२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

घण्टप्रसादः कर्ता र कारक दुवै

घण्टप्रसादः कर्ता र कारक दुवै

घण्टप्रसादः कर्ता र कारक दुवै

घण्टप्रसादः कर्ता र कारक दुवै

घण्टप्रसादः कर्ता र कारक दुवै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • गोपालप्रसाद बस्याल
    युवावस्थामै राजनीतिक र सामाजिक परिवर्तनका लागि अग्रसर रहेका स्व. घण्टप्रसाद अर्याल परिवर्तनकारी क्रियाकलापको नेतृत्व र कार्यान्वयन स्वयम् गर्नुहुन्थ्यो । उहाँ उपदेश दिने नभै आफै काम गर्ने र आफ्नो कार्यबाट अन्य मानिसहरूलाई त्यस्ता कार्य गर्न उत्प्रेरित गरी परिवर्तनको कारक बन्नुभएको थियो । सक्रिय सामाजिक सुधारक र राजनीतिक कार्यकर्ता र मदनपोखरा गाउँ पञ्चायतको प्रधानपञ्चसमेत रहेर कार्य गर्नुभएको थियो । उहाँले सम्पूर्ण जीवन सामन्तवादी चिन्तन र सामाजिक रुढिवादी परम्पराविरुद्ध र समाज सुधारका लागि खर्च गर्नुभयो ।  


    घण्टप्रसाद अर्यालले तत्कालीन सामन्तवादी सोंचाइअनुसार ब्राह्मण समुदायले हलो जोत्नुहँुदैन भन्ने मान्यताकाविरुद्ध २००८ सालमा पाल्पाको माडी फाँट गोरु नारेर आफैँ जोत्नुभयो । यो कार्य उहाँका लागि आफ्नो काम आफँै गर्नुपर्छ भन्ने मान्यताका आधारमा र परम्पराअनुसारको जातीय प्रथा र त्यससँगै जोडिएको कार्य विभाजनको विरोध गर्ने कदम थियो । विडम्बना, त्यस समयका शासकहरूले उहाँलाई पक्राउ गरी जेल हालेका थिए । तर यो साहसिक कामले ठूलो मान्यता पायो । मदनपोखरा र माडी क्षेत्रमा ब्राह्मणहरूले आफै जोत्ने मात्र होइन, आफूले गर्नसक्ने धेरै काम आफै गर्न थाले । धेरै पहिलादेखि खनजोत गर्ने मात्र होइन डोकोमा तरकारी बोकेर तानसेन गई व्यापार गर्ने र पढाइ तथा नोकरी गर्ने चलन थियो । त्यहाँका शिक्षक, राजनीतिक नेतृत्व एवम् जनप्रतिनिधिहरूले अहिले पनि तरकारी, फलफूल, पशुपंक्षी पालन व्यवसायिक रुपमा गर्दछन् । यो श्रमप्रतिको सम्मान व्यवहारमा उतार्ने उत्प्रेरणाको एउटा वरिष्ठ अगुवा स्रोत व्यक्ति घण्टप्रसाद हो । 


    मदनपोखरामा विगतदेखि वर्तमानसम्म विभिन्न राजनीतिज्ञ, जनप्रतिनिधि, शिक्षक, प्राध्यापक, उद्यमी र सफल एवम् अनुकरणीय किसानहरू छन् । यी सबैको प्रेरणाका स्रोत घण्टप्रसाद नै हुन् भन्दा अत्युक्ति नहोला । यद्यपी सबैलाई प्रत्यक्ष भेटघाट र परामर्श उनीले दिएका होइनन्, श्रम र अनुशासनको संस्कृति बसाल्न उनीहो ठूलो योगदान छ । घण्टप्रसादले समाजमा रहेको जातीय संरचना, बोक्सी र धामी झाँक्री जस्ता विकृत चिन्तन र गाउँका टाठाबाठा मानिने जिम्मुवाल, मुखिया जस्ताको सधँै विरोध गरे । जातीय विभेदको अन्त्य हुनुपर्ने, छुवाछुतको अन्त्य, हली प्रथाको अन्त्य गरी सबैले जोत्ने अभियान चलाएका थिए । 


    पाल्पाको मदनपोखरामा घण्टप्रसादका साथै नेपाली काँग्रेसका काशिनाथ गौतम र नेपाल कम्युनिष्ट पार्टीका कमलराज रेग्मीले पनि राजनीतिक अभियान चलाउँथे । सुरुमा नेपाली काँग्रेसमा सक्रिय घण्टप्रसाद २००८ सालमै नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । राजनीतिक चेतनाका सँगसँगै मदनपोखरा गाउँ पञ्चायतको वडाध्यक्ष र प्रधानपञ्च बनेका घण्टप्रसादका काम भने वामपन्थी रुझानबाट प्रेरित थिए । यसै वर्ष हीरक महोत्सव मनाउन लागेको शारदा माविसहित मदनपोखरामा २००८ सालतिर अधेंरीखोला, तीनपिपले र देउरालीमा विद्यालय खोलिएका थिए । यी विद्यालय स्थापनामा समेत संलग्न घण्टप्रसादले यस पंक्तिकारसँगको करिव २५ वर्ष अगाडिको भेटमा भन्नुभएको स्मरण गर्न चाहन्छु - “२०१९-२० सालतिर अनिवार्य प्राथमिक शिक्षा मदनपोखरामा लागू गरिएको थियो । मुठ्ठिदान गरेर उठाएको अन्न बिक्री गरेर र अन्न दिएर शिक्षकको पारिश्रमिकको व्यवस्था गरेरै भए पनि अनिवार्य शिक्षाको व्यवस्था गरिएकोले मदनपोखरामा शैक्षिक चेतना पहिलेदेखि बढेको हो ।” नेपाल सरकारले पनि अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा लागू गर्न चाहेको र अहिले पनि त्यो कार्य पूरा भएको छैन, तर मदनपोखरामा त्यस समयमा शिक्षाको ज्योति फैलाउन घण्टप्रसादको महत्वपूर्ण योगदान छ । मदनपोखराले रसायन शास्त्रका पहिलो विद्यावारिधि प्राप्त प्रा. डा. तुलसी पाठक, इतिहासविदप्रा. डा. भविश्वर पंगेनी, साहित्यकार विष्णु प्रभात, नेपाल सरकारका पूर्व मन्त्री सोमप्रसाद पाण्डे, नेपालमात्र नभै दक्षिण एसियाकै नमूना गाउँ, एफएम रेडियो, नमूना सामुदायिक वन, फलफूल एवम् तरकारी खेती, प्राध्यापक, शिक्षक, उद्योगी र व्यवसायीहरू उत्पादन गरेर राष्ट्र निर्माणमा योगदान गरेको छ । यसको श्रेय घण्टप्रसाद अर्याल, यमप्रसाद पाण्डे र प्रेमनाथ बस्याललाई अलि बढी जान्छ ।


    सामाजिक रूपान्तरणको आन्दोलनकै क्रममा तमसुक च्यात्ने आन्दोलन चलाएका घण्टप्रसाद राजनीतिक प्रतिशोधको शिकार बन्दै ११ पटक थुनामा परेका थिए । वि. सं. २००५ सालदेखि राणा विरोधी आन्दोलनमा लागेका घण्टप्रसादले २०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको प्रचारमा खटेका थिए र पाल्पाबाट २ जना निर्वाचित भएका थिए । पञ्चायतमा २०१८ मा वडाध्यक्ष जितेका घण्टप्रसाद २०२१ सालमा निर्विरोध प्रधानपञ्च चुनिएका थिए । 

     

    DSC04364.JPG
    मजबूत शरीर, स्पष्ट विचार, टाठो स्वर र बोलीचाली नरम, भेट्दा बस्दा सबैसँग मिलनसार घण्टप्रसादले समसामयिक विषयवस्तुमा समीक्षात्मक टिप्पणी गर्ने स्वभाव थियो । नेपालका हरेक राजनीतिक सामाजिक आन्दोलनमा मदनपोखराको सहभागिता उत्कृष्ट रह्यो । पञ्चायत विरोधी आन्दोलन, दोस्रो जनआन्दोलनजस्ता राजनीतिक आन्दोलन मात्र होइन शिक्षक, कृषक, महिला आदि सबै आन्दोलनमा मदनपोखराले सधैँ अग्रणी भूमिका खेलेको छ । घण्टप्रसाद ८०-८२ वर्षको उमेरसम्म पनि सक्रिय रुपमा पार्टीगत कार्यक्रममा सहभागी हुने गर्नुहुन्थ्यो । घण्टप्रसाद नेपालीहरूले नेपालमै केही काम गनुपर्छ भन्ने मान्यता राख्दथे । उनी साँस्कृतिक कार्यक्रममार्फत् जनचेतना जगाउन लागेका थिए । लाहुर किन जानुहुन्छ शीर कटाउन, कति धेरै चेलीलाई विधवा बनाउन जस्ता गीतहरू गाउँदै विदेशीहरूको सुरक्षाका लागि नेपाली दाजुभाइले मृत्युवरण गर्न जाने कामको विरोध गर्दै स्वदेशमा कर्म गर्न अनुरोध गर्दथे ।


    प्रजातन्त्र प्राप्तिका लागि २००७ सालको राणा विरोधी आन्दोलनमा तानसेनको शीतलपाटी क्षेत्रमा नेतृत्व गरेका घण्टप्रसाद पञ्चायतविरुद्धको आन्दोलन र जीवनको उत्तराद्र्धमा पनि निरन्तर राजनीतिक क्रियाशीलतामा हुनुहुन्थ्यो । नेकपा एमाले पाल्पाका सल्लाहकार घण्टप्रसाद अविचलित रुपमा वकालत गरिरहनुहुन्थ्यो । राजनीतिसँगै मदनपोखराको सामाजिक, विकासनिर्माण र वानी व्यवहार सुधारमा निरन्तर खटिरहनु भयो । नमूना गाउँ मदनपोखरा भ्रमणमा आउनेहरूका लागि मार्गदर्शन गर्नुहुन्थ्यो । मानिसहरू जन्मन्छन्, मर्छन् । कतिपय मानिसहरूको जीवन समाज र मानव सभ्यताका लागि योगदान गर्ने भएकाले अमरत्व प्राप्त गर्दारहेछन् । घण्टप्रसाद अर्याल त्यस्तै एउटा व्यक्ति हो जो नमूना गाउँ मदनपोखराको सच्चा कारक थियो भने राजनीतिक एवम् समाज सुधारक कर्ता थियो । अभियन्ता वा कार्यकर्ता वा नेता जुन अलंकार जोड्दा पनि स्व. घण्टप्रसाद अर्यालका लागि सुहाउँछ । उहाँको जीवन सार्थक बनेको छ ।  राणाशासन, प्रजातन्त्र उदय, पञ्चायत, बहुदलीय व्यवस्था एवम् प्रजातन्त्रको पुनःउदय, गणतन्त्र एवम् संघीय पुनःसंरचना सबै राजनीतिक परिदृश्यका अनुभवी घण्टप्रसाद पाल्पाली राजनीति र नेपाली वामपन्थी राजनीतिको एउटा दह्रो खम्बा इतिहास बनेको छ । उहाँका सत्कर्महरूको सम्झनासहित भावपूर्ण श्रद्धाञ्जली ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij