२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अन्तर्राष्ट्रिय युवा दिवसमा बुटवलमा सरसफाइ तथा हरियाली संरक्षण

अन्तर्राष्ट्रिय युवा दिवसमा बुटवलमा सरसफाइ तथा हरियाली संरक्षण

अन्तर्राष्ट्रिय युवा दिवसमा बुटवलमा सरसफाइ तथा हरियाली संरक्षण

अन्तर्राष्ट्रिय युवा दिवसमा बुटवलमा सरसफाइ तथा हरियाली संरक्षण

अन्तर्राष्ट्रिय युवा दिवसमा बुटवलमा सरसफाइ तथा हरियाली संरक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • बुटवल । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुटवलमा पार्क सरसफाइ तथा वातावरण संरक्षण कार्यक्रम गरिएको छ। ‘हरित पृथ्वीका लागि युवा सहभागिता’ भन्ने नारासहित लायन्स क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलको आयोजनामा कार्यक्रम गरिएको हो।

    बुटवल उपमहानगरपालिका–३ स्थित गोलपार्क क्षेत्रमा निर्माण गरिएको डिभाइडरको हरियाली क्षेत्रमा सरसफाइ गर्नुका साथै त्यहाँ रोपिएका बिरुवाको काँटछाँट गरिएको थियो। कार्यक्रममा लायन्स तथा लियो क्लबका पदाधिकारी, सदस्य र युवाहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पी नेपालका पीडीजी एमजेएफ पुरुषोत्तम भक्त प्रधानाङले वातावरण संरक्षण र सामाजिक सेवामा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले सार्वजनिक स्थानको सरसफाइ र हरियाली संरक्षणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

    e6a372f4-b860-46b3-be51-f79fd9957bc2.jfif

    लायन्स इन्टरनेशनल ३२५ पी नेपाल रिजन ११ की रिजन चियरपर्सन रीतु गुरुङले युवाहरूलाई सामाजिक सेवासँग जोड्दै वातावरण संरक्षणमा उनीहरूको भूमिका बढाउनुपर्ने बताइन्। उनले सरसफाइ तथा हरियाली संरक्षणजस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखिन्।

    लायन्स इन्टरनेशनल ३२५ पी नेपालका जोन चियरपर्सन थानेश्वर अर्यालले वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताए। सार्वजनिक स्थलको सरसफाइसँगै संरक्षण र नियमित हेरचाहमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।

    लायन्स क्लब अफ बुटवल सेन्ट्रलका पूर्वअध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ पी नेपालका डेपुटी ट्रेजरर बलदार गोदारले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए। उनले लायन्स अभियानलाई वातावरण संरक्षण र युवाको सहभागितासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।

    कार्यक्रमको अध्यक्षता गरेका लायन्स क्लब अफ बुटवल सेन्ट्रलका प्रथम उपाध्यक्ष उमेशचन्द्र शर्माले युवाको ऊर्जा र सहभागितालाई सामाजिक तथा वातावरणीय अभियानमा उपयोग गर्नुपर्ने बताए। उनले सार्वजनिक स्थलको संरक्षणमा सबैको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरे।

    f0b14cf9-69b5-4f51-9197-d4fb2924eadf.jfif

    कार्यक्रम संयोजक लायन्स क्लब अफ बुटवल सेन्ट्रलका तृतीय उपाध्यक्ष रामबहादुर रसाइलीले अन्तर्राष्ट्रिय युवा दिवसलाई वातावरण संरक्षणसँग जोडेर कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार युवालाई सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणप्रति सचेत गराउने उद्देश्यले गोलपार्क क्षेत्रमा सरसफाइ तथा बिरुवाको काँटछाँट गरिएको हो।

    कार्यक्रम सञ्चालन लायन्स क्लब अफ बुटवल सेन्ट्रलका सचिव हिमाल खनालले गरेका थिए। कार्यक्रममा सहभागीहरूले गोलपार्क क्षेत्रको डिभाइडरमा रहेका हरियाली क्षेत्रमा सरसफाइ गर्नुका साथै बिरुवाको काँटछाँट गरी क्षेत्रलाई व्यवस्थित बनाएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij