२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसीसी प्रिमियर कप खेल्ने टोलीको बिदाइ

एसीसी प्रिमियर कप खेल्ने टोलीको बिदाइ

एसीसी प्रिमियर कप खेल्ने टोलीको बिदाइ

एसीसी प्रिमियर कप खेल्ने टोलीको बिदाइ

एसीसी प्रिमियर कप खेल्ने टोलीको बिदाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं। आउँदो अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्ने टोलीको बिदाइ गरिएको छ।

    नेपाल क्रिकेट संघ ९क्यान०ले एक कार्यक्रमका बीच शुक्रबार बिदाइ गरेको हो। केही दिन भारतमा प्रशिक्षण गरेर नेपाल मलेसिया प्रस्थान गर्नेछ।

    प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ। जसमा सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।

    प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

    नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्।

    नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ मा हङकङसँग खेल्नेछ।

    समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष तीन टोली सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा छनोट हुनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij