२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छत्रदेव गाउँपालिकाको सेवा नयाँ प्रशासकीय भवनबाट सुरु

छत्रदेव गाउँपालिकाको सेवा नयाँ प्रशासकीय भवनबाट सुरु

छत्रदेव गाउँपालिकाको सेवा नयाँ प्रशासकीय भवनबाट सुरु

छत्रदेव गाउँपालिकाको सेवा नयाँ प्रशासकीय भवनबाट सुरु

छत्रदेव गाउँपालिकाको सेवा नयाँ प्रशासकीय भवनबाट सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • अनिल नेपाली
    अर्घाखाँची
    अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट सोमबारदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले एक समारोहबीच नवनिर्मित प्रशासकीय भवनको विधिवत् समुद्घाटन गर्दै नयाँ भवनबाट सेवा प्रवाहको शुभारम्भ गरेका हुन् ।


    गाउँपालिकाको आफ्नै आधुनिक र व्यवस्थित प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि नागरिकलाई सहज, व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ भवनबाट नियमित प्रशासनिक कामकाज सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।


    भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, वडा नम्बर १ देखि ८ सम्मका वडा अध्यक्षहरू, गाउँसभा सदस्य, कार्यपालिका सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, गाउँपालिकाका कर्मचारी, पत्रकार, समाजसेवी तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।


    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले नयाँ प्रशासकीय भवन गाउँपालिकाको संस्थागत विकाससँगै नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने महत्वपूर्ण पूर्वाधार भएको बताए । उनले भौतिक संरचना निर्माण हुनु मात्रै उपलब्धि नभई त्यस भवनबाट जनताले छिटो, सरल, पारदर्शी र गुणस्तरीय सेवा पाउनु मुख्य विषय भएको जनाए ।


    अध्यक्ष श्रेष्ठले गाउँपालिकाको प्रशासनिक कामलाई थप व्यवस्थित बनाउँदै सेवाग्राही नागरिकलाई सहज वातावरणमा सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । उनले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।


    नयाँ भवन सञ्चालनमा आएसँगै गाउँपालिकाका विभिन्न शाखा तथा प्रशासनिक सेवाहरू एउटै व्यवस्थित संरचनाबाट सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसअघि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाहमा देखिने विभिन्न कठिनाइहरू न्यूनीकरण हुने तथा सेवाग्राहीलाई समेत सुविधा पुग्ने गाउँपालिकाको विश्वास छ ।
    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनि पन्थीले नयाँ भवनले गाउँपालिकाको प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । उनले जनप्रतिनिधि र कर्मचारीबिचको समन्वयलाई अझ बलियो बनाउँदै नागरिकका समस्या समाधान गर्न स्थानीय सरकार निरन्तर सक्रिय हुनुपर्ने धारणा राखेका थिए ।


    त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै कार्यालयका प्रशासनिक गतिविधिलाई थप व्यवस्थित, चुस्त र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सेवाग्राहीलाई अनावश्यक झन्झट नदिई कानुनअनुसार छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारीहरूलाई जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
    कार्यक्रममा वडा अध्यक्षहरू, गाउँसभा तथा कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, जग्गादाता तथा स्थानीय सरोकारवालाहरूले पनि नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएर सेवा सञ्चालनमा आउनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।


    नवनिर्मित प्रशासकीय भवन गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहको केन्द्रका रूपमा रहनेछ । भवन निर्माणसँगै कार्यालयका विभिन्न शाखा तथा इकाइलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने र सेवाग्राहीले आवश्यक सेवा लिन विभिन्न स्थानमा धाउनुपर्ने अवस्थासमेत कम हुने अपेक्षा गरिएको छ ।


    छत्रदेव गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन तथा अन्य विकासका क्षेत्रमा काम गर्दै आएको अवस्थामा नयाँ प्रशासकीय भवन सञ्चालनमा आउनुलाई स्थानीय तहको संस्थागत विकासको अर्को महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।
    स्थानीय तहको प्रशासनिक संरचना बलियो बनाउन भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने भएकाले नयाँ भवनले गाउँपालिकाको दीर्घकालीन प्रशासनिक क्षमता विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । गाउँपालिकाले अब नयाँ भवनलाई केवल कार्यालय सञ्चालन गर्ने संरचनाका रूपमा नभई नागरिकमैत्री सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने जनाएको छ ।


    भवन उद्घाटन समारोहमा सहभागी जग्गादाता, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा समाजसेवीहरूले गाउँपालिकाको विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सबै पक्षबिच सहकार्य आवश्यक रहेको बताएका थिए ।


    नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएसँगै छत्रदेव गाउँपालिकाका नागरिकले स्थानीय सरकारबाट प्राप्त गर्ने प्रशासनिक तथा अन्य सेवाहरू थप सहज, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरेका छन् । गाउँपालिकाले आगामी दिनमा प्रविधिमैत्री, पारदर्शी र नागरिककेन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij