नेपाली समाजमा एकताको बाधक
झपेन्द्र जिसी
परिचय
बौद्ध सम्राट वृहद्रथ मौर्यको आफ्नै सेनापति पुष्यमित्र शुङले हत्या गरेर सम्राट (राजा) भएपछि ब्राहमणिक वर्ण व्यवस्थामा आधारित हिन्दु धर्मको वनारस बोधगयादेखि साकेत अध्योया नेपाल, काठमाडु र पश्चिम लुम्बिनी भेगमा हिन्दु धर्मको विस्तार इंसाको १८० वर्ष को सेरोफेरोमा व्यापक विस्तार प्रचार भएको पृष्ठभूमिमा बौद्ध धर्मको पतन गर्न गराउन राज गुरु भाष्यकार पतञ्जली र पुष्यमित्र शुङले नै प्रारम्भ गरेको पाइन्छ । वर्ण व्यवस्थावादी हिन्दु धर्मको जागरण गर्न सेनापति पुष्यमित्र शुङलाई उक्स्याउन त्यही अनुसारका सिलोक लेखाएर मत्स्य पुराण, भागवत्, मनुस्मृति लगायतका हुलिया दिदै राजा वृहद्रथको हत्या सेनापति पुष्यमित्र शुङले गरी आफै राजा हुनेछन् भनी आम जनमानसमा मनोवैज्ञानिक प्रभाव पारिएको थियो र हाम्रा पण्डित गुरुहरुले यिनैलाई शास्त्रमा भनिएको छ– भन्दै कथा वाचन गर्दै आउनु भएको पाइन्छ । संस्कृतमा सिलोक वाचन गर्नासाथ त्यसलाई शास्त्र र भगवान्को वाणी भन्ने मनोविज्ञान त समाजमा स्थापित भइसकेको छ । महाविद्वान् जगबहादुर शाहजीको इतिहासमा आधारित भएर लेख्दै छु । वास्तवमा शाहजी नेपाली संस्करणका राहुल सांस्कृतयान नै हुनुहुन्छ । सर ! वादविवाद संवाद गर्दा मलाई पनि आनन्द आएको छ तर हजुरले पनि शास्त्रलाई त मान्नु होला नि ?
पण्डित दाइ– समाज हितकारी, मानव हितकारी शास्त्रलाई नमान्ने त कुरै भएन जुनसुकै भाषामा लेखिएको होस् वा संस्कृत भाषामा होस् । सबै सिलोकहरु शास्त्र कसरी हुन सक्छन् ? संस्कृतमा लेखिनु वा वाचन गरिनु शास्त्र कसरी हुन सक्छन् ? शास्त्र भनिएका हुन त बसुधैव कुटुम्बकं सिलोक बारबार उद्धृत त गर्ने तर सो अनुरुपको व्यवहार गरिन्न भने यसलाई के भन्ने ? के मान्ने ? संस्कृतमा लेखिएका अधिकांश सिलोकले वर्ण व्यवस्था र ब्राह्माण सत्ताको स्थापना र संस्थागत गर्न जोड दिएको पाइन्छ । सर्वसाधारण रनभुल्ल छन् ।
सर ! तपाईसँग संवाद गर्दा मेरो मुखमा बुजो नै लाग्ला जस्तो पो भयो है ।
पण्डित दाइ ! बुजो लाग्न पार्दैन । बुजो लाग्दैन । त्यो हो हजुर जस्ता बुझकारीले यथार्थता र सत्यको पक्षपोषण गर्न सक्नुपर्छ । सत्यं वदको व्यवहारको अनुपालन गर्न र अनुशील गर्न सक्नुपर्छ । त्यस्तो नगर्ने फरक व्यवहार गर्ने गरियो भने त मुखमा बुजो लाग्न पनि सक्छ ! किनकि समय परिवर्तन भएको छ । त्यो ईशाको १८० वर्ष ताकाको समय अहिले होइन । समयसँगै समाज पनि गतिशील छ । विज्ञान प्रविधि र ज्ञान विज्ञानले मानव समाज आजको अवस्थामा पुगेको छ ।
पण्डित दाइ सन् १८० को सेरोफेरोमा लिखित मनुस्मृतिहरु र अन्य पुराणहरुको युग यो होइन । त्यो युगका महाराज पुष्यमित्र र महा भाष्यकार पतञ्जलीको युग पनि होइन, नेपालकै सन्दर्भको कुरा गर्ने हो भने १९१० जंग बहादुर राणाको ऐन पद्म शमशेरको ऐन २००४ हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र त्यही संविधानको मार्गदर्शनमा समाज उपयोगी ऐन कानून बनेका छन् । संविधान, ऐन, कानून संशोधनीय छन् असंशोधनीय छैनन् ।
होइन र पण्डित दाइ सर ! हो भनूँ कि होइन भनूँ म त अकमक्क भएँ ।
पण्डित दाइ– अकमक्क हुन पर्दैन ! महाराज पुष्यमित्र र महाभाष्यकार पतञ्जलीलाई ब्राह्मणिक हिन्दु धर्म संस्कार संस्थागत गर्न कसरत गरेको आधारमा महाफटाहा, महाजाली, महाधूर्त मेरै मुखबाट त नभनूँ तर बौद्ध महाराज बृहद्रथको हत्या गरी राजा बन्न पे्रेरित गर्ने गरी बनाएका सिलोकहरु जस्ताको तस्तै सुन्नुस् जानीनजानी बताउँछु, म संस्कृत विज्ञ त होइन तर अनुरागी हुँ । भविष्य पुराण ४–२४–३६, भागवत पुराण १२–१–१६, वाण भट्टकृत हर्ष चरितः छैटौं उच्छ्वास आदि ग्रन्थमा सेनापति पुष्यमित्रले आफ्नै बौद्ध सम्राटको बध गरेर आफै पुष्यमित्र सम्राट हुनेछन् भनी लेखी÷लेखाएका थिए ।
संस्कृतमा लिखित र प्रकाशित सिलोक र लेखाइ शास्त्र भन्ने भनाउने र त्यही अनुसार यज्ञ कर्मकाण्ड गर्ने गराउने परम्परा र मान्यता कथित हिन्दु धर्मशास्त्रमा छन् ।
तत्कालीन ब्राह्मणले संस्कृतमा लेखेका अधिकांश सिलोकलाई देववाणी पनि भनिएको छ ।
यहासँम्म कि ब्राह्मणलाई साक्षात देवताका रुपमा स्थापित गरिएको छ, संस्कृतमा लिखित हिन्दु धर्मग्रन्थहरुमा ।
संसारका सारा सम्पत्ति, भूमि, पूँजी, धन द्रव्य, सुनचाँदी, हीरा, मोती, मणि माणिक्य सबै ब्राह्मणकै सम्पत्ति हुन् भन्ने मान्यता स्थापना गरिएका छन् ।
पूर्व जन्मको स्वरुप ब्राह्मण जन्मजात ब्राह्मण हुन्छ र पुनर्जन्ममा पनि ब्राह्मण नै हुनेछ भनिएका छन् ।
ब्राह्मणले जुन कुनै निन्दित र समाजद्रोही काम गरे पनि ऊ ब्राह्मण नै हो । उसकै जातियतामाथि प्रश्न उठाउने ठाउँ छैन ।
शाहजीले पुष्यमित्र शुङ शीर्षकमा ऐतिहासिक एवम् पौराणिक आधारमा टेकेर पुष्यमित्र शुङ लेख लेख्नु भएको लेख रोचक, घोचक र मननीय छ । यो लेखन राम्ररी बुझ्न र नोट टिपोर्ट गर्न मलाई १५ दिनभन्दा बढी लाग्यो । त्यसबारे यहाँ केही लेख्न चाहान्छु ।
बैशाली, मगध, साकेत (अध्योद्धा) लगायत विशाल भारत वर्षका बौद्ध राजा वृहद्रथका सेनापति पुष्यमित्र शुङ हुन् । राजधानी त्यो देशको हालको पटना र तत्कालीन पाटली पुत्र हो ।
हिन्दु ब्राह्मणवादीको उक्साहट र प्रेरणाबाट सेनापति पुष्यमित्र शुङले बौद्ध राजा वृहद्रथको हत्या गरी मगधको सम्राट बने र हिन्दु धर्मको उत्थान गरे । यज्ञ, महायज्ञ, राजसूयको व्यापक थालनी गर्न आदेश दिए । सयौं वर्णवादी ब्राह्मणमध्ये गोनर्दी भाष्यकार पतञ्जली प्रमुख भएको पाइन्छ ।
मगध वैशालीका सैनिकहरुको कवाज प्रदर्शनी राखिएको बहाना बनाई सम्राटलाई सैनिक कवाज अवलोकन गर्न निम्ता गर्दछु भनी पुष्यमित्र शुङले नखरा पा¥यो तर सेनापतिको षड्यन्त्र अर्कै थियो भन्ने महाराज वृहद्रथले शुङका शंका उपशंका पनि गरेनन् । सम्राट आफ्नो प्रधान सेनापतिप्रति पूर्ण विश्वस्त थिए ।
ज्ञात रहोस् ब्राह्मणहरुले मत्यपुराण २७२–२७ मा, भविष्य पुराण ४२४–३६ मा, भगवात पुराण १२१–१६ मा, बाणभट्टकृत छैटौं उच्छ्वासमा पुष्यमित्र शुङले वह्दरथको हत्या गरी आफै राजा हुनेछन् भनी उक्साउने काम गरे । यसलाई देववाणी भने ।
पुष्यमित्र सेनापति स्वामिनं हत्वा राज्यं करिस्यत् ि।
अर्थ– पुष्यमित्र नामक सेनापतिले आफ्ना स्वामीलाई मारेर आफै राज गर्ने छन्– भविष्य पुराण ४–२४.३६
हत्व वृह्प्रथं मौर्य तस्य सेनापति कलौं ।
पुष्यमित्रत्रस्तु शुङ स्वयं राज्यं करिस्यति ।
भागवत पुराण १२–१–२६
अर्थ कलियुगमा मौर्य सम्राट वह्दरथको हत्या गरेर पुष्यमित्र शुङले राज गर्ने छन् ।
प्रज्ञादुर्बलं च बलदर्शनव्य देशदर्शिताशेष सैन्यः सेनानीरनार्याे मौर्य वृहद्रथं पिपेष पुष्यमित्रः स्वामिनम् ।
अर्थ– अनार्य सेनापति पुष्यमित्रले सैनिक परेड प्रदर्शनी देखाउने बहानामा सारा सैनिकहरुको सामुन्य आफ्ना स्वामी वृह्द्ररथलाई मारिदिए ।
लेखक शाह भन्छन्–कथा अब पाटली पुत्रबाट शुरु हुन्छ । पाटली पुत्र नगरको विकास मगधराजले गरेका थिए । यो पाटली पुत्र गंगा नदी र सोन नदीको संगममा थियो र हाल यसलाई पटना मानिन्छ ।
त्यसो त यस नगरको विकासको थालनी अशोक महान्को हजुरबुबा चन्द्र गुप्त मौर्यले गराएका थिए । नगरलाई बाह्य आक्रमणबाट सुरक्षा गर्न सोना नदीबाट पानी ल्याई खाई अर्थात् नगर वरिपरि जलैजलको नहर बनाइएको थियो र राजधानी शहरका राज परिवार मन्त्री र संभ्रान्त वर्गका घरहरु सबै ढुंङ्गै ढुङ्गाले बनाइएका थिए भने अन्य सर्वसाधारणको सामान्य घर थिए ।
मगध नगर मगधराज प्रसादको सौन्दर्य र प्रसिद्धि यवन, ग्रिस लगायत टाढा टाढासम्म फैलिएको थियो । संसारका सम्राटका सम्राट देवानाम प्रियदर्शी अशोकले यही दरबारबाट नै शासन प्रशासन चलाएको पाइन्छ । अशोकका दशौं पुस्ताका बौद्ध राजा वृहद्रथका पालामा मगधमा अनिष्ट शुरु भयो । राज्य र मगध नगरमा बाह्य शत्रुहरुले आँखा लगाए भने वृहद्रथ राजालाई स्त्रीलम्पट र राज्य संचालनमा हुनुपर्ने योग्यता र क्षमता नभएका राजा भनेर प्रधानसेनापति पुष्यमित्र शुङ र भारदारहरुले भित्रभित्रै लाञ्छनाहरु लगाउन थाले । एक दिन राजाको चरले यमराज दत्तमित्रको सेना डिमिट्रयसबाट ठूलो सेनासहित साकेततिर (अयोध्या) तिर अगाडि बढाइसकेको छ भन्ने सूचना दियो ।
राजा वृहद्रथको उपस्थितिमा प्रधानसेनापति र अन्य सेनापतिहरु सचिवहरु र मन्त्रीहरुसहितको बैठक आक्रमणकारी शत्रु सेनालाई कसरी परास्त गर्ने भन्ने विषयमा लामो छलफल भयो । आक्रमणकारी शत्रुको सेनालाई धेरै पटक तुहाई दिएका पुष्यमित्रप्रति गहिरो विश्वासमा भएका राजा वृह्दरथले पुष्यमित्रलाई साकेततिर खटाइदिनु भनी आदेश दिए । तर मन्त्रीहरुको पुष्यमित्रप्रति विश्वस रहनेछ । तर एजेण्डा लागू हुने नै भयो । पुष्यमित्र शुङ साकेततिर सेनासहित प्रस्थान गरे । त्यही दिन सचिवहरु (मन्त्रीहरु) एक जना सचिवको घरमा भेला भएर छलफल गरेर भने पुष्यमित्र शुङलाई सेनापति बनाई खटाउनु ठीक थिएन । रणकौशल दत्तमित्रसँग भिड्न उनीको नेतृत्वले सक्ने देखिन्न, त्यसैले संङ्गामशुरको नेतृत्वमा सेनाहरु साकेत (अयोध्या) तिर पठाउन पर्छ भन्ने निर्णय गरी अश्वारोही सेनासहित खटाए । संगामशुर नेतृत्वको फौजले पुष्यमित्रको टुकडीलाई बोधगयानेर भेट्यो काशीको बाटो हुँदै फौज साकेततर्फ हानियो । नेतृत्व सेनापति संगामशुरको रहयो ।
साकेत पुग्दा शत्रु सेना दत्तमित्रको ग्रिसेली सेनाले साकेतलाई घेराबन्दी गरिसकेको पाए । मगध सैन्य फौजको विशेष प्रकारको रथ देखेर ग्रिसेली दत्तमित्रले त्यस रथमा प्रमुख सेनापति हुनुपर्छ भन्ने अनुमान गरे भने सेनापति संग्रामशुरले पनि आफ्नो सैन्य जवानलाई आक्रमण गर्न आदेश दिदै आफू पनि युद्धमा होमिए । तर २०-२५ जना ग्रिसेली सेनालाई प्रहार गरी हत्या गरे । तर ग्रिसेलीहरुले घेराबन्दी गर्न छोडेनन् । भनिन्छ आफ्नो सेनापति संग्रामशुरलाई भाला लगायतले ढालेपछि बचाउन अघि बढेका पुष्यमित्रले बचाउन सकेनन् । ग्रिसेलीहरु संग्रामशुरको मृत्युपछि हौसिएर होहल्ला गर्न थाले । पुष्यमित्र शुङले ग्रिसेली सेनाको घेराबन्दी तोड्न घुँएत्रा र भालाले प्रहार गर्न आदेश दिए । ग्रिसेली सेनाहरु धेरै हताहत भएपछि बँचे खुँचेका आफू आएको बाटो पक्री भाग्न थाले । मगध सेनाले राजस्थानको नगरमा भेला भई बसेका ग्रिसेली सैन्य फौजलाई पछाडिबाट प्रहार गर्दै मार्दै पञ्चन प्रदेश जालन्दर पुग्दा दत्तमित्र ग्रिसेली सेनापतिसँग दत्तमित्र करिब १०० जवान सैन्य शक्ति थियो । मगध सेनाहरु अघि बढेर यमुना नदी पुगे र थकित सेनालाई थरक मार्नको लागि शिविर खडा गर्न लगाएर ३ दिन आराम गर्न र ३ दिन मथुरा वृन्दावन मथुरातिर पुष्यमित्रले घुमफिर गर्ने आदेश दिए ।
एक दिन साँझ पख अलि टाढा ८-१० जना मान्छेको जमघट देखेर भेट्न पुग्दा जमघट स्थलमा त एउटा दाह्रीवाल ऋषि जस्ता देखिने बुढा बाले प्रवचन दिदै गरेको पाए । प्रचवनको सार यस्तो थियो– पहिले पहिले यज्ञ यज्ञादि भइरहन्थे । आकाशमा हवनको धुवाँ उडेको देखिन्थ्यो । सम्राटहरुले राज्य विस्तार गरेपछि राजसूय यज्ञ गरिरहन्थे । ब्राह्मण वर्गको कति ठूलो मान मनितो थियो । वैद्धिक धर्म संस्कार व्याप्त थियो । हामी आर्थिक प्रलोभनमा परेर हाम्रो वैद्धिक धर्म बेचिदियौं । हाम्रा पुर्खा यति हुतिहारा थिएनन् । कुनै समय भारत वर्षको सीमा पूर्वमा चम्पा, वङ्ग, शुइम पश्चिमा इरान (आर्यान) उत्तरमा हिमाल र दक्षिणमा कृष्णा नदी पारि, झण्डै कावेरीसम्म विस्तृत थियो तर अहिले त हेरौं कति खुम्चियौैं र खुम्चिदै छौं । हाम्रा वैदिक पुर्खा त यति हुतिहारा नपुंसक थिएनन् । भारत वर्ष यज्ञमय थियो । तर अहिले त मुण्डी (बौद्ध भिक्षु) र दिगम्बर (जैनमार्गी) ले ढाकेको छ । अवश्मेध यज्ञ गर्दैनन् । आजकालका राजाहरु यज्ञ, राजसूय यज्ञ गर्दैनन् । यज्ञ नगरे पनि काशी, कौशल,अवन्ती क्षेत्रतिरको आकाशमा कहिले काहीं यज्ञमय देखिन्थे । तर अहिले त सम्झनाको तरेलीमा रहन पुगे । ब्राह्मण र आर्य ऋषिका नाम पनि जान्दैनन् । दाह्री जुंगा पालेका ब्राह्मणको प्रवचन सकिए पछि परिचय शुरु भयो । भारद्वोजगोत्रीय पुष्यमित्र शुङ हुँ । मगधको कान्छो सेनापति । प्राणम ऋषिज्यु । ती प्रचवनकर्ता ब्राह्मणले भने कल्यांणस्तु । पुष्यमित्रले भने–हामीले म्लेच्छहरुलाई सिन्धु नदी कटाई लखेटेर आएका हौं । तपाईंको घत लाग्दो प्रचवन सुनेर हामी प्रभावित भयौं । हजुरको परिचय पाउन सकिएला कि ? किन नपाउने म गोनर्दीय पतञ्जली हुँ । मलाई भाष्यकार पतञ्जली भनेर चिन्न सकुन हुन्छ । तपाईहरुले म्लेम्छहरुलाई सिन्धु नदी पारि लखेटेर राम्रो गर्नु भयो । मेरो वैदिक धर्ममा उच्च आस्था रहेको छ । विश्वस्त हुनुहोस् भगवान् मसँग मगध राजधानी पाटली पुत्र जाने प्रस्ताव गर्दछु । पुष्यमित्र शुङले भने ।
वैदिक धर्मप्रति आस्थावान एवम् महावीर, धर्मवीरसँग जान मलाई स्वीकार्य छ । तर तपाईंका महाराज वृहद्रथ त मुण्डी हुन्, म जाँदा उनलाई आपत्ति होला नि । मैले पाटली पुत्र लगेर गोप्य रुपमा राख्छु, विप्रवर डराउनु पर्दैन । सुरक्षित राख्छु । सुरुमा तपाईंको कुरा सुन्ने म मात्र हुनेछु, तर भविष्यमा मगधमा मात्र होइन समग्र भारत वर्षमा सबैले सुन्ने गराउनेछु । म पनि ब्राह्मण नै हुँ । धर्म मासिनाले मनभित्र ठूलो डहन छ !
पतञ्जली पाटली पुत्र जाने नै भए ।
पाटली पुत्रद्वार प्रवेश गर्दाा पुष्यमित्र शुङ उनको भव्य स्वागत भयो ।
राजा वृहद्रथले पनि स्यावासी दिए । अर्काे दिन पुष्यमित्रको विजयगाथा सभामा पुष्यमित्र शुङले सुनाइरहेका थिए । यसैबेला सेनापति संग्रामशुरको निधन भएको आफू वृद्ध भए र अशक्त हुँदै गएको प्रधानसेनापति लक्ष्य जितले सुनाउँदै अब प्रधानसेनापति पुष्यमित्र शुङलाई बनाउनु पर्ने प्रस्ताव गरिरहेको बेला सम्राट वृहद्रथ समेत उपस्थित भए सेनापतिहरुको कुरा सुनेर । सचिवहरुलाई यसो हेर्दै मौन स्वीकृतिको अनुभूत गरी सर्वसक्षम सेनापतिलाई वृहद्रथले आफ्नो गलामा लगाइरहेको मोतीको माला पुष्यमित्र शुङको गलामा पहिराइदिएर राजाले यसो पनि भने यो नियुक्ति अचानक भएको हो । भोलि विधिवत् रुपमा रत्न जडित खड्ग दिएर पुष्यमित्र शुङलाई प्रतिष्ठित गरिने छ भन्ने आदेश अनुसार पुष्यमित्र शुङलाई तोकिएको दिन प्रधानसेनापति घोषणा गरी खड्ग प्रदान गरे । प्रधानसेनापतिमा नियुक्ति पाएपछि हरेक राजसभा बैठकमा जाने दरबारभित्रको दरबार र बाहिरका सबै कुरा बुझ्ने अवसर पाए । राजा पुष्यमित्र शुङ शत्रुसेनालाई पराजित गर्न सक्षम भएको पाएर पुष्यमित्र शुङसँग प्रसन्न थिए । एक दिन उनले सम्राटसँग निवेदन मन्त्रालयका एकजना मन्त्री (सचिव) ले आफ्नो यज्ञ सेनालाई विर्धभ देशको राजाको रुपमाा स्थापित गरेका छन् । मेरो छोरा अग्निमित्रलाई पनि त्यसरी नै त्यस्तै ठूलो पद दिए राम्रो हुने थियो भनेपछि विदिशा देश (मध्य भारतको) पुष्यमित्रको छोरा अग्निमित्रलाई प्रान्त पाल बनाइदिए ।
यता पुष्यमित्र शुङको घर नजिकै गोप्य रुपमा बसेको पतञ्जलीले राति रातिमा यज्ञ गराउन थाले । हिंसामय यज्ञ गोप्य रुपमा चलिनै रहयो । पुष्यमित्रप्रति अत्यन्त विश्वासमा परेका सम्राट वृह्दरथले उनीप्रति शंका गर्ने पनि कुरा रहेन । यमन सेना÷ग्रिसेली सेनालाई एक पटक लखेटे पनि ग्रिसेलीलेहरुले हार स्वीकार गरेका रहेछन् । त्यसैले उनीहरु पुन पाटली पुत्रमा आक्रमण गर्न ठूलो फौजसहित आउँदै गरेको थाहा पाएर पाटली पुत्रका सर्वसाधारण दुनियाँदारलाई आफ्नो घर बस्ती छोडेर बाहिर जंगलतिर बस्न पुष्यमित्रले आदेश दियो । अन्नपात पनि यसरी बढयो । थप खाईहरु (किल्ला)बनाइए । यता पतञ्जलीको आदेश सल्लाह साउती अनुसार बौद्ध सम्राटको हत्या गरी आफै राजा बन्न पुष्यमित्र शुङलाई आशीर्वाद दिए । युद्ध त जितियो नै ।
षड्यन्त्रका सबै तानाबाना बुनेपछि आक्रमणकारी सेनाहरुलाई परास्त गर्न बनाइएका खाई (किल्ला) र आफ्नो सैनिक जवानको कवाज अवलोकन गर्न सम्राट वृहद्रथलाई निम्ता गरे । सम्राट तोकिएकै दिन तोकिएकै समयमा मञ्चमा उपस्थित भए । सेना लगायत मिल्ने पदहरुमा बौद्ध संस्कार विरोधी ब्राह्मणलाई नै खोजी नियुक्ति त गरिसकेका थिए ।
शत्रु सेनाले आक्रमण गर्न आउँदा हाम्रा सम्राटलाई केही मतलब छैन । विशाल भारत वर्ष लुटिदैछ । अब यस्ता सम्राटलाई के भन्ने ? के गर्ने ? निर्णय देओस् सेना हो !
सैनिक गणतर्फबाट एक स्वरमा ठूलो आवाज आयो । मार्ने ! मार मार ! आफ्नो बध गर्न पुष्यमित्रले रचेको षड्यन्त्र बुझेर सम्राट उठेर भाग्न थाल्दा अंग रक्षक दुई जना अस्त्र सज्जित सैनिकले राजालाई उठ्न दिएनन् । यही मौका छोपी पुष्यमित्र शुङ जुरुक्क उठेर सम्राटको घाँटीमा छुरा रोपे । सम्राट घोप्टो गरी ढलेपछि पुष्यमित्रले घाँटी काटेर दुई टुक्रा बनाइदिए । दर्शकदीर्घा र सैन्य फौजबाट प्रधानसेनापति पुष्यमित्र जय होस् भन्ने नारा गुञ्जन भयो ।
सम्राट वृहद्रथको हत्यापछि पतञ्जली र पुष्यमित्र शुङको समाजमा दबदबा बढ्दै गयो । ब्राह्मणहरु यज्ञ महायज्ञ गराई प्रशस्त गाईहरु, गोरुहरु, मोतीरत्न अन्नपात गाडाका गाडा पाएर निकै खुशी भए । वृहद्रथको हत्या भएको छ महिनापछि पुष्यमित्र शुङलाई राजाको रुपमा अभिषेक गरियो ।
पुष्यमित्र शुङको इच्छा बमोजिम राजसूय यज्ञ गर्ने योजना बन्यो । पाटली पुत्र मगध क्षेत्रमा वृहद्रथका पक्षधर केही मान्छे हुन सक्छन् । त्यसैले राजसूय यज्ञ साकेतमा गर्न पतञ्जलीले सल्लाह दिए बमोजिम साकेत (अयोध्या) मा राजसूय यज्ञ गरियो ।
एकदिन एउटा ब्राह्मणले पतञ्जलीलाई सोधे– गुरुदेव ! बौद्धहरु प्राणी हिंसाको विरोध गर्दछन् । तर हाम्रा यज्ञादि गर्दा प्राणी हिंसा गरिन्छ के भन्नु हुन्छ यसबारे हाम्रा पुर्खा आर्य हुन्, हामी पनि आर्य हौं । हामीलाई आर्यको प्रमाणपत्र कसैले दिनुपर्दैन । मुण्डीका कुरा सुन्न कुनै दरकार छैन । यज्ञमा गरिएको हिंसा हिंसा होइन । वैदिक हिंसा हिंसा नभवति प्रिय ब्राह्मण मित्र हामी सबैले वैदिक ब्राह्मण धर्म, कर्मकाण्डको व्यापक प्रचार गरांै । अहिले त लोकमा धेरै मानिसहरु वैदिक दर्शन संस्कार, संस्कृतिप्रति आस्था राख्छन् तर व्यापक प्रचार गर्दै जाऔं, गर्दै जाऔं, आखिरमा सबै वैदिक संस्कार कर्म काण्डमा आउने छन् । शास्त्रमा बताइए अनुसार प्रचार गर्नुस् र गरौं । तर अहिले बौद्धमतको विरोध नगरी वैदिक मत कर्मकाण्डकोे यज्ञको मात्र प्रचार गर्न आवश्यक छ । उनीहरुको कुरा काटेर फाइदा छैन ।
शास्त्रमा भनिएको छ–
ब्राहम्णो जायमानाहि पृथिव्यामधिजायते ।
ईश्वरः सर्वभूतानां धर्म–कोशस्य गुप्तये ।।
सर्वस्वं ब्राह्मणस्पेदं यत्किंचिज्जगती गतम् ।
श्रेष्ठयेनाभिजनेनेदं सर्व वै ब्राह्मणोक्ईति ।।
स्वमेव ब्राह्माणो भुक्ते स्वं वस्तुते स्वं ददाति च ।
आनुशास्याद् ब्राह्मणस्य भुंजते हीतेर जनः ।।
अर्थः ब्राह्मण जन्मिने बित्तिकै पृथ्वीका समस्त जीवहरुमा श्रेष्ठ हुन्छ । ब्राह्मण नै सम्पूर्ण प्राणीहरुको ईश्वर हो । यस जगत्मा जे जति सम्पत्ति छ त्यो सबै ब्राह्मणको निजी सम्पत्ति हो । आफ्नो उत्तम जन्मका कारण ब्राह्मण त्यो सम्पत्ति पाउन योग्य छ । यदि ब्राह्मणले अरुको अन्न खान्छ, अरुको वस्त्र धारण गर्दछ र अरुको प्राप्त गरेर पुनः अरुलाई दिन्छ भने पनि त्यो पनि ब्राह्माणकै हो । उसैको हो । किन ? किनकि ब्राह्मणकै दयाले गर्दा अरुले अन्नादि वस्त्रादि र अन्य सामग्री प्राप्त गरेका हुन् । ब्राह्मण नभएको भए कसैले पनि आवश्यक सामग्री पाउने थिएनन् ।
सर्वथाः ब्राह्मणाः पूज्याः परम दैवतं हि ङ्ग ।।
अर्थ जसरी मशानघाटमा मूर्दा (लाश) पोलेको आगो अपवित्र हुँदैन, त्यही आगो यज्ञमा प्रयोग गर्दा पनि अपवित्र मानिदैन । यसरी नै ब्राह्मण निन्दित कर्ममा लागे पनि त्यो सबैका निमित्त ग्राह्य र पूज्य हुन्छ । किन ? किनभने ब्राह्मण परम देवताको स्वरुप हुन्छ ।
हामीले पुराना क्षत्रीयहरु, नव क्षत्रीयहरु चीन, किरात आफूलाई मङगोल भन्नेहरु त्यस्तै शक पह्लव,दर आदिलाई च्यूत गरेर शुद्र बनाए पनि सबैको जनसंख्या जोड्दा हामी ब्राह्मणको भन्दा धेरै छ ।
तसर्थ तिनलाई नियन्त्रणमा राखी ब्राह्मण सत्ता सञ्चाल गर्न मनुस्मृतिका यी सिलोकहरु बारम्बार दोह्याएइरहनुपर्छ ।
ब्राह्मणं दशवर्ष तु शतवर्ष तु भूमिपन् ।
पितापुत्रौ विजानीपाद ब्राह्मस्तु तयो पिता ।।
अर्थ–दश वर्षको ब्राह्मण (बाहुन) भए पनि १०० वर्षको क्षत्रीले साष्टाङ–दण्डर्वत गर्नुपर्छ । किन ? किनभने ब्राह्मण र क्षत्रीयको उमेरको मूल्य हुँदैन, ब्राह्मण नै श्रेष्ठ हुन्छ । ब्राह्मण बाबु र क्षत्री छोरा हो भने बुझून् ।
अविद्वांश्चैव विद्वाचं ब्राह्मणो दैवत महत् ।
प्रशीश्चाप्रणीतश्च तथाग्निदवत् महत् ।।
अर्थ– ब्राह्मण पढालेखा विद्वान् होस् वा मूर्ख होस् ब्राह्मण नै श्रेष्ठ जाति हो । देवता नै हो !
असंस्कृतमयोकपि जात्येव द्विजन्मानो माननीयाः
अर्थ– संस्कार शून्य कुलमा जन्मिए पनि ब्राह्मण भनेका ब्राह्मण नै हुन् र मान्य हुन्छन् ।
बार बार उपर्युक्त सिलोकहरु वाचन र उचारण गरेपछि र सुनेपछि मानसपटलमा ब्रह्म वर्चस्वय अंकित हुनेछ । यज्ञबाट ब्राह्मणहरु गएपछि व्यास पतञ्जलीले सम्राट पुष्यमित्र शुङलाई भने– महाराजा छ खण्डमा लिखित वाल्मीकि रामायण अझै विस्तृत गर्नु पर्छ । त्यस्तै पुराणहरुलाई पनि ब्रह्म वर्चस्व वृद्धि गर्ने गरी लेखिनुपर्छ । यसका लागि अर्काे वाल्मीकि नियुक्ति गर्नुपर्छ । मनुस्मृति संहिता ग्रन्थजस्ता पुराणहरु लेखिनुपर्छ । पढाइनुपर्छ ।
राज गुरु व्यास पतञ्जलीको प्रचवन सकिएपछि पुष्यमित्र शुङले भने राज गुरु ! मैले त के जानेको छु र ? सबै गर्ने हजुुरले.........।
वाल्मीकि रामायणलाई विस्तृत गर्न र अरु पुराण लेख्न ब्राह्मण राजा पुष्यमित्रले ब्राह्मण सभा बोलाए । सभामा एउटा ब्राह्मणले वाल्मीकि बनेर रामायणको उत्तर काण्ड लेख्न तयार भए भन्ने अन्य ब्राह्मणहरुले विद्यमान पुराण र नयाँ पुराणको रचना गर्न तयार भए । महाराज र ऋषि पतञ्जलीको उपस्थितिमा जिम्मा पाएकाहरु लेख्न प्रतिबद्ध भए । राज गुरु पतञ्जलीले ब्राह्मणकै उपस्थितिमा भने वेद आजकाल पढर्दैनन् । ब्राह्मणले पुराण पढ्छन् । तर देव भाषा संस्कृतका सिलोकहरु शुद्ध उच्चारण गर्नुपर्छ । शुद्ध उच्चारण गर्नेहरु कम छन् । तालब्श स र दन्त्य स मूर्धन्य आदिको उच्चाहरण भिन्नभिन्नै गर्नुपर्छ । तर एउटै उच्चारण गर्ने ब्राह्मणहरुमा आदत बसेको छ ।
राजा पुष्यमित्रले भने– भगवान् ! त्यस्ता अशुद्ध वाचीहरुलाई अब, नेपाल, काठमाडु, लुम्बिनी, देवदह, रामग्रामतिर पठाइदिनेछौं । अशोक पुत्री चारुमति (चावहिल) मा र नेपाली क्षत्रीय राजकुमार देवपालको सन्तति देवपाटन (देउपाटन) मा होलान् त्यस्ता अशुद्ध वाची ब्राह्मण त्यतै उपयोगी हुन सक्लान् । सम्राटको त्यस्ता वाणी सुनेर पतञ्जली ब्राह्मण प्रफुल्लित हुँदै भने– मैले लेखेको शब्दानुशासन र पाणिनीकृत अष्टाध्यायीका धेरै प्रतिलिपि मनुस्मृति संहिताका प्रतिलिपि उतारेर पढ्नुस् र व्यापक प्रचार गर्नुस् । त्यस्तै शतपथ ब्राह्मण ग्रन्थको पनि उत्तिकै महत्व छ । ब्राह्मणलाई परिश्रमको फलस्वरुप राज्यकोषबाट पारिश्रमिक दिइनेछ । काममा जुट्नुस् । सम्राट पुष्यमित्र शुङले ब्राह्मणहरुलाई प्रोत्साहित गर्दै उद्घोष गरे । साकेत (अयोध्या) मा अवश्मेध यज्ञ सम्पन्न गरेपछि ब्राह्मण सत्ता पूर्ण रुपमा पकडमा आयो । राज गुरु पतञ्जलीको सल्लाह बमोजिम तीर्थराज प्रयागकमा पनि अवश्मेध यज्ञ गरे । दुई दुई वटा यज्ञ सम्पन्न गरेपछि आफ्नो पकड पूर्ण रुपमा आएको मूल्यांकन गरी पुष्यमित्र शुङ र पतञ्जली राजधानी पाटली पुत्र फर्किए ।
अन्त्यमा यसरी बौद्ध धर्मको पतन गराउन र हिन्दु वर्णवादी, विभेदकारी धर्म र यज्ञ आदिको व्यापक उत्थान गर्नमा पुष्यमित्र शुङ र भाष्यकार पतञ्जलीको भूमिका रहेको पाइन्छ ।




