२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इस्मामा शिक्षक सरुवा विवादः नियम मिचेर मनोमानी गरिएको आरोप

इस्मामा शिक्षक सरुवा विवादः नियम मिचेर मनोमानी गरिएको आरोप

इस्मामा शिक्षक सरुवा विवादः नियम मिचेर मनोमानी गरिएको आरोप

इस्मामा शिक्षक सरुवा विवादः नियम मिचेर मनोमानी गरिएको आरोप

इस्मामा शिक्षक सरुवा विवादः नियम मिचेर मनोमानी गरिएको आरोप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  •  

    गुल्मी । इस्मा गाउँपालिकाले गरेको शिक्षक तथा कर्मचारी सरुवाको विषयलाई लिएर स्थानीय राजनीतिक दलहरूले आपत्ति जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेकपा इस्मा गाउँ कमिटीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले प्रचलित शिक्षा ऐन, शिक्षा नियमावली तथा गाउँपालिकाको शिक्षा नियमावलीविपरीत शिक्षक तथा कर्मचारीको सरुवा गरेको आरोप लगाएका छन्।

    संयुक्त विज्ञप्तिमा शिक्षा क्षेत्र राजनीतिक आग्रह, पूर्वाग्रह वा प्रशासनिक मनोमानीको विषय बन्न नहुने उल्लेख गर्दै गाउँपालिकाले पछिल्लो समय विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सरुवा पालिका नेतृत्वको आग्रह, पूर्वाग्रह, बलमिच्याइँ र मनोमानीका आधारमा गरेको दाबी गरिएको छ।

    विज्ञप्तिअनुसार शैक्षिक सत्रको बीचमा आधा कोर्स पढाइसकेपछि सरुवा गर्ने, दरबन्दी नै नभएको ठाउँमा शिक्षक सरुवा गर्ने, विषय नमिल्ने स्थानमा सरुवा गर्ने तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी नै नदिई सरुवा गर्ने गरिएको आरोप लगाइएको छ। ठूलो संख्यामा शिक्षक सरुवा गर्नुका साथै गाउँ शिक्षा समिति र राजनीतिक सहमतिका आधारमा करार तथा राहत शिक्षक, लेखा र कार्यालय सहयोगीसमेत सरुवा गरिएको दाबी उनीहरूको छ।

    त्यस्तै, न्यून तलब सुविधामा काम गरिरहेका बालविकास सहयोगीलाई पटक–पटक हटाउने र ल्याउने गरिएको भन्दै यसले विद्यालयमा अस्थिरता सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ। यस्तो गतिविधिले शैक्षिक वातावरणमा असर पर्नुका साथै विद्यार्थीको पठनपाठन प्रभावित हुने, शिक्षकको मनोबल कमजोर हुने र शिक्षकको पेसागत मर्यादामा समेत आँच पुग्ने अवस्था सिर्जना भएको दलहरूको दाबी छ।

    संयुक्त विज्ञप्तिमा शिक्षक सरुवाका क्रममा कानुनले तोकेको विधि, प्रक्रिया र मापदण्ड पालना नगरिएको आरोप लगाउँदै गरिएको सरुवा तत्काल खारेज गर्न माग गरिएको छ। विज्ञप्तिमा नेपालका प्रचलित शिक्षा कानुन तथा इस्मा गाउँपालिकाको शिक्षा नियमावलीमा रहेका सरुवासम्बन्धी व्यवस्थाको उल्लंघन भएको दाबी गरिएको छ।

    दलहरूले गाउँपालिकालाई समयमै सरुवा निर्णय खारेज नगरे संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन्। साथै, निर्णय प्रमाणित गर्ने, कार्यान्वयनका लागि पत्राचार गर्ने तथा सम्बन्धित कर्मचारीलाई दबाब दिने काम नगर्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सम्बन्धित कर्मचारीलाई आग्रह गरेका छन्।

    यसैगरी, सम्बन्धित शिक्षक तथा कर्मचारीलाई रमाना पत्र दिने, हाजिरमा अवरोध गर्ने वा सरुवा भई आउनेलाई हाजिर गराउने काम नगर्न विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई आग्रह गरिएको छ।

    संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी इस्मा गाउँ समिति सभापति नरेन्द्रप्रसाद रिजाल, नेकपा एमाले इस्मा गाउँ कमिटी अध्यक्ष कलानिधि भण्डारी र नेकपा इस्मा गाउँ कमिटी संयोजक रामप्रसाद पन्थले हस्ताक्षर गरेका छन। 

    att.uR3KaPyTymyp1Ok2u-Dz7dCaFYEd1Q0S480BZm5Q2OY.jpeg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij