२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा प्रदेशस्तरीय जलवायु तालिम सम्पन्न

लुम्बिनीमा प्रदेशस्तरीय जलवायु तालिम सम्पन्न

लुम्बिनीमा प्रदेशस्तरीय जलवायु तालिम सम्पन्न

लुम्बिनीमा प्रदेशस्तरीय जलवायु तालिम सम्पन्न

लुम्बिनीमा प्रदेशस्तरीय जलवायु तालिम सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • भैरहवा । लुम्बिनी प्रदेशका रूपन्देही र कपिलवस्तु जिल्लाका १२ वटा स्थानीय तहका प्रतिनिधिहरूले जलवायु परिवर्तनको बढ्दो असरलाई सम्बोधन गर्न र विपद् जोखिम न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । हेल्पिङ ह्यान्डको आर्थिक सहयोग तथा ह्युमान रिलिफ अर्गनाइजेशन नेपालको आयोजनामा रुपन्देहीमा श्रावण २७ र २८ गते सञ्चालित दुई दिने प्रदेशस्तरीय जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण तालिमको समापनका अवसरमा सहभागी पालिकाहरूले घोषणापत्र जारी गरेका हुन् ।


    तालिम विशेष गरी स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, सम्बन्धित शाखाका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूलाई लक्षित गरी आयोजना गरिएको थियो । दुई दिनसम्म चलेको प्रशिक्षण सत्रहरूमा विपद् तथा जलवायु क्षेत्रका विज्ञ प्रशिक्षक नवीन दाहालले मुख्य सहजीकरण गरेका थिए । उनले स्थानीयस्तरमा देखिने विपद्का जोखिमहरूको सही व्यवस्थापन, जलवायु परिवर्तनका विश्वव्यापी तथा स्थानीय प्रभाव, अनुकूलनका उपायहरू र जोखिम न्यूनीकरणका व्यावहारिक विधिहरूबारे विस्तृत रूपमा व्यावहारिक ज्ञानबारे प्रशिक्षण दिएका थिए ।


    कार्यक्रमको समापन समारोह ह्युमान रिलिफ अर्गनाइजेशन नेपालका अध्यक्ष अब्दुल अजिजको अध्यक्षतामा भएको समापन समारोहमा हेल्पिङ ह्यान्डका म्यानेजर जीव पोखरेल, संस्थाका इआरडिएम हेड तथा मिडिया हेड रब्बानी आलम लगायत विभिन्न सामाजिक तथा नागरिक समाजका प्रतिनिधि र अतिथिहरूको उपस्थिति रहेको थियो । समारोहमा बोल्दै अतिथिहरूले जलवायु परिवर्तनको असर कुनै एउटा निश्चित भूगोल वा पालिकामा मात्र सीमित नहुने भएकाले यसको सामना गर्न छिमेकी पालिकाहरूबीच समन्वय र सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका थिए ।


    तालिमको सबैभन्दा महत्वपूर्ण र दूरगामी उपलब्धिको रूपमा १२ वटा पालिकाका प्रतिनिधिहरूद्वारा सर्वसम्मतिमा स्वीकृत संयुक्त जलवायु प्रतिबद्धता घोषणापत्र सार्वजनिक गरिनु रहेको छ । उक्त घोषणापत्रमार्फत् सहभागी पालिकाहरूले आ–आफ्नो क्षेत्रको विकास निर्माण, योजना तर्जुमा तथा वार्षिक नीति र बजेटमा जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम न्यूनीकरणका विषयहरूलाई पहिलो प्राथमिकताका साथ समावेश गर्ने दृढ संकल्प व्यक्त गरे ।


    घोषणापत्रमा विपद्को समयमा जनधनको क्षति कम गर्न अत्याधुनिक बहुप्रकोप पूर्वसूचना प्रणालीलाई तल्लो तहसम्म सुदृढ र पहुँचयोग्य बनाइने साथै, विपद्पश्चात् सञ्चालन गरिने राहत, उद्धार तथा पुनरोत्थानका कार्यक्रमहरूलाई पूर्ण रूपमा निष्पक्ष, पारदर्शी, समान र समावेशी बनाउने प्रतिबद्धता जनाइएका छन् । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हुने वर्गहरू महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक तथा सीमान्तकृत समुदायको अधिकार र आवश्यकतालाई मध्यनजर गर्दै जलवायु र विपद् व्यवस्थापनका प्रत्येक चरणमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने संकल्प घोषणापत्रमा गरिएको छ ।


    आयोजकले यो घोषणापत्र केवल एउटा तालिम वा कार्यक्रमको समापनमा सीमित रहने औपचारिक दस्ताबेज मात्र नभएर जलवायु कार्यलाई स्थानीय सरकारको दैनिक नीति, योजना र व्यवहारमा रूपान्तरण गर्ने एउटा दीर्घकालीन साझा प्रतिबद्धताको सुरुवात भएको जनाएको छ । सहभागी प्रतिनिधिहरूले आगामी दिनमा आफ्ना पालिकाभित्र वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्ने, हरित विकासका अवधारणालाई प्रवद्र्धन गर्ने, दिगो जीवनशैली अपनाउन समुदायलाई प्रेरित गर्ने र प्राकृतिक स्रोत साधनको विवेकपूर्ण संरक्षणमा जोड दिने अठोट व्यक्त गरेका छन् । १२ पालिकाको यो एकीकृत र सामूहिक पहलले लुम्बिनी प्रदेशमा बढ्दो जलवायु जोखिमको सुदृढ सामना गर्न, स्थानीय नेतृत्वको क्षमता अभिवृद्धि गर्न र आपसमा अनुभव आदानप्रदान गर्दै एउटा सुरक्षित, समावेशी तथा उत्थानशील समुदाय निर्माण गर्न कोशेढुङ्गा साबित हुने विश्वास लिइएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij