अनिल नेपाली
अर्घाखाँची
अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले उद्यमशिलताको विकासले युवाहरुलाइ स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै स्थानीय स्रोतसाधनको उपयोग हुने र आम्दानीमा समेत बृद्धि भई जिवनस्तर माथि उठ्ने बताउनु भएकाे छ । कार्यक्रम दलित महिला संघ फेडो र दलित चेतना बिकास परिषद् अर्घाखाँचीको आयोजना र यु एन वमनको साझेदारीमा सञ्चालित १ दिने उधमशीलता विकास कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख थापाले यस्तो बताउनुभएको हाे । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख थापाले उधमशीलताकाे विकासले मानिसलाई जिविकाेपार्जन मा मात्र सिमित नराखेर चाैतफी विकास हुने बताउदै उधमशीलतामा प्रेरित गर्न आफुहरू निर्वाचित भईसकेपछि विभिन्न किसिमका तालिम प्रदान गदै स्वराेजगार र आत्मनिर्भर बनाउन व्यबसायिक कृषि देखि अन्य तालिम सञ्चालन गरेको र तालिमले महिलालाई आयआर्जनमा केन्द्रीत गरेको बताउदै तालिमले महिलालाई आत्मनिर्भर स्वराेजगारमा केन्द्रित गरेको बताए । कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे ४ का अध्यक्ष बाबुराम पन्थी सुनार लगायतले मन्तब्य राख्नुभएको थियोे । तालिममा व्यवसायिक योजना ,वजारिकरण ,जोखिम पहिचान ,व्यवसाय कसरी गर्ने ,व्यवसाय गर्दा आउने जोखिम, फाईदा, असल व्यवसायीमा हुनुपर्ने गुणहरु लगायतका विषयमा बरिष्ठ कृषि विकास अधिकृत बिष्णु मगरातीले प्रशिक्षण दिनु भएको थियोे । कुसुन्डाडा पैरवी समूह र चाैतारा पैरवी समुहका करिब २८ जना महिलाको सहभागीता रहेको कार्यक्रममा निम्न आय भएका महिला दलित लगायतलाई उद्यमशिलता वारे जानकारी गराई आय आर्जन वृद्धि गरि आत्म निर्भर वन्न सहयोग पुर्याउने उदेश्य ले तालिमको आयोजना गरिएको राधा नेपालीले बताउनुभएको छ कार्यक्रममा वडा सदस्य सचारकर्मी लगायत सस्थाका पदाधिकारीकाे सहभागीता रहेको थियोे




