२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रतापपुर कठहावमा जग्गा विवादले  सडक निर्माण अलपत्र

प्रतापपुर कठहावमा जग्गा विवादले  सडक निर्माण अलपत्र

प्रतापपुर कठहावमा जग्गा विवादले  सडक निर्माण अलपत्र

प्रतापपुर कठहावमा जग्गा विवादले  सडक निर्माण अलपत्र

प्रतापपुर कठहावमा जग्गा विवादले  सडक निर्माण अलपत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • परासी
     पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ६ मा कठहवा–बेलाटारी  सम्पर्क हुलाकि सडक निर्माणका क्रममा कठहवा क्षेत्रमा जग्गा विवाद सिर्जना भएपछि सडक निर्माण कार्य अलपत्र परेको छ । साविक सडक रहेको जग्गा व्यक्तिको घडेरी परेको भनि विवाद उत्पन्न भएपछि करिव १ सय ८० मिटर सडक कालोपत्रे हुन सकेको छैन ।
    २०८२ असोज ३० गते निर्माण सम्पन्न गर्ने गरी श्री कन्टेक प्रा.लि. नक्साल काठमाण्डौले २०७६ कार्तिक २९ गते ठेक्का सम्झौता गरेको थियो ।


    २७ करोड २३ लाख ५ हजार ७ सय ३३ रुपैयाँमा हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तु मार्फत् ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको थियो ।सम्झौताअनुसार सबै निर्माण कार्य सम्पन्न भैसक्दा पनि कठवा क्षेत्रको झण्डै २ सय मिटर सडक कालोपत्रे गर्न स्थानिय मिश्र परिवारले आफ्नो जग्गा दावी गरी कालोपत्रे गर्न नदिएपछि काम अलपत्र परेको छ । स्थानीयहरु भने हाल रहेको सडक नै पुरानो बाटो रहेको बताउँछन् । यो सडक यस अघि ३ पटक सम्म कालोपत्रे भैसके पनि अहिले रोकिएको प्रति उनीहरुको आक्रोश छ ।


    अधिकांश स्थानीयवासी पुरानै सडक कायम हुनुपर्ने माग गर्दै पटक पटक प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरु सहित सरोकारवाला पक्षसँग छलफमा बसे पनि अहिलेसम्म निकास निस्किएको छैन ।
    कालोपत्रे हुन बाँकी रहेको हालको सडक पश्चिम तर्फ रवीन्द्र प्रसाद मिश्रको जग्गा रहेको छ भने पूर्व तर्फ दिनेश चन्द त्रिपाठी को नामको जग्गा रहेको छ ।


    रविन्द्रका बुवा तिरथराज मिश्र २०१७ साल देखी २०३९ साल सम्म प्रधान पञ्चको रुपमा रहेर काम गरेका थिए । सडकको स्तरउन्नति गर्नका लागि तिरथराजलेनै पहिलोपटक ग्रावेल गरेर सडक स्तर उन्नती कार्यमा सहयोग गरेको स्थानीय स्मरण गर्छन् । स्थानीयहरु मिश्रलेनै यो सडकको विकासका लागि सहयोग गरेकोमा अहिले आएर वर्षौँदेखि चलिआएको सडकमा कालोपत्रे गर्ने कार्यमा अवरोध गर्न नमिल्ने तर्क गर्छन् ।


    स्थानीय धिरज त्रिपाठीले सदियौ देखीको बाटो रोक्न नमिल्ने बताउँछन् । उनले सडकको पुर्जा कसरी निस्कियो भन्दै आश्चर्य व्यक्त गरी छानबिनका लागि माग गरेका छन् ।


    नक्सामा सडक हालको स्थानदेखि पश्चिमतर्फ देखीन्छ । नक्साअनुसार सडकको पूर्वतर्फ मिश्र परिवारकै केही जग्गा रहेका कारण नक्सा अनुसारको सडक कायम हुनुपर्ने भन्दै कालोपत्रे गर्न रोक लगाएको देवेन्द्र मिश्रको भनाइ छ ।


    उनी अलालतका कागजपत्र देखाउँदै भन्छन्–“ मलाई सडक प्रति कुनै आपत्ति होईन यति मात्र हो की नक्सा अनुसार हुनुप¥यो । यसको लागि अदालतबाटै फैसला भैसकेको छ ।”

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij