२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ज्ञानपुञ्जमा ‘असल अभिभावकत्व’ कार्यशाला

ज्ञानपुञ्जमा ‘असल अभिभावकत्व’ कार्यशाला

ज्ञानपुञ्जमा ‘असल अभिभावकत्व’ कार्यशाला

ज्ञानपुञ्जमा ‘असल अभिभावकत्व’ कार्यशाला

ज्ञानपुञ्जमा ‘असल अभिभावकत्व’ कार्यशाला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • बुटवल । ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ् स्कुल, बुटवल–११, नहरपुरमा अभिभावकलाई लक्षित गरी सञ्चालन गरिएको ‘असल अभिभावकत्व कार्यशाला’ आईतबार सम्पन्न भएको छ । साउन १८ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यशालामा पीजीदेखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकहरूको उपस्थितीमा गरिएको हो ।


    बालबालिकाको शैक्षिक उपलब्धिसँगै उनीहरूको भावनात्मक, सामाजिक, नैतिक तथा व्यवहारिक विकासमा अभिभावकीय भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको कार्यशालामा लेखक तथा अनुसन्धानकर्ता रामचन्द्र श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए । उनले बालमनोविज्ञान, सकारात्मक अभिभावकत्व, प्रभावकारी पारिवारिक संवाद, बालबालिकाको व्यवहार बुझ्ने तरिका, अनुशासन र स्वतन्त्रताबिचको सन्तुलन, प्रविधिको उचित प्रयोग तथा घरमै सिकाइमैत्री वातावरण निर्माणलगायतका विषयमा व्यावहारिक तथा जीवनोपयोगी ज्ञान र सीप प्रदान गरेका थिए ।


    कार्यक्रमका क्रममा विद्यालयका प्राचार्य शंकर भण्डारीले विशेष सम्बोधन गर्दै बालबालिकाको भविष्य निर्माणमा विद्यालय र परिवारको सहकार्य अपरिहार्य रहेको धारणा राखे । उनले बालबालिकाको व्यक्तित्व, चरित्र, संस्कार, अनुशासन र जीवनमूल्यको आधार परिवारबाटै निर्माण हुने भएकाले अभिभावकले बालबालिकालाई समय, ध्यान, उचित मार्गदर्शन र सकारात्मक वातावरण प्रदान गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयले केवल शैक्षिक ज्ञान प्रदान गर्ने संस्था मात्र नभई परिवारसँग सहकार्य गर्दै बालबालिकाको समग्र विकासका लागि निरन्तर प्रयत्न गरिरहेको उल्लेख गरे ।


    कार्यशालाका विभिन्न सत्रमा पीजी, नर्सरी, एलकेजी, यूकेजी तथा कक्षा १ देखि १० सम्मका अभिभावकहरू सहभागी भएका थिए । तहअनुसार सञ्चालन गरिएका सत्रहरूले अभिभावकलाई आफ्ना बालबालिकाको उमेर, आवश्यकता र विकासात्मक अवस्थाअनुसार व्यवहार, संवाद तथा मार्गदर्शन गर्ने विषयमा थप स्पष्टता प्रदान गरेको विद्यालयले जनाएको छ ।


    कार्यशालाप्रति सहभागी अभिभावकहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरूले बालबालिकालाई अनुशासनमा राख्ने परम्परागत शैलीभन्दा सकारात्मक, संवादमुखी र मनोवैज्ञानिक रूपमा संवेदनशील अभिभावकीय अभ्यास आवश्यक रहेको अनुभूति भएको बताएका छन् । साथै, कार्यशालामा प्रस्तुत गरिएका व्यावहारिक उदाहरण तथा जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयवस्तुहरू दैनिक पारिवारिक व्यवहारमा उपयोगी हुने अभिभावकहरूको प्रतिक्रिया रहेको थियो ।
    कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारी, सह–प्राचार्य भीम बस्नेत,  संयोजकहरू, सम्बन्धित कक्षाका शिक्षक–शिक्षिका तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो ।


    कार्यक्रमको आयोजना तथा व्यवस्थापनले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै ‘विद्यालय–परिवार साझेदारी’ को अवधारणालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा महत्वपूर्ण योगदान पु¥याएको विद्यालय प्रशासनले जनाएको छ । बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावक र विद्यालय दुवैको समान जिम्मेवारी रहने मान्यतालाई आत्मसात् गर्दै यस्ता जीवनोपयोगी तथा अभिभावक सशक्तीकरणका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij