभूत व्यवस्थापनमा सुधार गरेको छ । भैरहवा–बुटवल क्षेत्रका उद्योगले प्रदूषण बढाएकोले सम्पदाहरुलाई क्षति पु¥याएकोले समयसीमा तोकेर अदालतले उद्योग सार्न परमादेश जारी गरेको  छ । अब कुनै बहानामा प्रदूषण फैलाउने उद्योग लुम्बिनी आसपास रहने छैनन् । युनेस्कोले चेतावनी दिँदादिँदै पनि संरक्षण र सुधारमा पहलकदमी नलिएको  नेपालका पछिल्ला प्रयास सकारात्मक छन् । सुधार, संरक्षणमुखी कार्यक्रम र नीतिगत स्पष्टताले सकारात्मक परिणाम दिएको छ ।

    लुम्बिनी विकास कोषलगायत सरोकारवाला निकायले सम्पदास्थलमा गर्नुपर्ने र गर्न नहुने कामबारे अझै गम्भीर बन्न आवश्यक  छ । युनेस्कोको खतराको सूचीमा पर्नुको अर्थ नेपाल सम्पदा संरक्षणमा गम्भीर छैन भन्ने सन्देश विश्वभर प्रवाह हुन्थ्यो । यसले नेपालको अन्तर्राष्ट्रिय समुदाय माझ अविश्वास र आशंका बढाउने काम गर्दथ्यो । नेपालको प्रतिष्ठामा आँच आउँथ्यो । मुलुकको प्रतिष्ठा जोगाउने अभियानमा सबैले साथ दिन आवश्यक छ । मुल विषय सरोकारवाला निकाय जिम्मेवार हुनु अपरिहार्य छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij