२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पहिरोमा परेर रोल्पामा ५ दिनमा १८ जनाको मृत्यु

पहिरोमा परेर रोल्पामा ५ दिनमा १८ जनाको मृत्यु

पहिरोमा परेर रोल्पामा ५ दिनमा १८ जनाको मृत्यु

पहिरोमा परेर रोल्पामा ५ दिनमा १८ जनाको मृत्यु

पहिरोमा परेर रोल्पामा ५ दिनमा १८ जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • बुटवल । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा ५ दिनमा पहिरोले पुरिएर १८ जनाको मृत्यु भएको छ ।

    गएराति आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । गएराति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले च्यापिएर ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनी घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जनाएका छन् ।

    बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् । २ जनाको बुटवलमा उपचार चलिरहेको छ ।

    त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको थियो । लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरोले समस्या पारिरहेको जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij