२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सन्धिखर्क नगरपालिका स्वास्थ्य सेवाप्रति जिम्मेवार छ : उपप्रमुख आचार्य

सन्धिखर्क नगरपालिका स्वास्थ्य सेवाप्रति जिम्मेवार छ : उपप्रमुख आचार्य

सन्धिखर्क नगरपालिका स्वास्थ्य सेवाप्रति जिम्मेवार छ : उपप्रमुख आचार्य

सन्धिखर्क नगरपालिका स्वास्थ्य सेवाप्रति जिम्मेवार छ : उपप्रमुख आचार्य

सन्धिखर्क नगरपालिका स्वास्थ्य सेवाप्रति जिम्मेवार छ : उपप्रमुख आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • अनिल नेपाली 

    अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका वार्षिक कार्यक्रमको समीक्षा गरेको छ।

    नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित वार्षिक कार्यक्रमको समीक्षा गरिएको हो। कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्यले नगरपालिका स्वास्थ्य तथा शिक्षा क्षेत्रप्रति संवेदनशील र जिम्मेवार रहेको बताइन्।

    उनले नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरूलाई विश्वसनीय, सेवामैत्री र प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको बताइन्।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले वार्षिक कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा स्वास्थ्य सेवाको प्रभावकारिता थप बढाउनुपर्नेमा जोड दिए। सीमित साधन–स्रोतका बाबजुद स्वास्थ्यकर्मीले देखाएको सक्रियता प्रशंसनीय रहेको भन्दै उनले स्वास्थ्यकर्मीलाई धन्यवाद दिए।

    खनालले जिल्लाका स्थानीय तहमध्ये सन्धिखर्कलाई उत्कृष्ट र नमुना बनाउने गरी सरकारी स्वास्थ्य संस्था तथा अस्पतालको सेवा प्रवाहलाई थप रचनात्मक र विश्वसनीय बनाउनुपर्ने बताए।

    कार्यक्रममा स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखेललगायतले मन्तव्य राखेका थिए। स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीले नगरभित्रका स्वास्थ्य संस्थाको अवस्था, बजेट तथा खर्च, वित्तीय प्रगति, सम्पन्न हुन नसकेका कार्यक्रम, औषधि तथा उपकरणको अवस्था र सेवाग्राहीलाई प्रदान गरिँदै आएको सेवाबारे प्रगति विवरण प्रस्तुत गरे।

    उनले सुत्केरी सेवा, गर्भपतन, परिवार नियोजनलगायतका स्वास्थ्य सेवाको अवस्थाबारे समेत जानकारी गराएका थिए।

    जनस्वास्थ्य निरीक्षक प्रकाश परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकी प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता थियो।

    सन्धिखर्क नगरपालिकाले हाल ६ वटा स्वास्थ्य चौकी र ५ वटा आधारभूत स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij