२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कला विधामा घण्टप्रसाद

कला विधामा घण्टप्रसाद

कला विधामा घण्टप्रसाद

कला विधामा घण्टप्रसाद

कला विधामा घण्टप्रसाद
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • गुणाकर अर्याल

    स्मरण हुन्छ अरुको निम्ति, बाँचेर मर्नेको
    विष्मरण हुन्छ दुईपल्ट मर्छ, स्वलाभ गर्नेको ।।

    मानिस दुई खालका हुन्छन् । एक खालका हुन्छन्, नितान्त स्वार्थी । आफ्नै हीतलाई मात्र सर्वोपरी ठान्ने र अरुको हीतको निम्ति कहिल्यै चासो नराख्ने । उनीहरु केवल खानको निम्ति मात्र बाँचेका हुन्छन् । यस्ता मानिसहरु जीवनमा दुई पल्ट मर्छन् । एक पटक ज्यूँदै मरेका हुन्छन्, जसलाई ज्यूँदो लास पनि भनिन्छ ।  अर्को पटक भौतिक रुपबाटै मर्छन् । यस्ता मानिसहरुको मरण हुन्छ । विष्मरण हुन्छ र कहिल्यै कहिं स्मरण हँुदैन । अर्को खालका मानिस हुन्छन्, अरुका निम्ति बाँच्ने । उनीहरु बाँच्नका निम्ति खान्छन् । जीवनमा एक पटक मात्र मर्छन् । मरण पहाड जत्तिकै बोझिलो हुन्छ । धेरैजना शोकाकूल बन्छन् । धेरैले यस्ता व्यक्तिको योगदानको विभिन्न तरिकाले स्मरण गरिरहन्छन् । मरेर पनि मानस पटलमा सदा जीवित रहन्छन् । यही कित्तामा पर्छन्, तानसेन– ८ मदनपोखरा, पाल्पाका घण्टप्रसाद अर्याल ।


    वि.सं.१९८४ साल आश्विन २९ गते आइतबारका दिन मदनपोखरेली माटोले उनलाई पायो । यही श्रावण २३ का दिन ९९ वर्षको उमेरमा मदनपोखरेली माटोले उनलाई गुमायो । सामान्य लेखपढ मात्र गर्न जान्ने मानिस पनि बहुआयामिक प्रतिभाको धनी हुन सक्छ भन्ने ज्वलन्त उदाहरण बनेर उनी गए । उनलाई यो मुलुकले राजनीतिज्ञ, समाजसेवी, शिक्षा प्रेमी, विकास र वनवातावरणको सन्दर्भमा ठूलो योगदान गर्ने प्रतिभा तथा नविन आविष्कारलाई छिटोभन्दा छिटो आत्मसात् गर्ने व्यक्तित्वको रुपमा चिनेको छ । यसै बारेमा उनको धेरै चर्चा परिचर्चा, प्रकाशन, छलफलहरु हुनेगर्छन् । तर उनको अर्को उजागर हुन नभ्याएको प्रतिभा हो कलाकारिता । उनको तेह्रौं पुण्य तिथिको अवसरमा स्मरणार्थ प्रकाशित हुन गैरहेको स्मारिकामा यसै बारेमा प्रकाश पार्ने जमर्को गरेको छु । 

     

    DSC00789.JPG
    घण्टप्रसाद अर्यालसदैव हंसिलो अनुहार बनाएर बोल्ने, मीठो र प्रभावकारी शैलीमा व्यक्ति विशेषलाई आफ्नो प्रस्तुतिमा सहमत गराउने, सभा समारोहमा आफ्ना अभिव्यक्तिहरुलाई प्रष्टसँग निर्भिक ढंगले प्रस्तुत गर्न सक्ने, बोली र व्यवहारबाट विश्वास दिलाउन सक्ने  अद्भूत व्यक्तित्व हो, घण्टप्रसाद । उनले कतिलाई चिने कतिले उनलाई चिने , चाहे गरिब होस् चाहे धनी होस्, चाहे माथिल्लो तहको मानिस होस् चाहे भुँइ तहको मानिस होस् धेरैले उनलाई चिने । उनी गायक हैनन्, गाउँथे । कवि हैनन् रचना गर्थे । दार्शनिक हैनन् दर्शन दिन्थे । पण्डित हैनन् प्रगतिशिल शास्त्रार्थ गर्थे । वैज्ञानिक हैनन् विज्ञानको व्यवहार गर्थे । किसानहरुलाई उन्नत कृषि प्रविधि बताउँथे । राजनीतिज्ञलाई  समाजवादी दृष्टिकोण चखाउँथे । विकासवादीहरुलाई नौलो नमूना गाउँको अनुभव सुनाएर चकित पार्थे । भूँइमान्छेबाट आउने ज्ञान पनि विज्ञान हुुँदोरहेछ भन्ने चेतना दिन्थे । 


    नेपालमा कम्युनिष्ट पार्टीको जन्म हुँदा देशको सामाजिक अवस्था अर्ध औपनिवेशिक र अद्र्ध सामन्ती खालको थियो । यसलाई भारतीय एकाधिकार पुँजीवाद र अमेरिकी साम्राज्यवादले काँध हालिरहेको थियो । देशमा जनसंख्याको ३० प्रतिशत सुकुम्वासी र ४० प्रतिशत जनता गरिव किसानको स्थितिमा पुगेको बेला थियो । कृषि क्षेत्रमा किसानलाई जमिनको मालिक बनाई सामन्तवादलाई समूल नष्ट गर्ने, सामन्त वर्गको अहित नगरी किसान वर्गको हीत हुन नसक्ने ठहर गर्दै तत्कालीन कम्युनिष्ट पार्टीले जनवादी नीति तय गरेको थियो । घण्टप्रसादले २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको ठूलो भ्रातृ संगठन अखिल नेपाल किसान संघको सदस्यता पाए । त्यसपछि तत्कालै उनी किसान मजदूरहरुलाई संगठित गर्नेतर्फ लागे । २००८ सालमै “बाहुनहरुले हलो जोते जात जान्छ” भन्ने अंधविश्वासको विरुद्धमा जनैधारी युवक बाहुन किसानहरुलाई भेला गरी माडीफाँटमा हलो जोत्ने अभियान सञ्चालन गरे । यसले उत्पादन गरी खाने किसानहरुलाई राहत दियो र परम्परावादी कुसंस्कारमा आगो झोंसिदियो । यतिबेला उनी किसानका गीतहरु रचना गरी गाउँदै हिंड्थे । किसानहरुमा जोश र उमंग भर्थे, तलका शब्दहरुमा स्वर र शैली थपेरः
     बढौं अघि हे वीर किसान हो ! सामन्तीको राज तोड्न 
    एशियाको बढ्दो चढ्दो देश राम्रो चाइना
                सुखी खुशी छन् है सबै मजदूर  किसान
     बढौं अघि हे वीर किसान हो !...........     ..................

    गीत रचना र गायनमा मात्र हैन वाक्कलामा पनि धनी थिए, घण्टप्रसाद । किसान, मजदूर, बाल, महिला, शिक्षक, विद्यार्थी, राजनीतिज्ञ जो सुकैलाई पनि उनी आफ्ना विचार अनुभव तथा प्रस्तुति शैलीले विश्वास दिलाउँथे । चाहे शितलपाटीमा होस् वा माडीफाँटको लालपाटीमा, घण्टप्रसादको भाषण भनेपछि मानिस वैरिन्थे । राजनैतिक मञ्च मात्र हैन शैक्षिक मञ्चहरुमा पनि जब उनले भोंपा (आवाज टाढा पु¥याउन मुखमा जोडेर बोल्ने टिनको सामान (Loudhailer) मुखमा जोडेर भाषण गर्न थाल्थे, मानिस मन्त्रमुग्ध नै हुन्थे । जीवनका पछिल्ला दिनहरुमा घण्टप्रसाद यत्रतत्र डुल्न जान छाडे । यसपछि पनि विभिन्न सरकारी तथा गैरसरकारी निकायका व्यक्तिहरुको समूह मदनपोखराको अवलोकन भ्रमणमा आउँथे । यतिबेला उनीहरुको पहिलो रोजाइ हुन्थे,  घण्टप्रसाद । उनीहरुले यहाँका शिक्षा, कृषि, सञ्चार,वन विकास, पानी, वातावरण, सरसफाइ र पुराना सामाजिक, शैक्षिक, आर्थिक तथा राजनैतिक अनुभवहरुको एकीकृत पुस्तकालय एकै ठाउँ (उनै) मा पाउँथे । उनको आकर्षक प्रस्तुति–शैलीले पनि सबैलाई लोभ्याएको हुन्थ्यो । हरेक भिन्न विषयको जानकारी गराउनेक्रममा बिचबिचमा वाचन गर्ने सान्दर्भिक र आकर्षक सामयिक गीत, कविता, संस्कृतका श्लोकहरु, रामायण तथा पुराणका सन्दर्भसहितको वाक्कलाले विषयलाई अझ कर्णप्रिय बनाउँथ्यो । 
    तत्कालीन शासकहरु जनतामा राजनैतिक, सामाजिक, शैक्षिक, साहित्यिकलगायत कुनै खालको चेतना नजागोस् भन्थे ।

    सर्वसाधारण जनतालाई शिक्षाको नाउँमा राजामहाराजाको स्तुती गान घोकाउँथे । विभिन्न धार्मिक क्रियाकलापहरुमा पण्डितहरुबाट देवदेवता, पूर्वजुनी, इहलोक, परलोक, भाग्य, पुर्पुरो, बोक्सी, भूतप्रेतका थोत्रा गन्थनहरु सुनाउने काम हुन्थे । साहित्यको नाममा प्रेमलहरि, मदनलहरि जस्ता फोहोरी किताब र तोता मैना, वीर सिक्का तथा मधुमालती जस्ता बेकामी गफले भरिएका कथाका पुस्तक मात्र जनताले सुन्न पाउँथे । गन्धर्व (गाइने) हरुले पनि राजा महाराजाकै कर्खा (स्तुती गान) गाउँदै गाउँघरमा डुल्थे । संघसंस्थाहरुमा राष्ट्रिय गानको नाममा राजाको स्तुती गान–श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति........। नेपालको एकमात्र साँस्कृतिक प्रसारणको माध्यम रेडियो नेपालले -
                    हाम्रै राजा ठूला छन्, हाम्रै देश विशाल
                    राजा महेन्द्र हाम्रो, हामी महेन्द्रका
                    महेन्द्र जस्ता राजा हाम्रा, रत्न जस्ती रानी
                 काँधमाथि महेन्द्र राजालाई शीरमाथि नेपाल आमालाई
                    राजा र रानीको तस्विर छ यो मेरो रातो झोलामा
    यस्तै गीतहरु फलाकेर समय फाल्थ्यो । यसरी देशका क्रान्तिकारी युवा चेतनालाई कुण्ठित पार्ने भ्रष्ट तत्वलाई पन्छाउन नेपाल कम्युनिष्ट पार्टीको तेस्रो ऐतिहासिक सम्मेलन (२०२५) ले सामन्ती संस्कृतिको भण्डाफोर गर्ने निर्णय ग¥यो । सोहीअनुसार देशका जनवादी साहित्यकारहरु पनि जुर्मुराएर उठ्न थाले । गाउँघरमा पनि धेरै घण्टप्रसादहरु जागे । मदनपोखराका घण्टप्रसाद पनि किसान हक स्थापित गर्न गाउँघरका विभिन्न मञ्चहरुमा कुर्लन थाले-
                    ज्यानै जावस्, प्राणै जावस् प्रवाह गर्दैनौं
                    मानिसलाई चाहिने हक नलिइ छोड्दैनौं
                    मर्नु त एक्दिन अवस्य पर्छ, पशु झैं नजिउँ
                    मानिस जस्तो भएर जिउँ समाजलाई केही दिउँ

    एकातिर पञ्चायती पक्षधरहरु युवाहरुलाई रोजगारीको निम्ति विदेश जान सल्लाह दिन्थे-
                    साली नानी प्रेम जोडौं दिल खोलेर 
                    हिंड जाउँ लाहुरमा रेलै चढेर
    उनीहरु यस्ता छली-भाव बोकेका गीतहरु गाउने नाच्ने गर्थे भने अर्कोतर्फ घण्टप्रसादको टोली भने युवाहरुलाई स्वदेशमैं रोजगारीको व्यवस्था हुनुपर्छ, युवाहरु विदेश जान हुँदैन भन्दै तवेला र हार्मोनियमको तालमा गला फुराएर सल्लाह दिन्थे——
                    लाहुरे दाइ लाहुरे दाइ कहाँ जान्छाँ शिर कटाउन
                    यो देशका दिदी बैनी विदुवा बनाउन 
    यतिबेला गाउँघरमा जनवादी संस्कृति स्थापना गर्नु र जनचेतना जागरण गर्न निकै कठिन थियो । पञ्चायती शासकहरुको कोपभाजनबाट बच्न र गाउँमा चेतना फैलाउन विभिन्न तिगडमहरु गर्नुपथ्र्यो । यद्यपि विविध साँस्कृतिक  कार्यक्रमहरु सञ्चालन गर्ने र त्यसैमार्फत् जनचेतना फैलाउने काम निरन्तर अगाडि बढिरहन्थ्यो ।
      वि.सं. २००८ सालमा सत्यौदी पोखरी (हालको शारदा मा.वि. रहेको स्थल) मा स्थापना भएको स्कुललाई तानसेन बजारका साहुमहाजनसँग चन्दा अनुरोध गर्न जाँदा उनीहरुलाई प्रफुल्ल पार्दै बासुदेव नेपालद्वारा रचित गीत घण्टप्रसादलगायतले गाउँदै चन्दा बटुुुुुल्दै गर्दाको एक टुक्रा-
                 सत्यवती पोखरीको स्कूललाई चन्दा
                 दिनुहुन्छ साहुजीले किन मान्छौँ धन्दा
    यसैगरी सोही स्कुललाई २०१९ सालमा प्राइमरीबाट मिडिल बनाउने प्रयास सफल भयो ।  गाउँका जनता साँझमा सोही सत्यौदी पोखरामा भेला गरी खुशीयालीमा भाषण गर्दागर्दै घण्टप्रसादले गाए-
    अब के होला, अब के होला
    हाम्रो स्कूल मिडिल होला
    यस्ता गायनका कार्यक्रमहरुका साथै नृत्य, नाटक, प्रहसनहरु पनि उनकै अगुवाइमा व्यवस्थित ढंगले प्रस्तुत गरिन्थ्यो । कोराको कपडाले दर्शक दीर्घा घेर्ने, प्रति व्यक्ति एक सुकाको टिकट काट्नु पर्ने व्यवस्था गरी कार्यक्रम प्रस्तुत गर्ने गरेको इतिहास छ । कहिले सत्यौदी पोखरी (हालको शारदा मा.वि. प्राङ्गण, कहिले सुन्दरगाउँको स्कूल प्राङ्गण त कहिले स्यानी पिपलको खुला चौरमायस्ता साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिन्थ्यो । घण्टप्रसादकै नेतृत्वमा बासुदेव नेपाल, नेत्रबहादुर कार्की, पदमबहादुर सोमै, मीनप्रसाद पौड्याल,विष्णु घिमिरे, गोपीनाथ खनाल, भोजराज पंगेनी (चौरथोक) हरुको समूहले विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरी जनचेतना विस्तार गथ्र्यो । 


    करिव २०१९-२० सालसम्म पनि केटी वा महिलाहरु यस्ता कार्यक्रमहरुमा नृत्य अभिनय गर्दैनथे । अतः पुरुषहरु मध्येबाटै महिला बनेर नाच्नु पथ्र्यो । यतिवेलाका नेत्रबहादुर कार्की नटुवा (जोकर) र पदम बहादुर सोमै नटी (नृत्य अभिनय गर्ने महिला) बनेर राम्रा–राम्रा नृत्य अभिनय हुन्थ्यो । नृत्य प्रदर्शन गर्नुभन्दा केही दिन पहिल्यै देखि नै नाच र गीतको तालमेल मिलाउन तालिम (प्रशिक्षण) गर्ने काम हुन्थ्यो । यस्ता अधिकांश तालिम गोप्य ढंगले घण्टप्रसादकै घरमा सम्पन्न गरिन्थ्यो । सम्बन्धित कलाकार बाहेक अरुलाई अनुमति हुँदैनथ्यो । स्टेज कार्यक्रमहरुमा विष्णु घिमिरेले हार्मोनियम बजाउँथे भने तवेला वादनमा घण्टप्रसाद आफैँ कसिन्थे । यसै अवसरमा जागरणमूलक प्रहसनहरु पनि प्रस्तुत गरिन्थे जस्मा घण्टप्रसादकै विशेष भूमिका हुन्थ्यो । त्यसबेला गाउँमा जुवा, तास, गुच्ची खेल्ने चलन थियो । यसका विरुद्धमा जनचेतना जगाउन जुुवा तास खेल्नेहरु जेल परेका र उनीहरुकै अगाडि खुशीयालीमा अभिव्यक्त मीनप्रसाद पौडेलको गायन प्रस्तुति मानस पटलमा ताजै छ : 


     लेकबाट कौवा झ¥यो पाकेको बेल्खान
    तास जुवा खेल्ने जति परेछन् झेल्खान
    धत्तेरी दहिच्युरा............
    यसैगरी भोजराज पंगेनी (चौरथोक)लाई महिला पात्र बनाएर प्रस्तुत गरिएको ‘टिकटिके साढी’ शीर्षकको हाँस्य प्रहसन संझाउँदा घण्टप्रसाद अचेल पनि आफैँ हाँस्थे । मदनपोखराको अर्को युवा पिंडीमा विगतका यी कार्यक्रमहरुको राम्रो प्रभाव परेको पाइन्छ ।  पछिल्ला दिनहरुमा मदनपोखराका विभिन्न स्थानमा प्रस्तुत गरिएका ‘लाहुर जाने धोको’, ‘पचास रुपैयाँको तमसुक’जस्ता प्रगतिशील नाटकहरु सफलतापूर्वक मञ्चन भएका थिए । यी सबै नाटकहरुको पूर्ण सफलताको निम्ति पनि घण्टप्रसादको साथ सहयोग र समर्थन रहन्थ्यो । विगतमा उनमा पुष्पित र पल्लवित बहुआयामिक कलात्मक प्रतिभाहरु मदनपोखरा चिनारीको कोशे ढुंगा सावित भयो । पछिका पिँढीलाई प्रेरणाको स्रोत बन्यो । जीवनको उत्तरार्धसम्म पनि उनमा रहेको उत्साह, सव्रिmयता, जाँगर र सीपदेख्दा लाग्छ—मदनपोखराले फेरि यस्तै निःस्वार्थी कलाकार कहिले जन्माउला ? 
    तानसेन—८, मदनपोखरा

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij