२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधि गुल्मी सम्पर्क समितिलाई

प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधि गुल्मी सम्पर्क समितिलाई

प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधि गुल्मी सम्पर्क समितिलाई

प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधि गुल्मी सम्पर्क समितिलाई

प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधि गुल्मी सम्पर्क समितिलाई
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • पाल्पा ।  दक्षिण कोरियामा आयोजना भएको ’प्रथम पाल्पा रानीमहल भलिबल कप २०२६’ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले चुम्न सफल भएको छ ।

    ’नमस्ते पाल्पा परिवार दक्षिण कोरिया’ को आयोजनामा आइतबार कोरियाको सुवोन शहरमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाइनल खेलमा २७ समुहलाई पछि पार्दै गुल्मी सम्पर्क समितिले  उपाधी जित्न सफल भएको हो ।  

    विजेता गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले  २२ लाख कोरियन वन (नगद), ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छ । यसै गरी उपविजेता  सुदूरपश्चिम समाज दक्षिण कोरियाले १२ लाख कोरियन वन नगद ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेका छ ।

    यसैगरी सान्त्वना स्थानमा स्याङ्जा टोली दक्षिण कोरिया र विश्वकर्मा टोली दक्षिण कोरियाले नगद  पाँच पाँच लाख कोरियन वन  ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेका छन । 

     प्रतियोगितामा व्यक्तिगत विधातातर्फ पनि खेलाडीहरूको मनोबल बढाउन आकर्षक नगद  र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । प्रतियोगितामा  उत्कृष्ट खेलाडीको रुपमा शिसिर विश्वकर्माले  १ लाख कोरियन वन र प्रमाणपत्र हात पारेका छन भने उत्कृष्ट स्पाइकरमा भरत रानाले  ५० हजार कोरियन वन र प्रमाणपत्र पुरस्कार पाएका छन ।

    यसैगरी प्रतियोगितामा चन्द्र भण्डारीले उत्कृष्ट सेटरको उपाधी सहित   ५० हजार कोरियन वन र प्रमाणपत्र पुरस्कार हात पारेका छन । उत्कृष्ट डिफेन्डरमा रविन दाहालले  ५० हजार कोरियन वन र प्रमाणपत्र पुरस्कार पाएका छन ।

    उत्कृष्ट ब्लकरमा पर्वत पुनले  ५० हजार कोरियन वन र प्रमाणपत्र पुरस्कार हात पारेका हुन । प्रतियोगितामा विजेता, उप विजेता सान्तवना तथा उत्कृष्ट  खेलाडी तथा सहभागी टिमहरुलाई  नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो । 

     प्रतियोगितामा दक्षिण कोरियाभरि रहेका नेपाली विभिन्न संघ–संस्था तथा क्षेत्रबाट गरी कूल २८ वटा टोलीहरूले  सहभागिता जनाएका थिए ।  खेलाडीहरूको अनुशासित र प्रतिस्पर्धात्मक खेल प्रदर्शनसँगै कोरियामा रहेका नेपाली दर्शकहरूको  उपस्थिति रहेको  थियो । आ आफ्नो टिमका दर्शकहरूको हुटिङ र उत्साहले प्रतियोगितालाई  रोचक बनाएको थियो । 

    ’खेलकुदबाट एकता, एकता नै हाम्रो राष्ट्रियता’ भन्ने मूल नाराका साथ आयोजित यस प्रतियोगिताले दक्षिण कोरियामा बसोबास गरिरहेका नेपाली समुदायलाई खेलकुदका माध्यमबाट एकताबद्ध बनाउनुका साथै आपसी भ्रातृत्व, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको ’नमस्ते पाल्पा परिवार दक्षिण कोरियाका अध्यक्ष मदन कुमार थापाले बताए । 

    आयोजक संस्था ’नमस्ते पाल्पा परिवार दक्षिण कोरिया’ प्रतियोगितालाई सभ्य र भव्य बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

    यस्ता खेलकुद प्रतियोगिताले दक्षिण कोरियामा कार्यरत तथा अध्ययनरत नेपाली समुदायबीच कार्यव्यस्तताका बाबजुद खेलकुदको माध्यमबाट सम्बन्ध विस्तार गर्न, भावनात्मक एकता कायम राख्न र आपसी सहयोगको भावना बढाउन अत्यन्त महत्त्वपूर्ण योगदान पु¥याएको आयोजक संस्थाका प्रमुख सल्लाहकार राजु रसालीले बताए ।  

    आगामी दिनहरूमा पनि यस्ता रचनात्मक र खेलकुद सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij