२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्याङ्जाका ११ पालिकाको बेरुजू झण्डै १ अर्ब

स्याङ्जाका ११ पालिकाको बेरुजू झण्डै १ अर्ब

स्याङ्जाका ११ पालिकाको बेरुजू झण्डै १ अर्ब

स्याङ्जाका ११ पालिकाको बेरुजू झण्डै १ अर्ब

स्याङ्जाका ११ पालिकाको बेरुजू झण्डै १ अर्ब
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • स्याङ्जा। स्याङ्जाका स्थानीय पालिकाको झण्डै एक अर्ब रुपैयाँ बेरुजू देखिएको छ । जिल्लाका ५ नगरपालिकाको ६६ करोड ५ लाख १६ हजार र ६ गाउँपालिकाको २९ करोड ४० लाख ४७ हजार गरी जिल्लाका ११ पालिकाको ९५ करोड ४५ लाख ६३ हजार रुपैयाँ बेरुजू देखिएको हो ।

    महालेखापरीक्षणको कार्यालयले आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्म गरेको सम्परीक्षणबाट उक्त रकम बेरुजू देखिएको छ । महालेखाले हालै प्रकाशित गरेको प्रतिबेदनमा कारबाही रुवरुप असुल गर्नुपर्ने, अपुग कागजात पेश गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की रकमलाई बेरुजूको रुपमा लिएर स्थानीय पालिकागत बेरुजू रकम उल्लेख गरेको छ । 

    जिल्लाका ५ नगरपालिका मध्ये सबै भन्दा बढि बेरुजू पुतलीबजारमा २४ करोड ७२ लाख १२ हजार छ भने सबै भन्दा कम भीरकोटमा ५ करोड २७ लाख ४३ हजार रहेको छ । ६ गाउँपालिका मध्ये सबै भन्दा बढि हरिनाशमा ९ करोड २४ लाख १५ हजार छ भने ुबै भन्दा कम बिरुवामा एक करोड ९५ लाख ६३ हजार रुपैयाँ बेरुजू रहेको छ । 

    नगरपालिका तर्फ पतलीबजारपछि बढि बेरुजू हुने नगरमा गल्याङ्को १४ करोड ५५ लाख ७६ हजार रहेको छ । चापाकोटको १४ करोड २८ लाख ९१ हजार रुपैयाँ बेरुजू हुँदा वालिङको ७ करोड २० लाख ९४ हजार रुपैयाँ बेरुजू देखिएको छ ।

    गाउँपालिका तर्फ भने सबै भन्दा कम बिरुवासँगै कालिगण्डकीको २ करोड ७७ लाख ३६ हजार छ भने फेदिखोलाको ४ करोड ९५ लाख बेरुजू रहेको महालेखाको प्रतिबेदनमा उल्लेख छ । आँधीखोलाको ५ करोड १६ लाख १३ हजार बेरुजू हुँदा अर्जुनचौपारीको बेरुजू ५ करोड ३१ लाख २० हजार रुपैयाँ रहेको छ । 

    आधारभूत तथ्याङ्क संकलन नगर्ने, वार्षिक प्रतिबेदन समेत तयार नगर्ने, योजनागत खाता नराख्ने, राजश्व परामर्श समिति नबन्नु, श्रोतको अनुमान र बजेट सिमा नहुनुले बेरुजू बढ्नका साथै बैठक भत्ता, भ्रमण भत्ता, तालिम, गोष्ठी गरेर बजेटलाई वितरण गर्नु स्थानीय पालिकाको चुनौती रहेको महालेखाले हालै प्रकाशन गरेको प्रतिबेदनले जनाएको छ । 

    जनप्रतिनिधिले कार्यकर्ता पोस्न वा वितरणमुखी बजेट विनियोजन गर्दा बेरुजू बढ्दै गएको महालेखाले औल्याएको छ । बजेटको पूर्व तयार, लेखाको मान अनुसार भुक्तानी नहुँदा स्थानीय सरकार संचाल ऐन, २०७४ को दफा ७४ (२) अनुसार सार्वजनिक खरिद नियमावली समेत बनाउन नसक्दा बेरुजू बढ्ने क्रममा रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij