२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संसदलाई प्रभावकारी बनाऊ

संसदलाई प्रभावकारी बनाऊ

संसदलाई प्रभावकारी बनाऊ

संसदलाई प्रभावकारी बनाऊ

संसदलाई प्रभावकारी बनाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • अहिले संसद बैठक चलिरहेको छ, तर सांसदहरू बैठकमा नियमित उपस्थित हुन सकिरहेका छैनन् । बैठकमा हाजिर गरेर बीचमै छाडेर हिँड्ने प्रवृत्तिले संसदको नियमित काम कारबाही प्रभावित भएको छ । 


    प्रतिनिधिसभाको मंगलबारको बैठकबाट खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक स्वीकृत हुनुपर्ने थियो, तर गणपुरक संख्या नपुग्दा विधेयक स्वीकृत भएन् । बैठकमा २२३ जना सांसदले हाजिरी गरेका थिए । तर बैठकको अन्तिमसम्म भने केवल ६१ सांसद मात्र बसे । प्रतिनिधिसभामा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न एक चौथाई सांसद उपस्थित हुनुपर्छ । अर्थात् बैठकमा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न ६९ सांसद बैठक कक्षमा हुनुपर्छ । 


    प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्ने प्रवृत्ति पुरानै हो । लामा लामा बैठक र  भाषणका कारण सांसदहरूले बैठक अवधिभर बस्न सकस परेको छ । गएको फागुन २१  भएको चुनावपछि अहिले संसदको दोस्रो सत्र चलेको छ । यो दोस्रो सेसनमै सांसदहरुको उपस्थिति कमजोर बन्नु आम नागरिकलाई संसदप्रतिको विश्वास कमजोर बनाउनु हो । नागरिकले हेरिरहेका हुन्छन्, आफूले मत दिएको सांसदले संसदमा के बोल्यो ? के समस्या उठायो ? मतको सही सदुपयोग भयो कि भएन् ? तर सांसद हाजिर गरेर बाहिर कुनै काममा व्यस्त हुने प्रवृत्ति पटक्कै नागरिकप्रति जिम्मेवार होइन् । यस्तो गैरजिम्मेवार प्रवृत्तिले अन्ततः जनविश्वास कमजोर बनाउँछ । व्यवस्थाप्रति नै नकारात्मक धारणा बनाउँछ ।


    संसदलाई प्रभावकारी बनाउने बारेमा सभामुख र संसद सचिवालयको प्रमुख भूमिका हुन्छ । सत्तारुढ दलले यो भूमिकामा सहयोगी बन्न सक्छ, त्यसो त प्रमुख प्रतिपक्ष दल सहितका प्रतिपक्ष दल पनि अलग हुन पाउँदैनन् । उनीहरुको सहयोगी भूमिकाले संसद प्रभावकारी ढंगले अघि बढ्न सक्छ । संसदलाई प्रभावकारी बनाउन सरकारको पनि महत्वपूर्ण भूमिका हुन्छ । प्रधानमन्त्री नै संसदलाई प्रभावकारी बनाउन अनिच्छुक हुँदा सांसदलाई गैरजिम्मेवार बन्न बल पुगेको छ । संसदमा जान प्रधानमन्त्रीको पटक्कै रुची छैन । यसले संसदीय सर्वोच्चतामाथि प्रहार गरेको छ । सार्वभौम संसदबाट निर्वाचित प्रधानमन्त्रीको बेवास्ता हुनु प्रणालीमाथिकै प्रहारका रुपमा बुझिनुपर्छ ।


    संसदलाई प्रभावकारी बनाउन अव सभामुखले सरकार, संसदमा सहभागी राजनैतिक दलका नेता र सचेतक, सचिवालयसँग समन्वय र सहकार्य गरी योजनाबद्ध काम गर्नुपर्छ । संसदले काम गर्न सकेन्, संसद कामकाजी भएन् भने अहिले देखिएको वितृष्णा समाजमा अझै बढ्दै जाने निश्चित छ, यसले अझै समस्या बढाउँदै लैजानेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij