परासी । नवलपरासी उद्योग बाणिज्य संघ र देवघुरी उद्योग बाणिज्य संघ विच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।नवलपरासी उद्योग बाणिज्य संघमा भ्रमण गरि देवघुरी उद्योग बाणिज्य संघ विच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष नागेन्द्र अग्रहरीले नवलपरासी उद्योग बाणिज्य सघंले गरेको काम यहाँ स्थापना भएको उद्योग बस्तुस्थिती बारे जानकारी गराएका थिए ।
उनले र ठुलो साना बहुराष्ट्रिय उद्योगहरू अरू उद्योगहरू स्थापना हुने क्रममा रहेको तथा महेशपुरमा मुल भन्सार रहेको बताए ।
नवलपरासी जिल्ला ठूलो पर्यटकीय क्षेत्र बोकेको जिल्ला भएको यहि नजिकै रामग्राम स्तुपा र बुद्वको मावलि पण्डितपुर ,नजिकै त्रिवेणी धाम रहेको अग्रहरीले बताए ।देवघुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जङ्ग ठकुरीले लुम्बिनी प्रदेश भरजिन ल्यान्ड रहेकोले लगानीको बातावरण रहेको बताए ।लुम्बिनी प्रदेशका सासद बैजनाथ कलवारले देवखुरीमा पर्यटन उद्योग खोल्न देवघुरी उद्योग व्यवसायलाई अग्रह गरे ।उनले पर्यटन उद्योग नरहेकोले त्यहाँ पर्यटन उद्योग खोल्नुपर्नेमा जोड दिए ।
उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले सरकारले कर जरिवाना लागाएर दुख दिने कार्य गरेको बताए ।उनले सरकारले उद्योगमैत्री बातावरण बनाउन नसकेको बताए ।सरकार उद्योगी व्यवसायलाई लागानीमुखि बनाउन तर्फ अग्रसर हुनुपर्ने जोड दिए ।
निर्वतमान ओमप्रकाश अग्रहरीले ओैधोगिक हब भएको उद्योगिक बाताबरण र लागानि गर्ने ठाउँ भएको र पर्यटकीय क्षेत्रको हिसाब सम्भावना बोकेको जिल्ला भएको बताए ।
नवलपरासी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश कुमार गुप्तले यहाँ भएको उत्पादन र त्यहाँका उत्पादनमा आदानप्रदान हुने विश्वास व्यक्त गरे ।पर्यटकीय क्षेत्र बोकेको जिल्ला भएको जसमा रामग्राम स्तुपा बुद्व मावली ,बुद्वसम्बधित आनोमाघाट धार्मिक पर्यटकीय क्षेत्र त्रिवेणी धाम रहेको बताए ।
नवलपरासी उद्योग बाणिज्य संघ र देवघुरी उद्योग बाणिज्य संघ विच अनुभव आदानप्रदान यहाँ रहेको धार्मिक पर्यटकीय क्षेत्र र बहुराष्ट्रिय उद्योगको बारे जानकारी गराईएको नवलपरासी उद्योग बाणिज्य संघका महासचिव भोला पराजुलीले जानकारी दिए ।




