२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शाइन भिजन मिट–२०२६  : उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी सम्मानित

शाइन भिजन मिट–२०२६  : उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी सम्मानित

शाइन भिजन मिट–२०२६  : उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी सम्मानित

शाइन भिजन मिट–२०२६  : उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी सम्मानित

शाइन भिजन मिट–२०२६  : उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले हरेक वर्ष आयोजना गर्दै आएको ‘शाइन भिजन मिट’ अन्तर्यत संस्थागत विकास, व्यवसाय विस्तार र नेतृत्वदायी भूमिकामा उत्कृष्ट योगदान पुर्‍याउने आफ्ना उच्च व्यवस्थापन तहका कर्मचारीलाई सम्मान गरेको छ ।

    बैंकले आयोजना गरेको ‘शाइन भिजन मिट २०२६’ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेल ले बैंकको कार्यकारी टोली, विभागीय प्रमुख, क्षेत्रीय प्रमुख तथा विभिन्न युनिटका इन्चार्जहरूलाई सम्मान गरेका हुन् ।

    बैंकका अनुसार संस्थाको लक्ष्यलाई कार्यान्वयनमा लैजान, टोलीलाई प्रभावकारी नेतृत्व प्रदान गर्न तथा बैंकको समग्र व्यवसाय र सेवा प्रवाहलाई थप सुदृढ बनाउन नेतृत्व तहका कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    कार्यक्रममा नेतृत्वको भूमिका निर्णय गर्ने तहमा मात्र सीमित नरहेको उल्लेख गर्दै सिईओ पौडेलले संस्थाको भावी दिशा तय गर्ने, कर्मचारीलाई प्रेरित गर्ने, जिम्मेवारीको स्वामित्व लिने र संस्थाको योजनालाई परिणाममा रूपान्तरण गर्ने नेतृत्व नै संगठनको सफलताको आधार भएको बताएका थिए ।

    बैंकले ‘उत्कृष्टताको संस्कृति’ निर्माण गर्दै संस्थागत लक्ष्य प्राप्तितर्फ अघि बढिरहेको जनाएको छ । नेतृत्व तहका कर्मचारीको प्रतिबद्धता, कार्यसम्पादन र सामूहिक प्रयासले बैंकको व्यवसायिक क्षमता थप बलियो बनाउँदै लगेको बैंकको भनाइ छ।

    सम्मान कार्यक्रममा बैंकको आगामी यात्रालाई अझ प्रभावकारी, परिणाममुखी र ग्राहककेन्द्रित बनाउने विषयमा समेत जोड दिइएको थियो । नेतृत्व तहबाट देखाइएको जिम्मेवारी र प्रतिबद्धताले बैंकका अन्य कर्मचारीलाई समेत उत्कृष्ट कार्यसम्पादनका लागि प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

    बैंकले नेतृत्व, सहकार्य र जिम्मेवारीलाई संस्थागत विकासको मुख्य आधार बनाउँदै दीर्घकालीन लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    कार्यक्रममा सम्मानित नेतृत्वलाई बधाई दिँदै बैंकले उनीहरूको योगदान संस्थाको आगामी यात्राको अभिन्न हिस्सा रहेको जनाएको छ । बैंकले टुगेदर : वी लिड, वी ग्रो वी शाइन ब्राइटर भन्ने भावनासहित सामूहिक नेतृत्व र संस्थागत विकासलाई अघि बढाउने सन्देश दिएको छ । 

    बैंकले आयोजना गरेको शाइन भिजन मिट २०२६’ चार कर्मचारीलाई ‘को–पाइलट अवार्ड’ले सम्मान गरिएको छ । जिम्मेवारीप्रतिको समर्पण, संस्थागत स्वामित्व, टिमवर्क तथा बैंकको लक्ष्य प्राप्तिमा पुर्‍याएको योगदानको कदर गर्दै चार कर्मचारीलाई अवार्ड प्रदान गरिएको हो ।

    ‘द को–पाइलट अवार्ड’ प्राप्त गर्नेमा बैंकका प्रमुख वित्त अधिकृत  भुवनप्रसाद पन्थ, प्रमुख कानुनी/अनुपालन अधिकृत अधिवक्ता गोपाल खनाल, रिटेल हेड–डिपोजिट एन्ड क्रेडिट नम्रता थापा तथा जुनियर असिस्टेन्ट (टेक्निसियन) लोकनाथ मरासिनी रहेका छन् ।

    773625913_1378781270873206_879499971735588046_n.jpg
    undefined

    यस्तै स्टार ब्रान्च म्यानेजर अफ द रिजन अन्तर्गत पाँच क्षेत्रका शाखा प्रमुख सम्मानित भएका छन् । केन्द्रीय क्षेत्रको बुटवल शाखाका सचिन श्रेष्ठ, काठमाडौं क्षेत्रको कमलादी शाखाका मनोजकुमार श्रेष्ठ, भैरहवा–परासी क्षेत्रको भैरहवा शाखाकी ममता कुमारी, अपर क्षेत्रको गुल्मी अमराई शाखाका सन्तोष घिमिरे तथा पश्चिम क्षेत्रको तुलसीपुर शाखाका दीपेन्द्रबहादुर थापा सम्मानित भएका हुन् ।

    त्यस्तै, बैंकको कर्जा असुली तथा रिकभरी कार्यमा उत्कृष्ट योगदान पुर्‍याउने नारायणगढ शाखाका दिनेश पन्त र घोराही दाङ शाखाका गणेश बी.सी. लाई रिकभरी स्टारको सम्मान प्रदान गरिएको छ।

    ग्राहक सेवा तथा नियामकीय अनुपालनतर्फ उत्कृष्ट कार्यसम्पादन गरेकी कर्पोरेट कालिकानगर शाखाकी अञ्जली के.सी. लाई कस्टुमर एक्सीलेन्स एण्ड कम्प्लेन स्टारबाट सम्मान गरिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार संस्थाको समग्र उद्देश्यलाई व्यवहारमा उतार्न नेतृत्व तहदेखि कार्यान्वयन तहसम्मका कर्मचारीले देखाएको जिम्मेवारी, सहकार्य र निरन्तर प्रयासलाई सम्मान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको हो ।

    शाइन रेसुंगा डेभलपमेन्ट बैंक रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । उत्कृष्ट र कुशल व्यवस्थापनका कारण बैंकले निरन्तर अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट विकास बैंक अवार्ड जित्दै आएको छ ।

    collage.jpg
    undefined

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij