बुटवल । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




