२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सूर्यपुरा बहुमुखी क्याम्पसमा पाँच करोडमा बन्यो भव्य भवन

सूर्यपुरा बहुमुखी क्याम्पसमा पाँच करोडमा बन्यो भव्य भवन

सूर्यपुरा बहुमुखी क्याम्पसमा पाँच करोडमा बन्यो भव्य भवन

सूर्यपुरा बहुमुखी क्याम्पसमा पाँच करोडमा बन्यो भव्य भवन

सूर्यपुरा बहुमुखी क्याम्पसमा पाँच करोडमा बन्यो भव्य भवन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • जगिलाल थापा
    कञ्चन
     रुपन्देहीको गैँडहवा गाउँपालिका वडा नं. ६ सूर्यपुरामा सूर्यपुरा बहुमुखी क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । गैँडहवा गाउँपालिकाको करिब ५ करोड लगानीमा करिब ३ विगाह क्षेत्रफलमा निर्माण भएको उक्त भवन ३ वर्षमा सम्पन्न भएको हो ।


    वि.सं. २०६९ सालमा स्थापना भएको उक्त क्याम्पसको सभाहलसहित चार तलाको २४ कोठे भवन निर्माण भएको सूर्यपुरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कैलाश यादवले जानकारी दिनु भएको छ । नवनिर्मित उक्त क्याम्पस भवनमा आज स्थानीयहरुको विशेष ¥याली तथा पूजा आराधना सहित गृह प्रवेश गराइएको क्याम्पस प्रमुख यादवले जानकारी दिए ।
    नवनिर्मित क्याम्पस भवनको उद्घाटन तथा गृह प्रवेश गर्दै गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले ग्रामीण क्षेत्रमा उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको सूर्यपुरा बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन गर्न पाउँदा अत्यन्त खुसी लागेको र गाउँपालिकाको न्यून आयाश्रोतका बाबजुद पनि शिक्षाको चौतारी बनाउनमा लगानी गर्न पाएको प्रति निकै हर्षित भएको विचार व्यक्त गरे । 


    यस्तै गाउँपालिकाका निवर्तमान अध्यक्ष बछुलाल केवटले सूर्यपुरा बहुमुखी क्याम्पसको यो अत्याधुनिक भवन निर्माण सम्पन्न हुनु गैँडहवाका लागि गौरवको विषय भएको कुरा उल्लेख गर्दै यसको परिकल्पना र निर्माणमा जनप्रतिनिधि, स्थानीयवासी तथा क्याम्पस परिवारको महत्वपूर्ण योगदान रहेको बताए ।


    यस्तै गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सूर्यपुरा बहुमुखी क्याम्पसको नवनिर्मित भवन निर्माणमा जनप्रतिनीधि, कर्मचारी, अभिभावक, क्याम्पस सभासद, स्थानीय अभिभावक तथा शुभेच्छुकहरुको अथक प्रयास र लगानी रहेको उल्लेख गर्दै भवनलाई केवल संरचनाका रूपमा नभई गुणस्तरीय शिक्षा र भविष्य निर्माणको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।


    कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष विजय शर्माले सूर्यपुरा बहुमुखी क्याम्पसको नवनिर्मित भवनले यस क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न थप सहज वातावरण सिर्जना गर्ने र  पालिकाको लगानीमा बनेको संरचनाको सही उपयोग गर्दै गुणस्तरीय शिक्षा र प्राविधिक ज्ञान प्रदानमा क्याम्पसको विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै वडा अध्यक्ष शर्माले क्याम्पसलाई यस क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सबैको सहकार्य आवश्यक रहने विचार व्यक्त गरे ।


    यसैगरी वडा नं. ९ का वडा अध्यक्ष मीना क्षेत्रीले कुनै पनि शैक्षिक संस्थाहरुमा जति राम्रो पढाई हुने भए पनि भौतिक पूर्वाधार विकास भएन भने त्यो शैक्षिक संस्थाको प्रचार र आकर्षण कमी हुने उल्लेख गर्दै नवनिर्मित सूर्यपुरा बहुमुखी क्याम्पस भवनले यस क्षेत्रको शैक्षिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् । वडा अध्यक्ष क्षेत्रीले भवन निर्माणसँगै शिक्षाको गुणस्तर वृद्धि, अनुशासन, प्रविधिमैत्री शिक्षण र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिनमा क्याम्पस र सरोकारवाला सबैको ध्यान जानु पर्नेमा जोड दिए ।  


    कार्यक्रममा क्याम्पस प्रमुख कैलाश यादवले क्याम्पसको भवन निर्माण प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी आकर्षण र दक्ष जनशक्ति उत्पादनका लागि शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको कुरामा जोड दिए ।


    क्याम्पस सञ्चालक समितिका अध्यक्ष तिलकराम रिजालको अध्यक्षतामा भएको भएको कार्यक्रममा क्याम्पस अनुगमन समितिका संयोजक अयाध्या सिंह, क्याम्पस सञ्चालन समितिका सल्लाहकारहरु रामवली यादव, टीकाराम शर्मा, रामदेव यादव, अशोक मौर्य, मञ्जय बरई लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रामचन्द्र यादवले स्वागत गर्दै अब क्याम्पसको भौतिक पूर्वाधार विकाससंगै गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन र विद्यार्थीलाई रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिनमा क्याम्पसको मुख्य जोड रहने विचार व्यक्त गरे । स्थानीय अभिभावक, क्याम्पस सभासद, विद्यार्थी, शिक्षक, जनप्रतिनीधि, कर्मचारीलगायतको सहभागितामा भएको कार्यक्रममा स्थानीय तथा विद्यार्थीहरुद्वारा विभिन्न नृत्य तथा कला प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन भने चुरामणी पौडेल र उमेश यादवले गरेका थिए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij