२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सञ्चारकर्मी बासुदेव पोखरेलको शब्दमा पर्यटन प्रवर्द्धन गर्ने तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • गुल्मी । । सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको शब्द सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक भएको छ ।

    नेपाली मौलिक तीज संस्कृति, लोकपरम्परा र पर्यटन प्रवर्द्धनलाई एउटै सांगीतिक यात्रामा प्रस्तुत गर्ने उद्देश्यका साथ गीत सार्वजनिक गरिएको हो ।

    रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको गीतमा बासुदेव पोखरेलको शब्द तथा रमेशराज भण्डारीको लय रहेको छ ।

    तीज गीतलाई केवल मनोरञ्जनमा सीमित नराखी नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचार–प्रसार गर्ने  गीत तयार गरिएको स्रष्टाहरूको भनाइ छ।

    गीतको  शब्दमा गुल्मीको रेसुङ्गा, धुर्कोट दरबार, बागलुङको कालिका  ढोरपाटन, बुटवल फुलबारी 'पोखरा, चितवन ' इलाम र काठमाडौं लगायत देशका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटिएको छ ।

    ‘घुमौँला, फिरौँला र नेपाल चिनौँला’ भन्ने भावमार्फत आन्तरिक पर्यटन प्रवर्द्धनसँगै नेपाली मौलिक संस्कृति र पहिचानलाई थप सशक्त बनाउने प्रयास गीतमा गरिएको छ।

    गीतको भिडियो निर्देशक निशान बानियाँले तयार गरेका हुन्। भिडियोमा ममता राना मगर, कैलाश कठायत, गङ्गा बोहोरा र सन्तोष थापालगायत कलाकारहरूको अभिनय रहेको छ भने सम्पादन सुजन कोइरालाले गरेका छन् ।

    सञ्चारकर्मीका रूपमा सक्रिय रहँदै आएका बासुदेव पोखरेलले पछिल्लो समय मौलिक नेपाली गीत–संगीतमार्फत समाज, संस्कृति र पर्यटनलाई जोड्ने सिर्जनामा निरन्तरता दिँदै आएका छन् ‘रेलिमै घुमौँला फिरम्ला’ पनि त्यही अभियानको निरन्तरता भएको बताइएको छ ।

    सार्वजनिक भएसँगै गीतले युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। तीज पर्वको अवसरमा नेपाली मौलिकता, पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने अपेक्षासहित गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij