परासी । पश्चिम नवलपरासीमा विश्व मानवीय दिवस मनाईएको छ । नेपाल परिवार नियोजन संघ, नवलपरासी शाखाले विश्वव्यापी ऐक्यबद्धता सुदृढ गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने भन्ने नाराका साथ विश्व मानवीय दिवस २०२६ मनाएको हो ।
नेपाल परिवार नियोजन संघ, नवलपरासीका सभापति अविनाश रेग्मीको अध्यक्षयता तथा रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानिय सरकार सधैंभरि सहयोग गर्न तयार रहेको बताए ।
उनले स्वास्थ्य संस्थाहरू क्षमता अभिबृद्वि गर्ने र संस्थागत विकासमा गर्न नगरपालिका लागेको बताए ।
कार्यक्रममार्फत मानवीय सेवाप्रति प्रतिबद्धता अभिव्यक्त गर्दै स्थानीय समुदायको सशक्तीकरण तथा मानवीय सेवामा सबै पक्षको सहकार्य र ऐक्यबद्धतालाई थप मजबुत बनाउने उद्देश्य राखिएको परिवार नियोजनका शाखा प्रबन्ध यामनाथ पौडेलले बताए ।विश्वव्यापी एकतालाई सुदृढ गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने” अवधारणालाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गरिएको थियोे ।
विश्व मानवीय दिवस प्रत्येक वर्ष मानवीय सेवामा योगदान पुर्याउने व्यक्ति तथा संस्थाको सम्मान र मानवीय सहायताको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको छ ।“ गर्न लागिएको जनाइएको छ।
कार्यक्रममा मानवीय सेवा, स्थानीय समुदायको सशक्तीकरण तथा मानवीय कार्यमा सहकार्य र एकताको आवश्यकताबारे छलफल भएको थियोे । कार्यक्रमले मानवीय सेवा र स्थानीय समुदायप्रतिको साझा प्रतिबद्धतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।




