२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अहिले कर्मचारीलाई १० लाख बढी तलब खुवाउँछन् भुसाल

अहिले कर्मचारीलाई १० लाख बढी तलब खुवाउँछन् भुसाल

अहिले कर्मचारीलाई १० लाख बढी तलब खुवाउँछन् भुसाल

अहिले कर्मचारीलाई १० लाख बढी तलब खुवाउँछन् भुसाल

अहिले कर्मचारीलाई १० लाख बढी तलब खुवाउँछन् भुसाल
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • गुल्मी । कुनै समय अर्काको अस्पतालमा करारमा काम गर्दा महिनाको ५ हजार ५ सय रुपैयाँ तलब बुझ्ने गुल्मीका केदार भुसाल अहिले करिब ३५ जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिइरहेका छन् । ती कर्मचारीको तलब तथा अन्य खर्चमा मात्रै मासिक करिब १० लाख रुपैयाँ खर्च हुने उनी बताउँछन् ।

    पश्चिम गुल्मीको विकट मदाने गाउँपालिका–२ बाँझकटेरीमा जन्मिएका भुसाल अहिले बुटवलमा व्यवसायिक पहिचान बनाएका युवा व्यवसायी हुन् । जागिरे जीवनबाट सुरु भएको उनको यात्रा अस्पतालको निर्देशक हुँदै अहिले मदाने फर्निचरको सञ्चालकसम्म आइपुगेको छ ।

    स्वर्गीय बुबा चुरामणि भुसाल र आमा द्रुपत्ता भुसालको परिवारमा जन्मिएका केदार परिवारका चौथो सन्तान तथा माइला छोरा हुन् । एक जना दाजु, तीन दिदीबहिनी र आफूभन्दा मुनि दुई भाइ रहेका उनको बाल्यकाल बाँझकटेरीकै ग्रामीण परिवेशमा बित्यो ।
    उनले प्रारम्भिक शिक्षा पञ्चमी पोखरी प्रावि र माध्यमिक शिक्षा बाँझकटेरी माध्यमिक विद्यालयबाट पूरा गरे । उच्च शिक्षा अध्ययनका लागि बुटवल आएका उनले पढाइसँगै जागिरे जीवन सुरु गरे ।

    २०६२ सालमा केही समय भैरहवास्थित भीम अस्पतालमा करारमा काम गरे । त्यसपछि सोही वर्ष पाल्पाको प्रवासस्थित लुम्बिनी मेडिकल कलेजमा काम गर्ने अवसर पाए । २०६५ सालमा तम्घासस्थित आशा अपाङ्ग केन्द्रमा करिब डेढ वर्ष काम गरे । तर, महिनाको ५ हजार ५ सय रुपैयाँको तलबबाट जीवन चलाइरहेका केदारको सोच भने जागिरमा मात्र सीमित थिएन ।


    १० लाख क्यास बोकेर अस्पताल खोल्ने सपना
    अस्पतालमा काम गर्दागर्दै आफ्नै अस्पताल खोल्ने योजना उनले बनाए । त्यतिबेला उनीसँग करिब १० लाख रुपैयाँ नगद पुँजी थियो । तर अस्पताल सञ्चालनका लागि त्यो रकम पर्याप्त थिएन ।

    त्यसपछि उनले १५–२० जना साथीलाई साझेदार बनाएर लगानी जुटाए । साझेदारहरूको लगानीबाट अस्पताल सञ्चालनको पुँजी तयार भयो र सञ्चालक समितिको निर्णयअनुसार उनी अस्पतालको निर्देशक बने । त्यतिबेला उनको उमेर थियो—मात्र २५ वर्ष ।

    २५ वर्षमै अस्पताल निर्देशक
    २०६६ साल मंसिरमा बुटवल आएपछि भुसालको अगुवाइमा ल्यान्डमार्क हस्पिटल प्रा.लि. स्थापना भयो । १५ शैयाको अस्पताल दर्ता गरेर उनी त्यसका प्रबन्ध निर्देशक बने ।

    कम उमेरमै अस्पतालको निर्देशक बनेको विषयलाई तत्कालीन केही सञ्चारमाध्यमले समेत समाचारको विषय बनाएका थिए । तर अस्पताल व्यवसायको यात्रा सहज रहेन ।

    २०६९ सालमा स्वास्थ्य सेवा निर्देशनालयले अस्पताल सञ्चालनका लागि नयाँ मापदण्डसहितको निर्देशिका जारी गरेपछि आफ्नो जग्गा नभएका कारण ल्यान्डमार्क हस्पिटल बिक्री गर्नुपर्ने अवस्था आयो । भुसालले त्यसलाई अन्त्य मानेनन् ।

    एउटा अस्पताल बेचियो, अर्को खोलियो
    २०७० सालमा बुटवलको भुड्कीचोकमा पुनः अर्को अस्पताल दर्ता गरेर देवदह हस्पिटल प्रालि सञ्चालनमा ल्याए, उनले । तर शहरी विकास तथा भवन डिभिजन कार्यालय भैरहवाले उक्त भवनलाई अस्पताल सञ्चालनका लागि स्वीकृति नदिएपछि त्यो अस्पताल पनि बिक्री गर्नुप¥यो ।

    त्यसपछि केही समय देवदह मेडिकल कलेजमा आबद्ध भए । फेरि नयाँ योजना बनाए । बुटवल–११ नहरपुरमा छ कट्ठा जग्गा खरिद गरेर अस्पताल सञ्चालन गर्ने तयारी थाले । केही पूर्वाधार निर्माणको कामसमेत अघि बढ्यो । तर त्यसैबिच कोरोना संक्रमण सुरु भयो । अस्पताल बनाउने योजना फेरि थाती रह्यो ।


    स्वास्थ्य क्षेत्र छाडेर फर्निचरमा
    अस्पताल व्यवसाय छाड्नुको कारणबारे भुसाल भन्छन्, अस्पताल सञ्चालनमा समय र व्यस्तता धेरै हुने मात्र होइन, सरकार परिवर्तनसँगै स्वास्थ्य नीति परिवर्तन हुँदा लगानीकर्तासमेत मर्कामा पर्ने र सञ्चालकको लगानी सुरक्षाको ग्यारेन्टी नहुने भएकाले स्वास्थ्य व्यवसाय अन्य व्यवसायभन्दा बढी जोखिमपूर्ण र झन्झटिलो भएको अनुभव भयो ।

    त्यसपछि उनले नयाँ व्यवसायमा हात हाले । ‘मदाने ट्रेडर्स’ नामको फर्म दर्ता गरे । उनले भारतबाट सर्जिकल इक्विपमेन्टका सामान आयात गरी बिक्री वितरण गर्न थाले । त्यही क्रममा एक जना दाजुले आफ्नो फर्निचर उद्योग बिक्री गर्न लागेको जानकारी पाएपछि उनले उक्त फर्म खरिद गरे । त्यसपछि सुरु भयो—मदाने फर्निचरको यात्रा ।

    १० लाखबाट मासिक खर्च, ५ करोड लगानी
    सुरुमा नयाँ व्यवसाय कस्तो हुन्छ भनेर परीक्षणका रूपमा फर्निचर क्षेत्रमा प्रवेश गरेका भुसाल विस्तारै यसै व्यवसायमा जम्दै गए ।
    उनका अनुसार अहिले बुटवल –११ को नहरपुरमा मदाने फर्निचरमा करिब ५ करोड रुपैयाँ लगानी भइसकेको छ । सम्पूर्ण व्यवसायको अनुमानित पुँजी भने ५ देखि ७ करोड रुपैयाँ रहेको उनको भनाइ छ । मदाने फर्निचरमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब ३५ जना आबद्ध छन् । कर्मचारीको तलबलगायत मासिक खर्च करिब १० लाख रुपैयाँ हुने उनी बताउँछन् ।
    हाल फर्निचर उद्योग आफ्नै करिब छ कट्ठा जग्गा र भवनमा सञ्चालन भइरहेको छ ।

    ‘स्वदेशमै उत्पादन, स्वदेशमै खपत’
    फर्निचर व्यवसायमा टिकिरहनुको एउटा महत्वपूर्ण कारण आफ्नै उत्पादन र स्वदेशी बजार भएको भुसाल बताउँछन् ।
    उनको भनाइमा व्यवसाय सुरु गरेपछि विस्तारै ‘आफ्नै उत्पादन, स्वदेशकै उत्पादन, स्वदेशमै खपत’ भन्ने अवधारणालाई आत्मसात गर्दै गए ।

    फर्निचर व्यवसायमा स्वास्थ्य क्षेत्रमा जस्तो औषधि वा सामग्री बिग्रिने तथा म्याद गुज्रिने समस्या नहुने र अस्पतालजस्तो २४ घण्टा सञ्चालन गर्नुपर्ने बाध्यता पनि नरहेको उनको अनुभव छ । मदाने फर्निचरको मुख्य आकर्षण नयाँ–नयाँ डिजाइनका फर्निचर रहेको उनी बताउँछन् ।

    साल, सिसौ, सगुनलगायतका काठ तथा एग्रेडका सामग्री प्रयोग गरेर घरका सम्पूर्ण आवश्यक फर्निचरदेखि कार्यालयका फर्निचरसम्म उत्पादन गरिने उनको भनाइ छ ।

    व्यवसायमा परिवारको साथ
    मदाने फर्निचरको सञ्चालनमा भुसाल एक्लै छैनन् । उनकी श्रीमती झरना खनाल तथा छोराहरू आयाम भुसाल र आरम्भ भुसालको पनि व्यवसायमा प्रत्यक्ष भूमिका रहेको उनी बताउँछन् ।
    यसरी मदाने फर्निचर अहिले व्यवसायसँगै परिवारको सहभागितामा अघि बढिरहेको उद्यम बनेको छ ।

    ‘समाज हामीले बनाउने हो’
    व्यवसायसँगै भुसालको सामाजिक सक्रियता पनि अघि बढिरहेको छ । उनी विभिन्न संघसंस्थाको नेतृत्वमा रहेको बताउँछन् । सामाजिक काममा आफ्नो रुचि र लगाव रहेको भन्दै भुसाल भन्छन्–‘हाम्रो समाज हामीले बनाउने हो ।’
    यही सोंचका कारण सामाजिक काममा आफूले बढी रुचि राख्ने उनको भनाइ छ ।

    राजनीतिमा पनि रुचि
    व्यवसाय र सामाजिक कामसँगै भुसालको राजनीतिक यात्रा पनि अघि बढिरहेको छ । उनी नेकपा एमाले गुल्मी जिल्ला कमिटीका सचिवालय सदस्य छन् । विभिन्न संघसंस्थाको नेतृत्वमा समेत आफू आबद्ध रहेको उनी बताउँछन् ।

    राजनीतिलाई समाज र राज्यलाई सही दिशा दिने माध्यमका रूपमा लिने भुसालको तत्कालका लागि भने पालिका अध्यक्ष वा सांसद बन्ने योजना छैन । भविष्यमा परिस्थिति बने त्यसबेला सोचविचार गरेर अघि बढ्ने उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij