२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा–८ मा तनाव व्यवस्थापन प्रशिक्षण

तिलोत्तमा–८ मा तनाव व्यवस्थापन प्रशिक्षण

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले रिसका कारण तनाव उत्पन्न हुने भएकाले कोही पनि रिसाउन नहुने सुझाव दिए ।

तिलोत्तमा–८ मा तनाव व्यवस्थापन प्रशिक्षण

तिलोत्तमा–८ मा तनाव व्यवस्थापन प्रशिक्षण

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले रिसका कारण तनाव उत्पन्न हुने भएकाले कोही पनि रिसाउन नहुने सुझाव दिए ।

तिलोत्तमा–८ मा तनाव व्यवस्थापन प्रशिक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • तिलोत्तमा । पछिल्लो समय आम नागरिकमा देखिने तनावको समस्य कम गराई स्वस्थ समाज बनाउने उद्देश्यले तिलोत्तमा ८ मा तनाव व्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ ।

    संगम टोल विकास संस्थाको आयोजना र संगम दिदी बहिनी समूहको सहआयोजनामा कार्यक्रम भएको हो ।  कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले व्यक्तिमा तनाव कम गराउने सम्बन्धी प्रशिक्षण दिएका छन् । 


    प्रशिक्षक अधिकारीले हरेक परिवारका सबै सदस्यले बिहानमा नियमित योगा तथा शारीरिक व्यायाम गर्ने, सन्तुलित खानपान र पर्याप्त पानी पिउने, सकारात्मक सोच र व्यवहार गर्ने, मदिरा, धूम्रपान जस्ता स्वास्थयलाई हानि गर्ने पदार्थ सेवन गर्न नगर्ने हो भने तनाव स्वतः कम हुने बताए । 


    तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले रिसका कारण तनाव उत्पन्न हुने भएकाले कोही पनि रिसाउन नहुने सुझाव दिए । नगर प्रमुख खांणले तिलोत्तमा नगरवासीहरु कोही पनि रिसाउन नहुनेमा जोड दिए । रिसका कारण नै परिवार र समाजमा झगडा तथा विवादहरु हुने र त्यसले तनाव सिर्जना गर्ने भएकाले रिसलाई नियन्त्रण गर्नु नै तनावको सही उपचार हुने स्पष्ट पारे । नगरलाई मानवताको नगर बनाउन पनि तनाव व्यवस्थापन जरुरी हुने उनले बताए । 

    तिलोत्तमा  ८ का वडाध्यक्ष कृष्ण पौडेलले पछिल्लो समय घर घरमा विभिन्न कारणले तनावको समस्या देखिएको बेला टोल विकास र संस्था र दिदी बहिनी समूहले टोलवासीका लागि तनाव व्यवस्थापन प्रशिक्षण आयोजना गर्नु ज्यादै सकारात्मक रहेको भन्दै कार्यक्रम आयोजनाको खर्च नगरपालिकाले व्यवस्थापन गर्ने बताए । 


    नगर प्रमुख खांणले समेत कार्यक्रमको खर्चको भार टोल विकास संस्थालाई नपार्ने प्रतिवद्धता जनाए ।


    कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष बाबुराम खरेल, उपाध्यक्ष संगिता घिमिरे, सचिव जिवराज न्यौपाने, संगम दिदी बहिनी समूहकी सचिव गिता शर्मा लगायतले टोलवासीको माग अनुसार विभिन्न रचनात्मक र सामाजिक कार्यक्रमहरु गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने बताउनुभएको थियो ।   

    कार्यक्रममा टोलवासीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।  


    समाजमा गरिबी, बेरोजगारी, परिवारमा न्यून आम्दानी तर महँगीका कारण खर्च बढी, घरायसी विवाद, सम्बन्धमा समस्या, कामको बोझ,पर्याप्त निद्रा नहुनु जस्ता कारणले व्यक्तिमा तनावको समस्या हुने चिकित्सकहरुको भनाई छ ।  

    775333687_1618031263320267_2487480391081556570_n.jpg
    775523795_1618031343320259_1642981385767310824_n.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij