२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिसमहल पर्यटकीय केन्द्रको रूपमा विकास

शिसमहल पर्यटकीय केन्द्रको रूपमा विकास

शिसमहल पर्यटकीय केन्द्रको रूपमा विकास

शिसमहल पर्यटकीय केन्द्रको रूपमा विकास

शिसमहल पर्यटकीय केन्द्रको रूपमा विकास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • गोविन्द घर्ती
    देवदह
    रुपन्देहीको देवदहमा रहेको मणिदीप धाम शिसमहल पर्यटकीय केन्द्रको रुपमा विकास हँुदै गएको छ । 
    विगत एक वर्षको तथ्यांक हेर्दा करिव १० हजार आन्तरिक तथा वाह्य पर्यटकले शिसमहलको अवलोकन गरेका छन् । दुर्गा पञ्चायन मन्दिर देवदह–७, शितलनगर परिषरमा रहेको शिसमहल निर्माणसंगै देवदह क्षेत्र पर्यटकीय हवको रुपमा विकास भईरहेको छ । 


    गत वर्ष २०८२ साउन ३१ गते उद्घाटन गरिएको शिसमहल अवलोकन गर्नको लागि बाह्य पर्यटक बढी आउने गरेको दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतप्रसाद बस्यालले जानकारी दिए । शिसमहल अवलोकन गर्नको लागि विद्यार्थीहरुलाई ३० रुपैयाँ र अन्यलाई ५० रुपैयाँ टिकट शुल्क कायम गरिएको अध्यक्ष वस्यालले बताए । मन्दिर परिषरमा शिसमहल मात्र नभई दुर्गा पञ्चायन मन्दिर, मणिदीप धाम, गुम्बा समेत रहेकोले पनि पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुँदै गएको अध्यक्ष बस्याल बताउँछन् । 


    शिसमहलले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न एउटा ईट्टा थप्ने काम गरेकोले स्थानीय तहले पनि यसलाई प्राथमिकतामा राख्नु पर्नेमा उनले जोड दिए । अध्यक्ष बस्यालका अनुसार देवदहमा पर्यटक बढाउनको लागि मन्दिरले आश्रम निर्माणको योजना अगाडि सारेको छ । देवदहमा आउने तीर्थ यात्रीलाई खाना र वस्नको लागि आश्रम निर्माणको अवधारण अगाडि सारेको बताउँदै उनले यसले देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्ने र आर्थिक उपार्जनमा समेत टेवा पु¥याउने जनाए । शिसमहलको माध्यमबाट दैनिक सय जना आन्तरिक तथा बाह्य पर्यटक शिसमहलमा भित्र्याउने लक्ष्यका साथ अगाडि बढेको उनले बताए । 


    शिसमहल निर्माण गर्दा करिव ७३ लाख खर्च भएको र केही मात्र स्थानीय तहले सहयोग गरेको बस्याल बताउँछन् । देवदहमा आउने तीर्थयात्रीहरुलाई यस क्षेत्रको ऐतिहासिक पर्यटकीय क्षेत्रको अवलोकन गराउने व्यवस्थापन गर्न सके अझ पर्यटक बढ्न सक्ने उनले बताए । देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय तह र यहा रहेका विभिन्न संघसंस्था मिलेर टुरिजम प्याकेज बनाएर ऐतिहासिक स्थलहरुको अवलोकन गराएर प्रचार प्रसार गर्न आवश्यक रहेको बस्यालले उल्लेख गरे । अध्यक्ष वस्यालका अनुसार देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय तहको न्यून लगानी रहेको पर्यटकीय क्षेत्रको विकासको लागि लगानी बढाउनु पर्ने छ । 


    भगवान गौतमबुद्धको मावली समेत रहेको देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि पुरातात्विक स्थलहरुको उत्खनन् र संरक्षण गर्नुको साथै पर्यटकहरुलाई नया पन दिने शिसमहल जस्ता संरचनाहरुको प्रचार प्रसार गर्न आवश्यक रहेको छ । देवदहमा पर्यटक आउँदा एउटा क्षेत्रको मात्र विकास नभएर समग्र पक्षको विकास हुने हुँदा स्थानीयवासीहरुले पर्यटनमैत्री व्यवहार गर्न आवश्यक रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij