२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पत्रकार महासंघको साधारणसभा

पत्रकार महासंघको साधारणसभा

पत्रकार महासंघको साधारणसभा

पत्रकार महासंघको साधारणसभा

पत्रकार महासंघको साधारणसभा
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारणसभा सोमबार बुटवलमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । 
    महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डि.आर. घिमिरे, पूर्व अध्यक्ष तथा सल्लाहकार शेरबहादुर केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्षद्वय रामप्रसाद आचार्य, मिना ढकाल, महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियार, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, अग्रज पत्रकार नारायणप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।


    कार्यक्रममा खेम ओमी महिला सशक्तिकरण पत्रकारिता पुरस्कार – २०८१ बाट पत्रकार पूजा पन्थी र २०८२ बाट माया केसीलाई नगद राशी २१-२१ हजारसहित पुरस्कृत एवं सम्मानित भए । कार्यक्रममा प्रगति प्रतिवेदन रुपन्देही शाखा सचिव सीपी खनाल र कोषाध्यक्ष नरेश केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


    महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन उपाध्यक्ष अस्मिना पाण्डेले गरेकी थिइन् । साधारणसभामा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको नयाँ नेतृत्व आएपछि गरिएका विभिन्न कार्यहरुको समीक्षा गरिएको थियो । सभामा प्रस्तुत सांगठनिक तथा आर्थिक प्रतिवेदन सुझावसहित पारित भएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij