२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रिव्दीकोट गाउँपालिकाको प्रतिबद्धता

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रिव्दीकोट गाउँपालिकाको प्रतिबद्धता

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रिव्दीकोट गाउँपालिकाको प्रतिबद्धता

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रिव्दीकोट गाउँपालिकाको प्रतिबद्धता

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने  रिव्दीकोट गाउँपालिकाको प्रतिबद्धता
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३

  • पाल्पा।  पाल्पाको रिब्दीकोट गाउँपालिकामा सञ्चालित स्वास्थ्य संस्थाहरूको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति समीक्षा गरेको छ । रिब्दीकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको समीक्षा कार्यक्रममा पालिकाभित्रका विभिन्न ८ वटा स्वास्थ्य संस्थाहरूले गत आर्थिक वर्षमा सम्पादन गरेका कार्य, हासिल गरेका उपलब्धि, भोग्नुपरेका चुनौती र आगामी रणनीतिबारे बृहत् छलफल गरिएको छ । 
     कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले आर्थिक वर्ष २०८२÷०८३ मा  गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा संचालन भएका सूचकहरूको बार्षिक प्रति प्रतिवेदन  प्रस्तुत गरे । गत आर्थिक वर्षमा गाउँपालिकाभित्र सुरक्षित मातृत्व, बाल स्वास्थ्य, खोप कार्यक्रम, पोषण तथा परिवार नियोजन सर्ने तथा नसर्ने रोगका क्षेत्रमा भएका कामहरुको प्रगति अवस्था सार्वजनिक गरिएको थियो । हामीले पालिकाभित्र शतप्रतिशत संस्थागत प्रसूति गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ । दुई आर्थिक बर्षमा कुनै पनि गर्भवती महिलाको घरमा प्रसुति भएको छैन, घरमा हुने प्रसूतिलाई शून्यमा झार्न वडा वडामा संचालनमा रहेको स्वास्थ्य चौकी, गाउँघर क्लिनिक, महिला स्वयसेविकाको भुमिका महत्वपूर्ण रहेको, गर्भवती महिलाहरूलाई पोषणभत्ता र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । 
     जन्मिएदेखि १५ महिनासम्मका बालबालिकाहरूलाई दिइने सम्पूर्ण खोप तालिका अनुसार शतप्रतिशत बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको, बालबालिकाको नियमित तौल अनुगमन र भिटामिन ’ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम प्रभावकारी रुपमा भएको,  खस्यौली प्राथमिक उपचार केन्द्रमा लक्ष्य भन्दा तेव्वर विरामीले उपचार सेवा लिएको,  ३० वर्षभन्दा माथिका नागरिकहरूको उच्च रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम निशूल्क रुपमा सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । 
     गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकोले गाउँपालिकाले प्रत्येक नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लागि परेको बताए । भौगोलिक रूपमा विषम रहेका वडाहरूमा पनि स्वास्थ्य पहुँच पु¥याउन पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनमा पालिका लागिपरेको, ११ वटा स्वास्थ्य संस्था बढाएर १५ वटामा पुर्याई नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको अध्यक्ष कार्कीले बताए । 
     गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर गाउँपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा गर्दै आएको बताईन । जनताको स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु २४ सै घण्टा खटिनुहोस तपाईलाई चाहिने सेवा सुविधा पालिका संग माग गर्न उपाध्यक्ष अधिकारीले बताईन । 
     गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले स्वास्थ्य क्षेत्रको प्रशासनिक तथा व्यवस्थापकीय पक्षलाई सुदृढ बनाउँदै सेवा प्रवाहलाई पारदर्शी र जनउत्तरदायी बनाउन  स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरे । नसर्ने रोगको भयावहलाई सचेतनाका कार्यक्रम मार्फत न्युनिकरण गर्न स्वास्थकर्मीहरु जनताको घरदैलोमा पुग्न प्रमुख प्रशासकीय अधिकृत भुसालले जोड दिए । 
     स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले जिल्लाभरका स्वास्थ्य सूचकहरूमा रिब्दीकोट गाउँपालिकाको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउनुु पर्नेमा जोड दिए ।  
     कार्यक्रममा गाउँपालिकाभित्र उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरी कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट ठहर्याइएका स्वास्थ्य संस्थाहरूलाई पुरस्कृत तथा सम्मान गरिएको छ । पालिकाका ८ वटा स्वास्थ्य संस्थामध्ये खस्यौली प्राथमिक उपचार केन्द्र प्रथम स्थान, ठिमुरे स्वास्थ्य चौकी द्वितीय र ख्याहा स्वास्थ्य चौकी तृतीय भएका छन । प्रथम द्धितिय र तृतीय भएका  स्वास्थ्य संस्था प्रमुख र वडा अध्यक्षलाई पालिकाले सम्मान गरेको छ । स्वास्थ्य शाखाका सिनियर अनमी कमला लाम्टाङ्गेको स्वागत, गाउँपालिकाका प्रशासन प्रमुख रुकलाल भट्टराईको  सञ्चालन समिक्षा कार्यक्रम भएको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij