२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँची ११४ जना चालक सहचालकले ट्राफिक सचेतना अन्तर्गत स्वास्थ्य परिक्षण गराए

अर्घाखाँची ११४ जना चालक सहचालकले ट्राफिक सचेतना अन्तर्गत स्वास्थ्य परिक्षण गराए

अर्घाखाँची ११४ जना चालक सहचालकले ट्राफिक सचेतना अन्तर्गत स्वास्थ्य परिक्षण गराए

अर्घाखाँची ११४ जना चालक सहचालकले ट्राफिक सचेतना अन्तर्गत स्वास्थ्य परिक्षण गराए

अर्घाखाँची ११४ जना चालक सहचालकले ट्राफिक सचेतना अन्तर्गत स्वास्थ्य परिक्षण गराए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३

  • अनिल नेपाली 
    अर्घाखाँची २६ साउन
    सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क बसपार्कमा चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम  सम्पन्न भएको छ जसमा ११४ जनाले प्रत्यक्षमा रूपमा लाभान्वित भएका छन् ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो । सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था सवारी सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिने भएकाले स्वास्थ्य परीक्षणसँगै सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।स्वास्थ्य परीक्षण कार्यक्रम आज दिनभर बसपार्कमा सञ्चालन हुने जनाइएको छ । आयोजकले जिल्लामा सञ्चालन हुने सार्वजनिक तथा अन्य सवारीका सम्पूर्ण चालक तथा सहचालकलाई कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ ।
    सवारी चालकको स्वास्थ्य अवस्था स्वस्थ र सुदृढ रहँदा सडक दुर्घटना न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने भएकाले कार्यक्रमलाई प्रभावकारी बनाउन सबै चालक तथा सहचालकको सहभागिता आवश्यक रहेको आयोजकको भनाइ छ । स्वास्थ्य परीक्षणका क्रममा सुगर, रक्तचाप तथा आँखाको परीक्षण गरिँदैछ ।कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख दुर्गा न्यौपाने लगायतले मन्तव्य राख्दै सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था सवारी सुरक्षाको महत्वपूर्ण पक्ष भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताउनु भयो । उहाँहरूले चालक स्वस्थ र मानसिक तथा शारीरिक रूपमा सक्षम भएमा सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै ट्राफिक नियमको पूर्ण पालना गर्न समेत आग्रह गर्नुभएको छ ।कार्यक्रममा चालक तथा सहचालकलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना, सुरक्षित यात्राका उपाय तथा सवारी चलाउँदा स्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा समेत सचेत गराइएको थियो । शिविर उद्घाटन कार्यक्रम प्रहरी नायव उपरीक्षक दिवस जिसीको अध्यक्षता, यातायात व्यवसायी प्रेम पाण्डेको स्वागत मन्तव्य र कुशल भुसालको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा यातायात व्यवसायीसंगै चालक तथा सहचालकहरुको उपस्थिति रहेको थियो । शिविरमा अधिकाश चालक सहचालकमा प्रेसर सुगर माेटाेपन लगायतका समस्या देखिएकाे ट्राफिक प्रहरीका हल्वदार तथा सुचना अधिकारी कृष्णप्रसाद मरासिनीले बताउनुभएको छ

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij