२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्रिय दैनिकहरूद्वारा विज्ञापन बजार व्यवस्थित गर्न सामूहिक प्रतिबद्धता

राष्ट्रिय दैनिकहरूद्वारा विज्ञापन बजार व्यवस्थित गर्न सामूहिक प्रतिबद्धता

राष्ट्रिय दैनिकहरूद्वारा विज्ञापन बजार व्यवस्थित गर्न सामूहिक प्रतिबद्धता

राष्ट्रिय दैनिकहरूद्वारा विज्ञापन बजार व्यवस्थित गर्न सामूहिक प्रतिबद्धता

राष्ट्रिय दैनिकहरूद्वारा विज्ञापन बजार व्यवस्थित गर्न सामूहिक प्रतिबद्धता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • बुटवल । नेपालको छापा माध्यम क्षेत्रमा देखिएको आर्थिक संकट, विज्ञापन बजारको अस्वस्थ प्रतिस्पर्धा, अनियमित मूल्य निर्धारण तथा भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न राष्ट्रिय दैनिक पत्रिकाहरूले सामूहिक प्रतिबद्धता घोषणा गरेका छन् ।
    काठमाडौंमा सोमबार सम्पन्न राष्ट्रिय दैनिकहरूको साझा भेलाले विज्ञापन बजारमा स्वस्थ प्रतिस्पर्धा, पारदर्शी कारोबार र सञ्चार उद्योगको दीगो विकासलाई प्राथमिकता दिँदै सामूहिक प्रतिबद्धता तथा घोषणा–पत्र जारी गरेको हो ।


    घोषणा–पत्रमा डिजिटल माध्यमको तीव्र विस्तार, विज्ञापन बजारमा आएको संकुचन, अस्वस्थ मूल्य प्रतिस्पर्धा तथा भुक्तानीमा देखिएको अनियमितताका कारण समग्र छापा माध्यम गम्भीर आर्थिक चुनौतीमा परेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा राष्ट्रिय दैनिकहरूबिच आपसी सहकार्य, समन्वय र व्यावसायिक मर्यादा कायम गर्न आवश्यक रहेको भेलाको निष्कर्ष छ ।
    राष्ट्रिय दैनिकहरूले विज्ञापन दरमा अनावश्यक प्रतिस्पर्धा नगर्ने र वास्तविक लागत तथा बजार मूल्यभन्दा अस्वाभाविक रूपमा कम दरमा विज्ञापन स्वीकार नगर्ने प्रतिबद्धता जनाएका छन् । विज्ञापनको आकार, स्थान, प्रकृति, प्रकाशन दिन तथा अन्य व्यावसायिक सुविधाका आधारमा पारदर्शी र स्पष्ट दर निर्धारण गर्ने उनीहरूको भनाइ छ ।


    त्यस्तै, विज्ञापन बजारमा न्यूनतम व्यावसायिक मापदण्ड कायम गर्न साझा आधारभूत विज्ञापन दर निर्धारण तथा कार्यान्वयनका लागि आवश्यक संयन्त्र निर्माण गर्ने घोषणा गरिएको छ । विज्ञापनदाता आकर्षित गर्ने नाममा अत्यधिक तथा अपारदर्शी छुट, कमिसन वा अन्य सुविधामार्फत् अस्वस्थ प्रतिस्पर्धा नगर्ने पनि प्रतिबद्धता गरिएको छ ।


    भेलाले विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चारमाध्यमबिच हुने कारोबारलाई पारदर्शी बनाउन स्पष्ट बिल, वास्तविक विज्ञापन मूल्य र प्रकाशनसम्बन्धी प्रमाणलाई प्राथमिकता दिने निर्णय गरेको छ । तेस्रो पक्षको नाममा हुने अपारदर्शी बिलिङ तथा भुक्तानी प्रणालीलाई निरुत्साहित गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने घोषणा पनि गरिएको छ ।


    विज्ञापन भुक्तानीमा सम्भव भएसम्म विज्ञापनदाता र सञ्चारमाध्यमबिच प्रत्यक्ष तथा पारदर्शी प्रणाली विकास गर्न पहल गरिने भएको छ । विज्ञापन एजेन्सीको वैधानिक तथा व्यावसायिक भूमिकालाई सम्मान गर्दै सञ्चारमाध्यमले प्राप्त गर्नुपर्ने रकम अनावश्यक रूपमा लामो समय रोक्ने वा अन्य प्रयोजनमा प्रयोग हुने अवस्थाको अन्त्यका लागि सम्बन्धित पक्षसँग संवाद गर्ने प्रतिबद्धता जनाइएको छ ।


    यसैगरी सरकारी तथा सार्वजनिक निकायबाट वितरण हुने विज्ञापनमा स्पष्ट, पारदर्शी र वस्तुनिष्ठ मापदण्ड लागू गर्न सरकारसँग आग्रह गरिएको छ । पत्रिकाको पहुँच, नियमितता, प्रसार, पाठक प्रभाव, विषयगत आवश्यकता तथा विज्ञापनको प्रकृतिलाई आधार बनाएर वैज्ञानिक विज्ञापन वितरण प्रणाली विकास गर्नुपर्ने माग भेलाले गरेको छ ।
    कुनै पनि सञ्चारमाध्यमलाई राजनीतिक वा अन्य आधारमा विभेद गर्ने तथा विज्ञापन रोक्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा पनि राष्ट्रिय दैनिकहरूले जोड दिएका छन् ।


    छापा माध्यमको आर्थिक संकटका कारण पत्रकार, कर्मचारी तथा यस क्षेत्रमा निर्भर परिवारहरूमा परेको प्रभावलाई ध्यानमा राख्दै श्रमजीवी पत्रकार तथा कर्मचारीको रोजगारी, पारिश्रमिक र पेशागत सुरक्षालाई मिडियाको आर्थिक स्थायित्वसँग जोडेर हेर्ने निर्णय गरिएको छ । यसका लागि दीगो समाधान खोज्न संयुक्त पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
    राष्ट्रिय दैनिकहरूले विज्ञापन नीति, कर नीति, कागज तथा मुद्रणसम्बन्धी लागत, सार्वजनिक विज्ञापन वितरण तथा सञ्चार उद्योगसम्बन्धी अन्य नीतिमा आवश्यक सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । सञ्चार उद्योगलाई सहायता वा विशेष सुविधामा मात्र निर्भर नभई स्वस्थ र प्रतिस्पर्धी उद्योगका रूपमा सञ्चालन गर्न सक्ने नीतिगत वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको छ ।


    भेलाले विज्ञापन बजार, दर निर्धारण, व्यावसायिक आचारसंहिता, सरकारी विज्ञापन, विज्ञापन एजेन्सीसँगको सम्बन्ध तथा सञ्चार उद्योगका साझा समस्यामा निरन्तर संवाद र समन्वय गर्न साझा संयन्त्र÷कार्यदल निर्माण गर्ने निर्णय पनि गरेको छ । उक्त संयन्त्रले आवश्यक अध्ययन गरी विज्ञापन दर, बजार व्यवस्थापन तथा अन्य विषयमा समयानुकूल सुझाव र कार्ययोजना प्रस्तुत गर्नेछ ।
    राष्ट्रिय दैनिकहरूले एकअर्काको व्यावसायिक अधिकार, प्रतिष्ठा र अस्तित्वको सम्मान गर्दै स्वस्थ प्रतिस्पर्धालाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।


    भेलाले “स्वस्थ विज्ञापन बजार, सबल राष्ट्रिय दैनिक र दिगो पत्रकारिता” लाई साझा लक्ष्यका रूपमा अघि सारेको छ । घोषणा–पत्रमा बजार कब्जा गर्ने उद्देश्यले नभई बजारलाई स्वस्थ बनाउन प्रतिस्पर्धा गर्ने, एकअर्कालाई कमजोर बनाउने नभई समग्र छापा माध्यमलाई बलियो बनाउन सहकार्य गर्ने र अस्वस्थ छुट तथा मूल्य प्रतिस्पर्धाको सट्टा गुणस्तरीय पत्रकारिता तथा विश्वसनीयताका आधारमा पाठक र विज्ञापनदाता आकर्षित गर्ने उल्लेख छ ।


    राष्ट्रिय दैनिकहरूको साझा भेलाले जारी गरेको घोषणा कुनै एक सञ्चारगृहको हितमा सीमित नभई समग्र राष्ट्रिय छापा माध्यम, पत्रकारिता क्षेत्र, श्रमजीवी पत्रकार तथा विज्ञापन बजारको दीर्घकालीन हितका लागि गरिएको साझा प्रतिबद्धता भएको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij