२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँचीकाे सुपादेउराली बजार व्यवस्थापन समितिकाे अध्यक्षका केसि र सचिवमा थापा निर्वाचित

अर्घाखाँचीकाे सुपादेउराली बजार व्यवस्थापन समितिकाे अध्यक्षका केसि र सचिवमा थापा निर्वाचित

अर्घाखाँचीकाे सुपादेउराली बजार व्यवस्थापन समितिकाे अध्यक्षका केसि र सचिवमा थापा निर्वाचित

अर्घाखाँचीकाे सुपादेउराली बजार व्यवस्थापन समितिकाे अध्यक्षका केसि र सचिवमा थापा निर्वाचित

अर्घाखाँचीकाे सुपादेउराली बजार व्यवस्थापन समितिकाे अध्यक्षका केसि र सचिवमा थापा निर्वाचित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३

  • अनिल नेपाली -  अर्घाखाँची । 
    अर्घाखाँची जिल्लाको प्रसिद्व धार्मिक तथा पर्यटकीय स्थल सुपादेउरालीमा बजार लाई व्यबस्थित बनाउनका लागि  सरोज के.सी. सयाेजकत्वमा समिति गठन गरिएको छ जसकाे  सचिवमा देवबहादुर थापा र कोषाध्यक्षमा रिमा केसी चयन हुनुभएको छ। समितिले बजारको व्यवस्थापन, सरसफाइ तथा बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले सुपादेउराली बजार व्यवस्थापन समिति गठन गरिएको छ। स्थानीय व्यवसायी तथा सरोकारवालाहरूको भेलाबाट बजारको सरसफाइ, व्यापारिक गतिविधिलाई व्यवस्थित गर्ने, बजार क्षेत्रको सौन्दर्यीकरण तथा आगन्तुक भक्तजन र पर्यटकलाई सहज वातावरण निर्माण गर्ने उद्देश्यसहित समिति गठन गरिएको हो ।  समितिमा स्थानीय लगाएत व्यवसायी तथा सरोकारवालाहरूलाई सदस्यका रूपमा समेटिएको छ।
    समितिले सुपादेउराली बजार क्षेत्रमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन, पसल तथा व्यवसाय सञ्चालनलाई व्यवस्थित गर्ने र धार्मिक तथा पर्यटकीयस्थलको गरीमा कायम राख्न आवश्यक पहल गर्ने जनाएको छ।
    सुपादेउरालीमा देशका विभिन्न स्थानबाट दैनिक ठूलो संख्यामा भक्तजन तथा पर्यटक आउने भएकाले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको बताइएको छ। समितिले स्थानीय व्यवसायी, मन्दिर व्यवस्थापन पक्ष तथा सम्बन्धित निकायसँग समन्वय गरी बजारलाई थप व्यवस्थित र आकर्षक बनाउने लक्ष्य लिएको छ। समितिले बजार व्यवस्थापनमा सबै व्यवसायी तथा स्थानीयवासीको सहयोग र सहभागिता आवश्यक रहेको जनाएको छ। अव्यवस्थित बजारलाई थप व्यवस्थित बनाउनको लागी यो समितिले सक्दो पहल गर्ने नवनिर्वाचित अध्यक्ष सराेज केसीले बताउनुभएको छ केसीले सुपादेउराली राष्ट्रिय स्तरमा मात्र नभएर देश बाहिर पनि यसकाे महत्त्व बढेकोले यहाँ मन्दिरमा आउने आगुन्तक श्रदालुभक्तजनलाई थप महत्त्व गरिमा बुझाउनका लागि पनि आफुहरूले पहल गर्ने बताए । नवनिर्वाचित समिति सचिव देब बहादुर थापाले सुपादेउरालीकाे गरिमा महत्त्व यसकाे महत्त्व लाई अझ व्यापक बनाउनका लागि समितिले विभिन्न सराेकारवालाहरूकाे प्रत्यक्ष पहलमा काम गर्ने बताए

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij