२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विशाल र सम्झनाको 'लाइटर गोजीमा' सार्वजनिक

विशाल र सम्झनाको 'लाइटर गोजीमा' सार्वजनिक

विशाल र सम्झनाको 'लाइटर गोजीमा' सार्वजनिक

विशाल र सम्झनाको 'लाइटर गोजीमा' सार्वजनिक

विशाल र सम्झनाको 'लाइटर गोजीमा' सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • अर्घाखाँची। गायिका सम्झना रणपाल र गायक बिशाल रायमाझीको स्वरमा रहेको नयाँ तीज गीत 'लाइटर गोजीमा' को म्युजिक भिडियो सार्वजनिक भएको छ। तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीतले नेपाली मौलिक लोकभाका तीजको उमंग, मनोरञ्जन र नृत्यले युवा पुस्तालाई केन्द्रमा राखेको छ। गीत सार्वजनिक भएसँगै नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको माहोल थप उत्साहपूर्ण बनेको छ।अर्घाखाँचीमा जन्मिएकी लोकप्रिय गायिका सम्झना रणपाल नेपाली लोक तथा तीज गीतको क्षेत्रमा सक्रिय कलाकारका रूपमा परिचित छिन्। एक दशकभन्दा बढी समयदेखि गीत–संगीत क्षेत्रमा योगदान गर्दै आएकी गायिका सम्झना रणपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द तथा संगीत स्वयं बिशाल रायमाझीले तयार पारेका छन् भने गीतको हुकलाइन झबिन नेपालीले तयार गरेका हुन्।गीतको संगीत संयोजन विश्वास नेपालले गरेका छन्। कुमार रानाले मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सम्हालेका छन्। रेकर्डिस्टका रूपमा सुमन राना र खुमान सिंह रानाले काम गरेका छन् भने गीतको रेकर्डिङ मरुनी डिजिटल स्टुडियोमा गरिएको हो।समूह गायनमा रेखा कार्की, सुमित्रा सुनार, रविन परियार र राजन मौरातीले साथ दिएका छन्। गीतको हुकलाइनले श्रोतालाई सहजै आकर्षित गर्ने गरी निर्माण गरिएको छ। विशेषगरी तीजमा नाचगान तथा सांस्कृतिक कार्यक्रममा रमाउने दर्शक–श्रोताका लागि मनोरञ्जनको नयाँ कोसेली बन्न सक्ने देखिन्छ।गीतको भिडियोमा चर्चित कलाकार एलिना रायमाझी र झबिन नेपालीको दमदार अभिनय रहेको छ। उनीहरूको अभिनय, नृत्य तथा भिडियोको प्रस्तुतिले गीतलाई दृश्यात्मक रूपमा थप आकर्षक बनाएको छ। गीतको कथा तथा निर्देशन स्वयं बिशाल रायमाझीले गरेका छन्। भिडियोको कोरियोग्राफी बिन्तिराज पुनथोकीले सम्हालेका छन्। छायांकन प्रकाश खड्का तथा उनको टिमले गरेका हुन्।
    भिडियो सम्पादन तथा कलरको जिम्मेवारी राजकुमार मगरले सम्हालेका छन्। पोस्टर आर्ट लक्ष्मण चौहानले तयार गरेका छन् भने मेकअप आर्टिस्टका रूपमा पूनम चौधरीले काम गरेकी छन्। भिडियोको सम्पादन तथा पोस्ट प्रोडक्सन दृष्टि इन्टरटेनमेन्ट र राजकुमार फिल्म्सबाट गरिएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij