२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

समुदायलाई अपनत्व दिलाऊ

समुदायलाई अपनत्व दिलाऊ

समुदायलाई अपनत्व दिलाऊ

समुदायलाई अपनत्व दिलाऊ

समुदायलाई अपनत्व दिलाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • ढोरपाटन शिकार आरक्ष स्थापना भएको चार दशक बितेको छ, तर मध्यवर्ती क्षेत्र बनाएर संरक्षणमा समुदायलाई सहभागी गराउने आरक्षको प्रयास सफल हुन सकेको छैन । वन र वन्यजन्तु संरक्षणमा आरक्षसँगै मिलेर अघि बढ्दा  फाइदा पुग्छ भन्ने विश्वास समुदायले गर्न सकिरहेका छैनन् । यही विश्वासको अभावमा आरक्ष—समुदाय द्वन्द्व निवारण हुनसकेको छैन ।


    राष्ट्रिय निकुञ्जसम्बन्धी ऐनले स्थानीयको अधिकार सुनिश्चित गरेको भनिए पनि व्यवहारिक अभ्यासका क्रममा त्यस्तो नभएको गुनासो समुदायको छ । निकुञ्जसम्बन्धी ऐनका कतिपय प्रावधानले समुदाय रुष्ट छन् । वनमा समुदायको अधिकार पहिलो हो भन्ने बुझाई छ, तर संरक्षण गर्न सक्दा मात्रै यो अधिकार सुनिश्चित हुन्छ भन्ने बुझाईको अभाव  छ । आरक्षसँगै मिलेर अघि बढ्न किन समस्या भयो ?आरक्षले समुदायलाई फाइदा भन्दा धेरै सास्ती दिन्छ भन्ने स्थानीय बासिन्दामा परेको छ, जुन कतिपय अवस्थामा निकुञ्जसम्बन्धी ऐन कार्यान्वयनका क्रममा स्थानीय बासिन्दा भुक्तभोगी छन् । दोश्रो अहिलेसम्म मध्यवर्ती क्षेत्र बनाउँदा जीवीकोपार्जनमा फाइदा पुग्छ भन्ने विश्वास गर्न सकिरहेका छैनन् । नवलपरासी, चितवन र बर्दियामा मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएको लाभलाई उनीहरुले कम देखिरहेका छन् । आखिर मध्यवर्ती बनाउन सहयोग नगर्दा आरक्ष नहुने पनि होइन् । त्यसो त समुदायको सहभागिता विना संरक्षण प्रभावकारी हुन सक्तैन् । 


    मध्यवर्ती क्षेत्र बनाउनका लागि स्थानीय तहले समुदायलाई सहमत गराउनुपर्छ । मध्यवर्ती क्षेत्रप्रति सहमत हुँदा संरक्षणप्रति समुदायको सहभागिता व्यवहारिक रुपमा स्थापित हुन्छ । ढोरपाटन शिकार आरक्षअन्तर्गत पर्ने बाग्लुङका ढोरपाटन नगरपालिका, तमानखोला रनिसीखोला गाउँपालिका तथा रूकुमको पुथा उत्तरगंगा र म्याग्दीको धौलागिरी गाउँपालिकाको नेतृत्वले समुदायलाई सहमत गराउन सक्दा संरक्षण अभियान प्रभावकारी बन्छ । संरक्षणमा समुदायको सहभागिताले नै हो, वन र वन्यजन्तु संरक्षण हुने । मध्यवर्ती क्षेत्र बन्दा विभिन्न स्रोतबाट समुदायमा पैसा पुग्छ, त्यो  समुदायको विकासमा लगाउन सकिन्छ भन्ने विश्वास बढाउन आवश्यक छ । त्यति मात्रै होइन्, पर्यापर्यटनको विकासबाट लाभ पाउने समुदायले नै हो । बर्दिया, नवलपरासी र चितवनको मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार आएको छ, होम स्टे र होटल खोलेर समुदायले लाभ लिइरहेका छन् ।


    मध्यवर्ती क्षेत्र बन्न नसक्नुको कारण कानुन बाझिनु पनि हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को व्यवस्था बाझिनु हो । निकुञ्ज ऐनमा  मध्यवर्तीलाई निकुञ्ज वा आरक्षको अधिकार क्षेत्रभित्र राखिएको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने विषय मध्यवर्ती घोषणापछि आरक्षको क्षेत्राधिकारभित्र पर्ने भएकाले पनि पालिका नेतृत्व समुदायलाई सहमत गराउन उत्सुक देखिंदैन । बाझिएका कानुनलाई संशोधनमार्फत् समुदायको सहभागिता सुनिश्चित गराउन सक्दा नै संरक्षण अभियान सार्थक बन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij