२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मौद्रिक नीतिपछिको सेयर बजारमा सर्किट ब्रेक

मौद्रिक नीतिपछिको सेयर बजारमा सर्किट ब्रेक

मौद्रिक नीतिपछिको सेयर बजारमा सर्किट ब्रेक

मौद्रिक नीतिपछिको सेयर बजारमा सर्किट ब्रेक

मौद्रिक नीतिपछिको सेयर बजारमा सर्किट ब्रेक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • काठमाडौं । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै सर्किट ब्रेक लागेको छ ।१ घण्टामै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ । २० मिनेटका लागि कारोबार स्थगित भएको छ।

    गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।

    सर्किट ब्रेक लाग्दा बैंकिङ सूचक सबैभन्दा धेरै ७.३ प्रतिशत बढेको छ । विकास बैंक २.८, फाइनानस १.३, होटल तथा पर्यटन १.७, हाइड्रोपावर २.२, जीवन बीमा २.३, उत्पादन ३.२, माइक्रोफाइनान्स २.२, अन्य ४.६ तथा व्यापार समूह ५.३ प्रतिशत बढेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij