२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

परासीमा कर दाता सेवा कार्यालय स्थापना गर्न माग

परासीमा कर दाता सेवा कार्यालय स्थापना गर्न माग

परासीमा कर दाता सेवा कार्यालय स्थापना गर्न माग

परासीमा कर दाता सेवा कार्यालय स्थापना गर्न माग

परासीमा कर दाता सेवा कार्यालय स्थापना गर्न माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • परासी  । पश्चिम नवलपरासीमा आर्थिक विधेयक, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, कर नीति, नियम तथा राजस्वसम्बन्धी विषयमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।नवलपरासी उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको सहकार्यमा व्यवासयीहरूलाई आर्थिक विधेयक, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, कर नीति, नियम तथा राजस्वसम्बन्धी विषयमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    नवलपरासी उद्योग वाणिज्य संघको सचिवालय, परासीमा आयोजित कार्यक्रममा उद्योगी, व्यवसायी तथा सरोकारवालालाई आर्थिक विधेयकमा भएका नयाँ व्यवस्था, करदाताका दायित्व तथा राजस्वसम्बन्धी प्रावधानबारे जानकारी दिइएको थियो।

    संघका अध्यक्ष नगेन्द्र अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव प्रमुख आथिथ्यता भएको कार्यक्रममा बोल्दै यादवले  स्थानीय सरकारले व्यवसायी तथा गरिब, विपन्न र किसानलाई सहज हुने गरी नगरपालिकामार्फत करका दरमा छुट तथा सहुलियत प्रदान गर्दै आएको बताए । उनले  व्यवसायीलाई स्थानीय सरकारप्रति उत्तरदायी भएर कर तिर्न आग्रह गर्दै निजी क्षेत्रसँग सहकार्य गर्न नगरपालिका सदैव तयार रहेको बताए ।क्रममा प्रमुख कर अधिकृत पौडेलले नवलपरासीबाट वार्षिक झण्डै ८ अर्ब रुपैयाँ राजश्व संकलन हुँदै आएको बताउँदै जिल्लामा करदाता सेवा कार्यालयको आवश्यकता रहेको बताए ।

    व्यवस्था र पछिल्ला नीतिगत परिवर्तनबारे जानकारी प्राप्त गर्नुका साथै कर प्रशासन र व्यवसायीबीचको समन्वय थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।परासीमा रहेको करदाता सेवा कार्यालय हटाइएपछि व्यवसायीले विरोध गर्दै आएका छन्। आन्तरिक राजश्व कार्यालय भैरहवा मातहत नवलपरासीका ५७ हजारभन्दा बढी करदाता रहेको बताइएको छ। उनिहरूले कर दाता सेवा कार्यालय स्थापना गर्न माग गरेका छन । जिल्लाबाट ठूलो हिस्सा राजश्व संकलन हुँदै आए पनि परासीमा रहेको करदाता सेवा कार्यालय हटाइएपछि करसम्बन्धी सेवा लिन व्यवसायी तथा करदातालाई भैरहवा पुग्नुपर्ने बाध्यता रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij