२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीमा आयल निगमले आफै सुरु गर्याे ग्यास बितरण (फाेटाेफिचर)

रुपन्देहीमा आयल निगमले आफै सुरु गर्याे ग्यास बितरण (फाेटाेफिचर)

रुपन्देहीमा आयल निगमले आफै सुरु गर्याे ग्यास बितरण (फाेटाेफिचर)

रुपन्देहीमा आयल निगमले आफै सुरु गर्याे ग्यास बितरण (फाेटाेफिचर)

रुपन्देहीमा आयल निगमले आफै सुरु गर्याे ग्यास बितरण (फाेटाेफिचर)
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरहवामा आफैँ ग्यास वितरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही, नेपाल आयल निगम, ग्यास उद्योगी तथा ग्यास विक्रेता संघबीच भएको निर्णयअनुसार बुटवल र भैरहवामा वितरण केन्द्र स्थापना गरी मंगलबारदेखि ग्यास वितरण सुरु गरिएको हो ।

    gas line butwal (3).jpeg
    बुटवल उपमहानगरपालिका–६ हाटबजारलाइनस्थित बालमन्दिरमा वितरण केन्द्र स्थापना गरिएको छ भने भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास वितरण भइरहेको छ । निगमका अनुसार बिहान ९ बजेदेखि ग्यास वितरण सुरु गरिएको हो ।

    gas line butwal (1).jpeg

    नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयले आवश्यकताका आधारमा लक्षित वर्ग निर्धारण गरी ग्यास वितरण थालेको जनाएको छ ।

    gas line butwal (5).jpeg

    निगमका अनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, किरियापुत्रीमा बसेका व्यक्ति, रातो कार्ड प्राप्त सुकुम्बासी तथा लामो समयदेखि ग्यास नपाएर चुल्हो नै नबलेका उपभोक्तालाई प्राथमिकतामा राखिएको छ ।

    gas line butwal (13).jpeg

    ग्यास वितरणका लागि बुटवल ग्यास, आरती ग्यास, सिद्धार्थ ग्यास, सिद्धनाथ ग्यास, त्रिशुल ग्यास, जानकी ग्यास, स्वस्तिक ग्यास, चण्डेश्वरी ग्यास र लुम्बिनी ग्यास गरी नौवटा उद्योगका सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ ।

    gas line butwal (23).jpeg

    बुटवलमा निगमले ग्यास वितरण गर्ने भएपछि बिहान ८ बजेदेखि नै उपभोक्ताहरू बालमन्दिरस्थित वितरण केन्द्रमा लामबद्ध भएका थिए । मध्याह्नको चर्को घाममा समेत ठूलो संख्यामा उपभोक्ता ग्यास लिन लाइनमा बसेका छन् ।

    gas line butwal (15).jpeg

    बजारमा नियमित रूपमा ग्यास उपलब्ध हुन नसकेपछि उपभोक्ताले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । निगमले लक्षित वर्गलाई प्राथमिकतामा राखेर ग्यास वितरण सुरु गरेपछि तत्कालका लागि अभाव केही सहज हुने अपेक्षा गरिएको छ ।

    gas line butwal (15).jpeg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij