२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रोटरी क्लब अफ क्यापिटल बुटवलको अध्यक्षमा तेजेन्द्र सापकाेटा

रोटरी क्लब अफ क्यापिटल बुटवलको अध्यक्षमा तेजेन्द्र सापकाेटा

रोटरी क्लब अफ क्यापिटल बुटवलको अध्यक्षमा तेजेन्द्र सापकाेटा

रोटरी क्लब अफ क्यापिटल बुटवलको अध्यक्षमा तेजेन्द्र सापकाेटा

रोटरी क्लब अफ क्यापिटल बुटवलको अध्यक्षमा तेजेन्द्र सापकाेटा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • बुटवल । रोटरी क्लब अफ क्यापिटल बुटवलको सातौँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वर्ष २०२५–२६ का अध्यक्ष अमित अधिकारीले वर्ष २०२६–२७ का अध्यक्ष तेजेन्द्र सापकोटालाई पद हस्तान्तरण गरेका छन्।

    कार्यक्रमका प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर राजिव पोख्रेलले नवनिर्वाचित अध्यक्ष सापकोटालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

    कार्यक्रममा बोल्दै पोख्रेलले सामाजिक क्षेत्रमा रोटरीले गर्दै आएका कामबाट संस्थाको छवि उचो बनेको बताए। रोटरीका मूल्य–मान्यतालाई आत्मसात् गर्दै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। सदस्यलाई संस्थाप्रति आकर्षित गर्न पनि प्रभावकारी सामाजिक गतिविधि आवश्यक रहेको उनको भनाइ थियो।

    उनले क्लबले ‘इम्प्याक्टफुल प्रोजेक्ट’लाई प्राथमिकता दिनुपर्ने बताए। संसार परिवर्तन गर्ने ठूलो लक्ष्यभन्दा आफ्नो क्लब, घर वा कार्यालय वरपर रहेका आवश्यकतामा सहयोग पुर्‍याउन सके पनि त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने उनले उल्लेख गरे।

    कार्यक्रममा क्लबका असिस्टेन्ट गभर्नर प्रोफेसर डा. सत्तल चौधरीले समुदायमा रोटरीको उपस्थिति र भूमिका अतुलनीय रहेको बताए। उनले नयाँ नेतृत्वले विगतमा सुरु भएका योजनालाई निरन्तरता दिँदै थप प्रभावकारी कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।

    कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर राजेन्द्र धोजु, क्लबका एडभाइजर एजाज आलम, संस्थापक अध्यक्ष दिनेश पाण्डेलगायत पूर्व अध्यक्षहरूले शुभकामना तथा धारणा व्यक्त गरेका थिए।

    क्लबका इलेक्ट प्रेसिडेन्ट विशाल बेलबासीको सञ्चालनमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष अमित अधिकारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै मायाको चिनो प्रदान गरेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij