२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अदृश्य आँसु, मुस्कान र जीवनको अनवरत यात्रा

अदृश्य आँसु, मुस्कान र जीवनको अनवरत यात्रा

अदृश्य आँसु, मुस्कान र जीवनको अनवरत यात्रा

अदृश्य आँसु, मुस्कान र जीवनको अनवरत यात्रा

अदृश्य आँसु, मुस्कान र जीवनको अनवरत यात्रा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • सुजन न्यौपाने
    मुस्कान केवल ओठको मोड वा अनुहारको एउटा अभिव्यक्ति मात्र होइन, यो कहिलेकाहीँ मानिसको सबैभन्दा बलियो ढाल र गहिरो रहस्य पनि बन्न पुग्छ । बाहिरबाट हेर्दा देखिने उज्यालो र हँसिलो अनुहारको पछाडि कति धेरै आँसु, निराशा र नभनिएका वेदनाहरू लुकेका हुन्छन् भन्ने कुरा त्यो मुस्कान पहिरिने मानिसलाई मात्र थाहा हुन्छ ।


    मेरो भोगाइमा सुखमा मुस्कुराउनु सामान्य मानवीय स्वभाव हो, तर दुःख र पीडाको भुमरीमा परेर पनि मुस्कानलाई ओठबाट नछाड्नु एउटा बेग्लै जीवन–दर्शन हो । जब पीडाहरू श्रृंखलाबद्ध रूपमा आउन थाल्छन्, मानिसका अगाडि दुईवटा बाटो बाँकी रहन्छन्, कि त ती पीडाको अगाडि घुँडा टेकेर सधैँका लागि रुनु, कि त ती पीडालाई आफ्नो नजिकको मित्र मानेर मुस्कुराउँदै अगाडि बढ्नु ।


    पीडा र दुःख मेरो जीवनका सबैभन्दा नजिकका सहयात्री
    जीवनको यात्रामा खुसीहरू प्रायः क्षणिक हुन्छन् । ती पाहुनाजस्तै आउँछन्, केही समय बिताउँछन् र बिदा हुन्छन् । तर दुःख, निराशा र पीडाहरू यस्ता साथी हुन्, जसले कहिल्यै साथ छाड्दैनन् । जब दुःख र पीडा जीवनका अभिन्न हिस्सा बन्छन्, तब मानिसले तिनलाई शत्रु ठान्न छाड्छ । तिनलाई आफ्नै नजिकको मित्रको रूपमा स्वीकार गर्न थाल्छ ।
    सुखले मानिसलाई भ्रममा राख्न सक्छ, तर दुःखले सधैँ यथार्थको ऐना देखाउँछ ।
    पटक–पटक आउने पीडाहरूले मानिसको मनलाई गहिरो र सहनशील बनाउँछन् ।


    जब दुःखलाई शत्रु नभई आफ्नै जीवनको एउटा पाटो मानिन्छ, तब त्यसले मानिसलाई भित्रैबाट बलियो बनाउँछ
    जब मानिस पटक–पटक अरूबाट ठगिन्छ, लुटिन्छ वा धोका पाउँछ, तब उसको मनमा गहिरो चोट पुग्छ। तर, अनुभव र समयसँगै त्यो चोटलाई व्यक्त गर्ने तरिका परिवर्तन हुन्छ । पहिलो पटक ठगिँदा आउने आँसु, बिस्तारै–बिस्तारै एउटा गम्भीर मुस्कानमा परिणत हुन्छ ।


    यो मुस्कान हारको वा कमजोरीको प्रतीक होइन । यो त जीवनका कठोर सत्यहरूलाई बुझिसकेपछिको एउटा दरिलो सङ्केत हो ।
    ठगिएपछि आउने मुस्कानले भन्ने गर्छ —
    ‘मलाई तिम्रो नियत थाहा भइसक्यो, तर म आफ्नो संस्कार छाड्दिनँ ।’
    आफ्नो कमजोरी वा पीडा अरूका अगाडि देखाएर सहानुभूति बटुल्नुभन्दा मुस्कानको ढाल ओढेर उभिनु धेरै गुणा सम्मानजनक हुन्छ ।
    जब कसैले तपाईंलाई दुःखी बनाउन खोज्छ र तपाईं मुस्कुराइदिनुहुन्छ, तब उसको ठग्ने प्रयास वा षड्यन्त्र त्यहीँ विफल हुन्छ ।


    आफन्तको छल र दरिलो बन्दै गएको ओठको घेरा
    पराएले छल गर्दा मन दुख्छ, तर त्यो दुखाइ समयसँगै निको हुन्छ । जब आफ्नै भनिएकाहरू, जसलाई आफ्नो मुटुको टुक्रा वा विश्वासको खम्बा मानेको हुन्छ, तिनैले छल गर्छन्, तब मुटुमा परेको घाउ धेरै गहिरो हुन्छ ।
    आफन्तको छलले मानिसलाई भित्रैबाट भाँच्छ, तर यही भाँचिएको मनलाई जोड्ने काम फेरि त्यही मुस्कानले गर्छ ।
    आफन्तको छलले मानिसलाई नाता र सम्बन्धको वास्तविक धरातल बुझ्न मद्दत गर्छ ।


    यस्तो छलपछि ओठमा आउने मुस्कान झनै दरिलो, गम्भीर र कठोर बन्छ। यो मुस्कानले मानिसलाई कसैमाथि अन्धो विश्वास नगर्न र आफ्नै बलमा उभिन सिकाउँछ ।


    साँचीकै म जीवनरूपी बाटोको यक यात्री हुँ । कसैले चाँडै आफ्नो गन्तव्य भेट्छन् भने कसैको यात्रा अनन्तसम्म चलिरहन्छ। गन्तव्य नभेटिनु, बाटोमा हजारौँ हिलाम्मे र काँढाघारीहरू भेटिनु, र अझै पनि हिँडिरहनु नै जीवनको वास्तविक सौन्दर्य हो ।
    ‘गन्तव्य त केवल यात्राको अन्त्य हो, तर वास्तविक जीवन त त्यही यात्राका पाइलाहरूमा लुकेको हुन्छ ।


    जब गन्तव्य टाढा हुन्छ र बाटो कठिन, तब ओठको मुस्कान नै यात्रीको सबैभन्दा ठूलो ऊर्जा बन्छ । यसले थाकेका पाइलाहरूलाई अगाडि बढाउने हौसला दिन्छ र अँध्यारो बाटोमा पनि उज्यालोको आशा जगाउँछ ।


    मुस्कान सधैँ खुसीको अभिव्यक्ति मात्र होइन, यो सङ्घर्षको विगुल पनि हो । पीडामा मुस्कुराउने मानिसलाई संसारको कुनै पनि शक्तिले सजिलै हराउन सक्दैन ।


    तेयो आन्तरिक शक्ति किन नहोस: बाहिर मानिसहरूले तपाईंको ओठको मुस्कान मात्र देख्छन्, तर त्यसका पछाडि लुकेको आँसुको महासागर र सङ्घर्षको कथा तपाईंको आन्तरिक शक्ति हो ।
    मलाई लाग्छ र मेरो वास्तविक भोगाईले भन्छ चिच्याएर, रोएर वा आफ्नो दुखाइ अरूलाई देखाएर पीडा कम हुँदैन । शान्त रहेर मुस्कुराउँदा मनले एउटा बेग्लै प्रकारको धैर्यता र शान्ति प्राप्त गर्छ ।


    जीवनमा जतिसुकै आँधीबेहरी आए पनि, आफन्तहरूले साथ छाडे पनि, र गन्तव्य अझै धमिलो नै देखिए पनि, आफ्नो ओठको दरिलो मुस्कानलाई कहिल्यै हराउन नदिनुहोस् । यही मुस्कान नै तपाईंको सबैभन्दा ठूलो जित हो । अन्ततः मलाई हराउन खोज्नेहरूले मलाई सिध्याउन सकेनन्; तिनले त केवल मेरो ओठको मुस्कानलाई अझै परिपक्व बनाइदिए र यही मुस्कान नै मेरो जीवनको सबैभन्दा सुन्दर बदला र अन्तिम जित बन्यो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij