२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हलो जोत्ने घण्टप्रसादको अभियान

हलो जोत्ने घण्टप्रसादको अभियान

हलो जोत्ने घण्टप्रसादको अभियान

हलो जोत्ने घण्टप्रसादको अभियान

हलो जोत्ने घण्टप्रसादको अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • नारायण अधिकारी
    २०३६ सालमा राजाले पञ्चायती व्यवस्थाको विकल्प रोज्ने अवसर दिए– सुधारिएको पञ्चायत मन पराउँछौँ कि बहुदलीय व्यवस्था भनेर । यसको लागि जनमत संग्रह हुने भयो । म त्यति बेला १० कक्षामा पढ्थेँ । हामीमा पनि राजनीति चेतनाको झिल्को प्रवेश ग¥यो । हामी त्यसै बहुदलवादी भैयो । चासो लिन थालियो ।


    यहि क्रममा बहुदल प्रचारको शिलशिलामा  पाल्पाको लालपाटीमा मनमोहन अधिकारी आउनु भयो । त्यहाँ एकजना मदनपोखराकै मान्छेले जोशिलो भाषण गर्नु भयो, हाम्रा रौँ ठाडा हुने र हामीलाई जुरुक्कै उचाल्ने गरी । उहाँले आफ्नो घाँटी को रुद्रघण्टी छोएर भन्नू भयो– मेरो नाम नै घण्टप्रसाद । म चेतनाको घण्टी बजाउँदै हिंड्ने मान्छे । यो पञ्चायतले गरिब गुरुवाको जाद्रै जो थिचोमिचो ग¥यो । अब यसलाई मिल्काएर बहुदल ल्याउनु प¥र्यो । यसरी पहिलो पटक घण्टप्रसाद भन्ने मान्छेलाई मैले लालपाटीमा  चिनेँ ।


    यिनी कम्युनिस्ट हुन् । बाहुन भएर पनि माडी फाँटमा हलो जोत्ने अभियान चलाउने यिनै हुन् । हलो जोत्दा झ्यालखान पनि परेका हुन् । यी कडा छन् । यिनले सबै जातले पढ्नु पर्छ भन्छन्, छुवाछूतको विरोध गर्छन् । झार फुक नगर, डाक्टरको मा जाउ भन्छन् । उहाँको  बारेमा यस्ता धेरै कुरा उहाँ  सँगसँगै  हलो जोत्ने अभियानमा लागेका हाम्रो गाउँका  वामदेव नेपालले हामीलाई बताउनु भयो । तर उहाँसँग सँगै बसेर उहाँका कुरा सुन्ने अवसर पाएको थिएन् ।


     म २०४१÷ ४२ मा एक वर्ष जति पर्वत जिल्लामा बसेँ । स्व. हिरामणी सरले आफ्ना केही किताब फलेबास क्याम्पसलाई पठाइ दिनुभयो र म ती किताब छोड्न फलेबास गएँ । त्यहाँ एकजना बासँग भेट भयो – यज्ञप्रसाद लम्साल । मेरो घर पाल्पा भने पछि उहाँले घण्टप्रसाद सञ्चै छन् भनेर सोध्नु भयो । मलाई अचम्म लाग्यो, यति टाढाको मान्छेले घण्टप्रसादलाई कसरी चिन्यो ? उहाँले भन्नुभयो– ‘हामी एउटै  अभियानमा थियौं, हलो जोत अभियान । किसान संगठनमा पनि बसियो । राजनीतिमा पनि हिँडियो ।’
      त्यसपपछि त झन उहाँप्रति मेरो आत्मैदेखि आदर सम्मान बढेर गयो ।


    २०४६ सालको जन आन्दोलनको बेलामा कैयौं रात संगै छलफल  गर्ने अवसर जुट्यो । उहाले मसँग आफ्ना निकै मजबुत र फराकिला हतकेला ल्याएर हात मिलाउन खोज्दा मैले त्यो हात समाएर शीरमा लगेँ । उहाँ अचम्म मान्नु भो । मैले भनेँ – हजुर मेरो बाको उमेरको मान्छे  मलाई हात मिलाउन अप्ठेरो लागेर आशीर्वाद मागेको हुँ । उहाँले मेरो टाउकोमा हात राखेर भन्नु भयो – ‘यस्तो संस्कार भएको मान्छेलाई मेरो सधैँभरी आशीर्वाद छ । नेपाली  जनतालाई शोषणबाट मुक्त गराउने काममा सधैँ लागिरहनु होला ।’ म कृतकृत भएँ । पछि समय क्रममा धेरै पटक एउटै कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । उहाँका कुरा जहिले पनि जोशिला र अग्रगामी खालका हुन्थे । म केही वर्ष रेडियो मदनपोखरासँग पदीय हिसाबले आबद्ध हुँदा उहाँसँग अझ नजिक हुन र उहाँका विचार बुझ्ने अवसर पाएँ ।


    मदनपोखरा हरेक क्षेत्रमा अगाडि नाम आउने गाउँ –राजनीतिक चेतना, सामुदायिक वन, आत्मनिर्भरता कार्यक्रम, तरकारी खेती, सामुदायिक रेडियो यस्तै कति हो कति । मदनपोखराको नाम आउने बित्तिकै सबैले चिन्ने नाम घण्टप्रसाद अर्याल– घण्टु बा, घण्टु दाइ, घण्टप्रसाद बुवा । उहाँको योगदान कति छ, त्यो त त्यहीँका जनतालाई थाहा छ । हामी छिमेकी गाउँमा बस्ने र उहाँको  युगका युवा पुस्ताका लागि उहाँ एउटा प्रेरणाको श्रोत हुनुहुन्थ्यो । कतै केही काममा कसैले अल्छी गर्यो भने – उहाँ  घण्टप्रसाद बा त अझैसम्म सामाजिक काममा हिंड्दैै हुनुहुन्छ, तिमी हामीले अल्छी गर्ने हो र भनेर उदाहरण दिने उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो, उहाँ ।


    अब उहाँलाई गुमाइयो, दुःख लागेको छ । तर उहाँको  योगदान, उहाँको  प्रेरणा र आशीर्वादलाई सधैँ मनन गर्दै उहाँप्रति शब्द श्रद्धाञ्जली अर्पण गर्दछु ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij